Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

कोभिड महामारीपछि सुधारको संकेत देखियो भारतीय कपडा उद्योग क्षेत्रमा

कोभिड महामारीपछि सुधारको संकेत देखियो भारतीय कपडा उद्योग क्षेत्रमा

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, २१ असार – भारतीय कपडा उद्योगमा रिकभरी (सुधार) को संकेत देखा परेको छ। विश्वव्यापी खुद्रा विक्रेता र ब्रान्डहरुले बताए अनुसार कोभिड १९ को महामारीको पूर्वस्थितिमा माग बढ्न थालेको छ। तर, गार्मेन्ट कम्पनी अर्डर बुकको वृद्धिको पर्खाइमा छन्। यो सतर्क आशावादले निकट भविष्यको लागि अर्डर चक्र सामान्य भन्दा छोटो हुन सक्छ भन्ने सुझाव दिन्छ। गारमेन्ट कम्पनी अझै अर्डर बुक मोमेन्टममा पुनरुत्थानको पर्खाइमा छन्। एभेन्डस स्पार्कको हालैको प्रतिवेदनमा भनिएको छ कि भारतीय कपासको मूल्य हाल विश्वव्यापी मूल्य भन्दा कम छ, जसले कपास स्पिनरलाई उनीहरूको मात्रा बढाउन मद्दत गर्दछ। वित्त वर्ष २०२४ को अन्तिम त्रैमासमा यस क्षेत्रको राजस्व अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढेको छ। यद्यपि धागोको मूल्य ५ प्रतिशतले घटेको छ, जसले समग्र वृद्धिलाई सीमित गरेको छ । कपासको मूल्य स्थिर भएपछि, मूल्य वृद्धि चाँडै...
वडा नं. ६ को वडा भेला तथा योजना कार्यक्रम सम्पन्न

वडा नं. ६ को वडा भेला तथा योजना कार्यक्रम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ को आर्थिक वर्ष २०८१/०८२ को लागि वडाको योजना तथा कार्यक्रम छनौट सम्बन्धी वडा भेला कार्यक्रम आज सम्पन्न भएको छ ।वडा भेलामा नेपालगन्ग उपमहानगरपालिका वडा नं. ६ का वडा अध्यक्ष समिरप्रताप सिंह, सचिव मदनबहादुर रावत, वडा सदस्य तथा कार्यपालिका सदस्य संगीता रेग्मी, सदस्य जमालुद्दिन बागवान, महिला सदस्य भूमि दामिनी, शहरी स्वास्थ्य केन्द्र प्रमुख, विभिन्न राजनीतिक दलका जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।वडाको बृहत विकासका लागि सम्पूर्ण राजनीतिक दलका जनप्रतिनिधिहरुले चुनावमा मुद्दा लिएर वडाबासीहरु कहाँ घरदैलो गर्न पुग्ने तर चुनाव पछि वडाबासीहरुको समस्या समाधान गर्न एकै स्थानमा नआउनुले समस्या समाधान नभएको भनाई राख्दै बृहत विकासका लागि सम्पूर्ण राजनीतिक दलका प्रतिनिधिहरुले समस्या समाधान गर्न एकै ठाउँमा भएर मात्र समस्या समाधान हुन सक्ने चन्द्रेश...
चिनियाँसँग नक्कली विवाह गराई नेपाली युवतीको तस्करी

चिनियाँसँग नक्कली विवाह गराई नेपाली युवतीको तस्करी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १६ असार – चिनियाँ युवासँग विवाहको बहानामा चीन पुर्याएर मानव तस्करी हुने गरेको छ। विभिन्न प्रलोभन देखाएर चिनियाँ युवकसँग विवाह गराउने र मोटो रकम असुल गर्ने गिरोह नै काठमाडौंमा सक्रिय रहेको पाइएको छ। यसरी गिरोह नै सक्रिय देखिएपछि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरो एजेण्टहरुलाई पक्राउ गर्न थालेको छ। ब्यूरोले उदयपुर त्रियुगा नगरपालिका-१ जोगीदहकी ३१ वर्षीया सुन्दरी राईलाई पक्राउ गरी हिरासतमा राखेको छ। एसपी गौतम मिश्रका अनुसार राईले फेसबुकको मेसेन्जरमार्फत एक जना महिलासँग कुराकानी गरी विवाह गरी चीन आउन प्रस्ताव राखेकी थिइन्। विवाहका लागि तयार भएका धनी चिनियाँ पुरूषलाई चिनेको भनेर प्रलोभनमा पारी ती महिलालाई विवाह गर्न राजी बनाएको प्रहरीको अनुसन्धानबाट खुलेको छ। राजी भएसँगै उनले ती महिलालाई काठमाडौंको ठमेलमा चिनियाँ नागरिकसँग भेट गराइदिएका थिए। ०८० फागुन १० गते...
निःशुल्क हेयर कटिङ तालिम सम्पन्न

निःशुल्क हेयर कटिङ तालिम सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १६ असार – काठमाडौंको कपनमा रहेको बि.स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुनको संयोजकत्व तथा बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ द्धारा आयोजित ४५ दिने निःशुल्क हेयर कटिङ तालिम आज समापन भएको छ । गत बैशाख २७ गतेबाट प्रारम्भ गरिएको तालिम २५ जना युवायुवतीहरूलाई प्रदान गरिएको थियो । बि.स्टारको हलमा आयोजित कार्यक्रममा प्रमुख अतिथिको रुपमा बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडाअध्यक्ष शम्भुप्रसाद भट्टराई, विशिष्ट अतिथिहरूमा वडा नं १० का वडाअध्यक्ष नवराज भट्टराई, वडा नं ११ त्यस्तै कार्यक्रममा अतिथिको रुपमा हास्य टेलिसिरियल सक्किगोनीका कलाकार हरि निरौला “कक्रोज” , कपन डोल सुधार समितिका अध्यक्ष नारन प्रसाद ढुङ्गेल , बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का वडा सदस्य मिना बयालकोटी, ईश्वरी भट्टराई लगायतका अतिथिहरुको सहभागीतामा आयोजित कार्यक्रमको सभापतित्व बी स्टार युनिसेक्स हेयर एण्ड मेकअप सलुन...
असार मसान्त अगावै १८ नं. वडाको विकास निर्माण कार्य सम्पन्न

असार मसान्त अगावै १८ नं. वडाको विकास निर्माण कार्य सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १४ असार – असार मसान्त शुरु भएपछि विकास निर्माणका कार्यहरुको थालनी हुन्छ भन्ने परम्परालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले निर्वाचित भएर आएदेखि नै तोड्दै आएका छन् ।नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटै वार्डहरुमा २०७४ देखि निर्वाचन सम्पन्न भई निर्वाचित भएर आएदेखि नै बिनियोजित गरिएको बजेट मध्ये ३० प्रतिशतभन्दा बढी बजेटहरु फ्रिज हुँदै आईरहेको अवस्थामा उसको ठिक विपरित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले थप बजेट संघ तथा प्रदेश सरकारबाट ल्याएर आफ्नो वार्ड विकासमा खर्च गर्दै आएको वडाबासीहरुको भनाई रहेको छ । गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजित वडाको बजेट करीब १ करोड ७० लाख तथा संघ, प्रदेशबाट ल्याएको करीब ३ करोड बढी बजेट असार मसान्त पूर्व नै योजना सम्पन्न गरी खर्च गरेका छन् ।वडा नं. १८ ...
श्रेष्ठद्वारा आमाको माया छात्रावासलाई आर्थिक सहयोग

श्रेष्ठद्वारा आमाको माया छात्रावासलाई आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असार – जनजाति कल्याण आश्रम नेपालमा आश्रित रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ ।राप्रपा केन्द्रीय सदस्य, वातावरण विभाग प्रमुख पवित्रा सुब्बा श्रेष्ठद्वारा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालगन्ज परसपुर १७ लाई रु. २५००० आर्थिक सहयोग गरी एक जना विद्यार्थीको अभिभावकत्व लिनु ग्रहण गरिएको छात्रावासका कृष्णादेवी पाण्डे जानकारी गराउनु भएको छ । पाण्डेका अनुसार आमाको माया छात्रावासमा रहेका बालिबालिकाहरुको कोही नभएको अवस्थामा सहयोगी मनहरुद्वारा गरिएको आर्थिक सहयोग सराहनीय हुनुका साथै थप कोही सहयोगी मनहरु सहयोग र सहकार्य गर्न चाहे अन्य बालकालिकाहरुको शिक्षामा समेत टेवा पुग्ने बताउँदै सहयोगी मनहरुलाई अगाडी आउन आग्रह गर्नुभयो ।...
चलचित्र स्वीकारको शुभ–मुहुर्त सम्पन्न

