Saturday, April 26सत्यम खबर
Shadow

चीनसँगको बिआरआई सम्झौता संसदलाई औपचारिक जानकारी गराउन रास्वपाको माग

काठमाण्डौ, १३ असार – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले चीनसँगको बेल्ट एन्ड रोड इनिसियटिभ (बिआरआई) सम्झौताबारे संसदलाई औपचारिक जानकारी दिन माग गरेको छ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपा सांसद शिशिर खनालले सन् २०१७ मा नेपाल र चीनबीच बिआरआईको ढाँचामा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भए पनि यसबारे संसदलाई औपचारिक जानकारी नदिइएकोमा असन्तुष्टि जनाए।

‘सन् २०१७ मा हस्ताक्षर भएको थियो, तर, उक्त सहमति सम्झौताबारे सदनलाई जानकारी गराइएको छैन, औपचारिक छलफल नभएकाले बाहिर बढी चर्चा भएको छ,’ उनले भने, ‘औपचारिक रुपमा सदनलाई जानकारी गराएर छलफल गराउन सरकारसँग माग गर्दछु।’

नेपालले सन् २०१७ को मे महिनामा बीआरआइ सम्झौतामा हस्ताक्षर गरेपनि त्यसयता कुनै प्रगति हुन सकेको छैन। महत्वाकांक्षी विकास सम्वन्धि सम्झौता भएपनि अझै परियोजना टुंगो लागेको छैन । ऋण वा अनुदानमध्ये कुन सर्तमा परियोजना कार्यन्वयन गर्ने भन्ने विबषयमा नेपालको हकमा बीआरआईको सबैभन्दा बढी विवादित मुद्दा हो। नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *