Monday, April 27सत्यम खबर
Shadow

आजबाट ट्यालेण्ट हण्ट प्रतियोगिता सुरु

नेपालगन्ज, २९ फागुन – नेपालगन्जमा आज शनिबारबाट टेलेन्ट हण्ड सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार भेटघाट कार्यक्रम गरि नेतृत्व र क्षमता बिकासको लागि भावी दिनहरूमा यसको प्रभाव कस्तो पार्ने कसरी आकर्षक गर्ने भन्ने बिसयमा छलफल भएको हो ।

पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मिडिया र इभेन्टको सकारात्मक सोच राख्न जरुरी छ, विभिन्न इभेन्ट्ले नकारात्मक प्रभाव पारेकोले सत्य तथ्य समाचार सम्प्रेषण गरि राम्रोलाई राम्रो र नराम्रोलाइ नराम्रो, सहि र गलतको निस्वार्थ भावनाले छुट्याउन पनि नेतृत्व संस्था कार्यक्रम अध्यक्ष सुरेन्द्र चलाउनेले आग्रह गरेका थिए ।

बिजेताहरुलाई सुन जडान भएको पुरस्कार दिने पैसारुपी नभई व्यवहारिकका साथ पछिसम्म यो कार्यक्रममा गएर यो पुरस्कार पाएको थिए, यसको यति महत्त्व छ भाइ बहिनीहरुलाई प्रोत्साहन गर्न सक्ने सिर्जना गर्ने र बिजेताले एउटा भिडियो खेल्ने, आफ्नै शब्द आफ्नै लय, आफ्नै सिर्जनामा भिडियो निकाल्ने र त्यसको सबै व्यवस्थापन इभेन्ट कम्पनीले हर्ने समेत नेतृत्व संस्थाका अध्यक्ष चलाउनेले बताउनु भयो ।

सो कार्यक्रम भोलि २९ गते स्वस्तिक कटेज नेपालगन्जमा १० बजेबाट पहिलो चरणको छनोट प्रक्रिया हुने र दोस्रो चैत ६ गते हुने त्यसमा पनि रहन चाहानेलाई समावेश गर्न सकिने पनि अध्यक्ष चलाउनेले बताउनु भएको थियो ।

कार्यक्रमको अध्यक्षता चलाउनेले गरेका थिए भने मिस नेपालगन्ज २०१५ बिजेता सुमन थापा, नेपालगन्ज टेलेन्ड हण्डका सल्लाहकार प्रमोद डि.जे, प्रेस युनियन बाँकेका सचिव बिजय मल्ल, पत्रकार महासंघका बाँके शाखा कार्यसमिति सदस्य भगतराम थारु विभिन्न मिडियाका संचारकर्मीको उपस्थितिमा कार्यक्रम सागर क्षेत्रीले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *