Saturday, June 13सत्यम खबर
Shadow

आस्था

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभा सम्पन्न

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ४ असोज – सार्वजनिक सवालमा ग्रामिणमुखी अभियान सञ्चालन गर्नुपर्ने सुझाव व्यक्त गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको नवौ वार्षिक साधारण सभाका सहभागिहरुले संस्थाले सञ्चालन गर्ने अभियानलाई गाउ“स्तरसम्म पुर्याउनुपर्ने जोड दिएका थिए । कार्यक्रमका सहभागिहरुले संस्थाले प्राय सार्वजनिक सरोकारका सवालको उठान तथा निरन्तर खबरदारीले कार्यान्वयनमा मद्दत पुगेको भन्दै यस्ता अभियान ग्रामिण क्षेत्रमा सञ्चालन गर्नुपर्ने बताएका थिए । उनीहरुले संस्थाले विभिन्न सवाल उठानका लागि सबैको सहकार्यमा नागरिक नेतृत्व लिई सम्वन्धित सरोकारवालाको ध्यानाकषर्ण गराउने गरेको र सूचनाको हकका क्षेत्रमा काम गर्ने संस्थाको रुपमा पहिचान कमाएको बताएका थिए । सभामा संस्थाका कार्यकारी निर्देशक राकेशकुमार मिश्रले आर्थिक वर्ष २०७७÷०७८ को वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रति...
बाँके जिल्ला वन्यजन्तुको ओसारपसार तथा व्यापारको मुख्य केन्द्र

बाँके जिल्ला वन्यजन्तुको ओसारपसार तथा व्यापारको मुख्य केन्द्र

CoVid19, अपराध, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ४ असोज – वन्यजन्तु संरक्षणमा समुदायमा आधारित चोरी शिकारी नियन्त्रण इकाई (सिबिएपियु) को भूमिका विषय अन्तक्र्रिया कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको छ ।जिल्ला वन कार्यालय बाँकेद्वारा आयोजित अन्तक्र्रिया कार्यक्रममा अधिकांश वक्ताहरुले जिल्ला भित्र हुने वन्यजन्तु चोरी शिकारीमा युवाहरुको महत्वपूर्ण भूमिका हुने भएकोले नियन्त्रणतर्फ उनलाई अगाडी ल्याउनु पर्ने बताएका थिए । वन्यजन्तु व्यवस्थापनको प्रमुख चुनौतिको रुपमा बासस्थानको विनास, खण्डीकरण, वन बिनास र चोरी शिकारी तथा अवैध व्यापार रहेको छ । विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने वन्यजन्तुको आखेटोपहार बिक्री संसारको चौथो ठ्रूलो अवैध व्यापारको रुपमा स्थापित भएको छ । यो सबै संरक्षणकर्मीको गम्भिर चिन्ताको विषय भएको जानकारी गराउँदै पछिल्लो समय नेपाल सरकार, नेपाली जनता अनि विभिन्न संघसंस्थाले वन्यजन्तु संरक्षणमा गरेको लगानीले विश्वमै...
‘नेपाल र भारतको सम्बन्ध प्राकृतिक हो, चीनसंग व्यावहारिक सम्बन्ध हुन सक्दैन !’

‘नेपाल र भारतको सम्बन्ध प्राकृतिक हो, चीनसंग व्यावहारिक सम्बन्ध हुन सक्दैन !’

CoVid19, आस्था, प्रदेश ५, बिचार, राजनीति, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य
काठमाडौं । नेपाल भारतको प्राकृतिक सम्बन्ध आदिकालदेखि रहि आएको हो । धार्मिक, सामाजिक र साँस्कृतिक आधारमा बनेको सम्बन्धलाई अहिलेको बदलिएको परिवेशमा कृत्रिम ढंगले परिभाषित गर्नु अनुचित नै हुनेछ । खुला सिमानाले नेपाल भारत सम्बन्धलाई प्रगाढ बनाएको छ । धार्मिक ,सत्कर्म, साँस्कृतिक कार्य, अवसर, उपभोग्य वस्तुको बेरोकटोक आयात तथा अन्य आवश्यक कार्य हेतु खुला सिमानाको स्वतन्त्रतापूर्वक उपभोग गर्दा दुई स्वतन्त्र देशको भेद मेटिएको जस्तो लाग्थ्यो । नेपालका शासकहंरु किरात, लिच्छवी, मल्ल र शाहवंश भारतबाटै आएर यहाँ शासन गरेकोले भारतको प्रभाव नेपाली समाजमा आदिकालदेखि रहेको छ । भारतीय प्रभावकै अभ्यासमा शताब्दियौंपछि नेपाली मौलिक पहिचान बनाउन सफल नेपाली समाजको धार्मिक, सामाजिक, साँस्कृतिक, भाषा, भेषभूषा आदिमा भारतीय झलक अवशेषको रुपमा अहिले पनि पाइन्छ । २००७ सालको परिवर्तन पश्चात हिन्दी भाषालाई पाठ्...
भारतमा पनि मनाईयो इन्द्रजात्रा, मुख्यमन्त्रीले दिए शुभकामना

भारतमा पनि मनाईयो इन्द्रजात्रा, मुख्यमन्त्रीले दिए शुभकामना

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ४ असोज – मुख्यमन्त्री प्रेमसिंह तामाङले इन्द्रजात्राको शुभ अवसरमा सिक्किमका जनता तथा विशेषरूपमा नेवार समुदायमा हार्दिक शुभकामना व्यक्त गरेका छन्।मुख्यमन्त्रीद्वारा जारी सन्देशमा इन्द्रजात्रा नेवार समुदायको सबैभन्दा ठूलो पारम्परिक उत्सव रहेको र यस दिन भगवान इन्द्रको आर्शीवाद प्राप्त गर्न उनको पूजा गरिने बताएका छन्। भगवान इन्द्रलाई पानीको देउता र स्वर्गको राजा मानिन्छ।मुख्यमन्त्रीले यो उत्सव एकजुट बन्ने तथा राज्यमा शान्ति र साम्प्रदायिक सद्भावको सन्देश फैलाउने अवसर बनोस भनी कामना समेत गरेका छन्। (ऐजन्सी)...
नेपाली सेनाको टोली पिथौरागढ, आजदेखि भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास हुने

नेपाली सेनाको टोली पिथौरागढ, आजदेखि भारतीय सेनासँग संयुक्त सैन्य अभ्यास हुने

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
नेपालगन्ज, ४ असोज – नेपाल र भारतका सेनाबीच संयुक्त सैन्य अभ्यास हुने भएको छ । आजदेखि भारतको उत्तराखण्डस्थित पिथौरागढमा सुरु हुने सैन्य अभ्यासमा सहभागी हुन् नेपाली सेनाको टोली पुगिसकेको छ । अपरेशन सूर्यकिरण नाम दिइएको यो सैन्य अभ्यास भोलि २० सेप्टेम्बरदेखि ४ अक्टुबरसम्म चल्ने छ । यसपालिको सैन्य अभ्यासमा आतंकवादी संगठनका स्लीपर सेललाई टार्गेट गरेर अभ्यास हुने भारतीय सेनाले जनाएको छ । (स्रोतः नेपालपाना)...
भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा देउवा र ओलीले दिए शुभकामना, यस्तो छ सन्देश

भारतीय प्रधानमन्त्री मोदीको जन्मदिनमा देउवा र ओलीले दिए शुभकामना, यस्तो छ सन्देश

CoVid19, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
नेपालगन्ज, ३ असोज – प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवाले चार घण्टाअघि र अध्यक्ष ओलीले दुई घण्टा अगाडि सामाजिक सञ्जाल ट्वीटरमार्फत मोदीलाई मेन्सन गरेर जन्मदिनको शुभकामना दिएका हुन् । प्रधानमन्त्री देउवाले ७१औं जन्मदिनको शुभकामना दिँदै राम्रो स्वास्थ्य र थप सफलताको कामनासहित सन्देश पठाएका छन् । अध्यक्ष ओलीले ७१औ जन्मदिनको अवसरमा मोदीलाई हार्दिक बधाई भनेका छन् । 'म तपाईंलाई राम्रो स्वास्थ्य र खुशीको लागि कामना गर्दछु,' ओलीले सन्देशमा भनेका छन् । (स्रोतः नेपालपाना)...
संविधान दिवसमा मोदीले दिए शुभकामना

संविधान दिवसमा मोदीले दिए शुभकामना

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाडौं, ३ असोज - नेपालको संविधान एवं राष्ट्रिय दिवसको अवसरमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना व्यक्त गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवालाई शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री मोदीले नेपाली जनताका साथै प्रधानमन्त्री देउवाप्रति बधाई ज्ञापन गरेका छन्। संस्कृतिको सुदृढ सूत्र, पारस्परिक सम्पर्क र जनता–जनताबीचको सम्बन्धले भारत र नेपाललाई जोडेको बताउँदै उनले सन्देशमा दुवै देशबीचको अनुपम एवम् विशेष साझेदारीयुक्त समान सम्बन्ध विश्वका केही देशबीचमात्र रहेको उल्लेख गरेका छन्। अकल्पनीय कोभिडको महामारीबाट मुक्त हुनेतर्फ विश्व अग्रसर भइरहेको अहिलेको अवस्थामा महामारीका कारण सिर्जित चुनौतीको सामना गर्न नेपाललाई भारतबाट निरन्तर एवम् अविचलित सहयोग हुने प्रतिबद्धता प्रधानमन्त्री मोदीले सन्देशमा दोहोर्‍याएका छन्। ओजपूर्ण एवम् बहुआयामिक साझेदारीको माध्यमबाट शान्ति र समृद्...
संविधान दिवसको शुभकामना दिदै कार्यान्वयनमा ध्यान दिन आग्रह