चलचित्र स्वीकारको शुभ–मुहुर्त सम्पन्न

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १३ असार – नेपाली कथानक चलचित्र स्वीकारको आजदेखि शुभ–मुहुर्त भएको छ । सगरमाथा गन्तव्य मिडिया प्रालि एवं सगरमाथा ई.बोडिङ स्कूलको संयुक्त प्रस्तुतीमा नेपाली कथानक चलचित्र स्वीकारको आज बिहिबार एक कार्यक्रमका विच शुभ–मुहुर्त भएको हो ।नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले स्वीकार फिल्मको व्यानर खोलेर शुभमुहुर्त गर्नुभएको छ । शुभ–मुहुर्त कार्यक्रममा बोल्दै नगर प्रमुख विष्टले नेपालगन्ज उपमहानगरपालिकाका विभिन्न स्थाना गरिने छायाङकनको लागि प्राविधिक तथा चाहिने सहयोग आफुले गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । नेपालगन्जमा धार्मिक, शिक्षा, स्वास्थ्य लगायतका विषयबस्तुमा आधारित फिल्मले स्थानिय कलाकारहरुलाई जोड दिएर फिल्म निर्माण गर्न लागिएको हो । नेपालगन्जको सेरोफेरोमै छायाङ्कन गर्ने र स्थानिय कलाकारहरु कै सहभागितामा फिल्म निर्माण गरिने भएको हुनाले फिल्मले सफलता कायम गर्ने ...
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो

केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार – दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई सीबीआईले पक्राउ गरेको छ । मदिरा घोटाला प्रकरणमा सीबीआईले मंगलबार राति तिहाड जेलमा केजरीवालसँग सोधपुछ गरेको थियो । सोधपुछ पछि सीबीआईले बयान रेकर्ड गर्यो र बुधबार बिहान केजरीवाललाई राउज एभिन्यू अदालतमा पेश गर्न लागेको छ । सुनुवाइपछि सीबीआईले केजरीवाललाई अदालतमै पक्राउ गरेको थियो । सीबीआईले केजरीवाललाई हिरासतमा लिन अदालतसँग अनुमती माग गरेको छ । केजरीवालको जमानत याचिकामा बुधबार बिहान सर्वोच्च अदालतमा सुनुवाइ हुने थियो, तर त्यसअघि सीबीआईले उनलाई तिहाड जेलमा हिरासतमा लिएको थियो । यसपछि अरविन्द केजरीवालले सर्वोच्च अदालतबाट आफ्नो याचिका फिर्ता लिए र पुन अर्को याचिका दायर गर्ने भएका छन् । अरविन्द केजरीवालका वकिल अभिषेक मनु सिंघवीले भने, ‘हामीसँग हरेक दिन केही न केही भइरहेको छ । सीबीआईले २०२२ को सूचना र अनुसन्धानको सन्...
चीनसँगको बिआरआई सम्झौता संसदलाई औपचारिक जानकारी गराउन रास्वपाको माग

चीनसँगको बिआरआई सम्झौता संसदलाई औपचारिक जानकारी गराउन रास्वपाको माग

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १३ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँगको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताबारे संसदलाई औपचारिक जानकारी दिन माग गरेको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले सन् २०१७ मा नेपाल र चीनबीच बिआरआईको ढाँचामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भए पनि यसबारे संसदलाई औपचारिक जानकारी नदिइएकोमा असन्तुष्टि जनाए। ‘सन् २०१७ मा हस्ताक्षर भएको थियो, तर, उक्त सहमति सम्झौताबारे सदनलाई जानकारी गराइएको छैन, औपचारिक छलफल नभएकाले बाहिर बढी चर्चा भएको छ,’ उनले भने, ‘औपचारिक रुपमा सदनलाई जानकारी गराएर छलफल गराउन सरकारसँग माग गर्दछु।’ नेपालले सन् २०१७ को मे महिनामा बीआरआइ सम्झौतामा हस्ताक्षर गरेपनि त्यसयता कुनै प्रगति हुन सकेको छैन। महत्वाकांक्षी विकास सम्वन्धि सम्झौता भएपनि अझै परियोजना टुंगो लागेको छैन । ऋण वा अनुदानमध्ये कुन सर्तमा परियोजन...
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १० असार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्। सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको हो। प्रधानमन्त्री दाहालले सो अवसरमा नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरेका थिए। आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्रीको भनाइ छ। चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी ग...