संविधान दिवसको शुभकामना दिदै कार्यान्वयनमा ध्यान दिन आग्रह

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
कपिलवस्तु, ३ असोज – आज असोज ३ गते अर्थात संविधान दिवस । २०६२÷६३ कोे आन्दोलनको राजनीतिक परिवर्तपछि दोस्रो संविधान सभा निर्वाचनमार्फत २०७२ असोज ३ गते नेपालको संविधान २०७२ जारी भएको थियो । यसै अवसरमा आज विविध कार्यक्रम गरेर देशभर यो दिवस मनाइँदैछ ।संविधान दिवसका अवसरमा प्रदेश नं ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मशहूद खां नेपालीले नेपालीहरुलाई बधाई तथा शुभकामना सन्देश दिदै मुस्लिम समुदाय लाई समेत अल्पसंख्यक समुदायमा राख्नु पर्ने माग गरे । साथै संविधानको मर्म र भावना व्यवहारमा कार्यन्वयन गर्न जोड दिनुपर्ने बताए । नेपालीले आफ्नो शुभकामना सन्देशमा वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रीकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको खांले ...
मंगलबारदेखि पितृ पक्ष (सोह्र श्राद्ध)शुरु

मंगलबारदेखि पितृ पक्ष (सोह्र श्राद्ध)शुरु

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
– मनोज कुमार कौशलनेपालगन्ज, ३ असोज – वैदिक सनातन धर्मावलम्बीको पितृ पक्ष यही मंगलबारदेखि शुरु हुनेछ ।पितृपक्ष १४ दिनको हुन्छ र १५ औं दिनमा पितृको विसर्जन गरिन्छ । यस कारण वैदिक सनातन धर्मावलम्बीहरु आफ्ना पितृहरुको स्मरण गर्दै बिहानपख पितृहरुलाई जल अर्पण गर्ने प्रचलन रहेको छ ।पितृपक्षमा दिवंगत भएका पितृहरुको आगमन हुन्छ यस कारण बिहान कालो तिल, चामलको अक्षत, गंगा जल, चन्दन, फूल, पानीमा मिसाई कुश हातमा समाती पितृहरुलाई जल अर्पण गर्ने गरिन्छ । जल अर्पण गर्दा पूर्व दिशातर्फ भगवान सूर्य नारायणलाई श्री सूर्य देवाय तृप्यामी शब्द उच्चारण गर्दै सूर्य नारायणलाई सोझो अंजुलीले जल अर्पण गर्दै तस्मेय स्वधा भन्ने गरिन्छ । त्यस्तै उत्तर दिशातर्फ देउताहरुको वास छ यस कारण उत्तरतर्फ देउतागणहरुको स्मरण गर्दै ओमकृष्णाय नमः ओम नारायणाय नमः, नमः ओम माधवाय नमःको शब्द उच्चारण गरी जलअर्पण ३ पटक गर्ने गरिन्छ । ...
उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने

उईगर मुस्लिममाथि दमन रोक्न सबैतर्फबाट आवाज उठ्नु पर्ने

CoVid19, अपराध, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, विदेश, शिक्षा/स्वास्थ्य, समाज
मितिः २०७८ असोज ३ गतेविद्रोहीछिमेकी देश चीनको जिनजियांग र सिक्यांग प्रान्तमा उईगर समुदायको ठूलो बसोबास छ । यिनी उईगर समुदाय इस्लाम धर्मका अनुयायी हुन् । यसकारण यिनीहरु मुस्लिम हुन तर यसै कारण चीनले सधैं यिनीहरुको हक अधिकारको हनन गर्दै दमन समेत गर्दै आएको छ । उईगर मुस्लिमलाई त्यहाँ शिक्षा पाउने अधिकारबाट बञ्चित गरिएको छ । उईगर मुस्लिमप्रति यति मात्रै ज्यादती छैन । त्यहँँ मुस्लिमको प्रचलित नाम राख्न मनाही छ । प्रमुख इस्लामी ग्रन्थ पढ्न रोक लगाइएको छ । नमाज लगायत लुकीछिपी ढंगले पढ्ने गर्छन् उनी । त्यहाँ मस्जिद छ तर माइकबाट अजान दिन मनाही गरिएको छ । जस उईगर मुस्लिमले चीनको विरुद्धमा आवाज उठायो । त्यसको दमन गरिएको छ । चीनको बंकरमा करीब २ लाख जति उईगर मुस्लिमलाई बन्धक बनाई दास जस्तो राखिएको समाचार बारम्बार प्रकाशित हुँदै आएको छ । जुन वस्तु चीनियाँको लागि खाद्य वस्तु छ त्यो वस्तु मुस्लिम समुदायमा...