Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

डुडुवाको १६औं गाउँसभामा निति तथा कार्यक्रम पारित, ५१ करोड बढीको बजेट सार्वजनिक

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
डुडुवा, १० असार – डुडुवा गाउँपालिकाको नयाँ आर्थिक वर्ष २०८१÷०८२ को निति तथा कार्यक्रम र बजेट प्रस्तुत भएको छ । गाउँपालिकाको आज सोमबार बसेको १६औँ गाउँसभाले आर्थिक विधियेक, निति तथा कार्यक्रम र रु ५१ करोड २५ लाख १८ हजारको प्रस्तावित बजेट सार्वजनिक गरेको हो ।संघिय सरकारको वित्तिय समानिकरण अनुदानतर्फ रु ११ करोड ६४ लाख र संघिय सरकारको राजश्व बाडफाड रु १० करोड ८४ लाख, प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु ७९ लाख ३९ हजार र प्रदेश राजश्व वाडफाड रु ४४ लाख ८ हजार, आन्तरिक स्रोत रु ३ करोड ५२ लाख, ससर्त अनुदान १९ करोड ६६ लाख ७१ हजार, विशेष अनुदान (संघ) रु २ करोड, समपुरक अनुदान संघ र प्रदेशबाट रु १ करोड ७० लाख र सशर्त अनुदान पुजिगत तर्फ रु ६५ लाखको बजेट प्रस्तुत भएको छ ।गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिक्षा, स्वास्थ्य, कृषि, पशु, स्वरोजगार, विपत, बन तथा बातावरण, विकास निर्माण लगायतको विषयला...
वडा नं. १९ काे योजना छनौट तथा वड़ा भेला सम्पन्न

वडा नं. १९ काे योजना छनौट तथा वड़ा भेला सम्पन्न

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ८ असार - नेपालगन्ज उपमानगरपालिका वड़ा नम्बर १९ को आर्थिक बर्ष २०८१ /८२ को योजना छनौट तथा वड़ा भेला कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।आर्थिक बर्ष २०८१ /८२ को लागी विनियोजित बजेट तथा गत आर्थिक बर्षको कार्य सम्पादन प्रगति बिवरण चालु कार्य तथा सम्पन्न आयोजनाको सम्पूर्ण विवरण सहित वड़ा सचिब तेजेन्द्र रोकयाले प्रतिवेदन पेश गरेका थिए । चालू आर्थिक बर्षमा वड़ा कार्यालय, उपमानगरपालिका तथा संघ एवम् प्रदेश गरि ढाई करोड़ बजेटको बिकाशका आयोजनहरू ल्याउन सफल भएकोमा ९०% कार्यहरू सम्पन्न गरि सकेको र बाँकी १०% कार्यहरू चालू अवस्थामा रहेको समेत विवरण पेश गर्नु भएको थियो ।वड़ा नम्बर १९ का स्थानिय बासीहरुद्वारा माँग भएको योजनालाई अध्ययन गरि बजेटले भ्याएसम्म पायक पर्ने ठाउँमा अवस्था र आवश्यक्ताको आधारमा कार्य तथा आयोजना बनाउने र अन्य आवश्यक नीति कार्यक्रम तथा आयोजनाको लागी उपमानगरपालिकाको योजना शाखा, ...
डुडुवाद्धारा अग्नि पिडितलाई नगदसहित राहत वितरण

डुडुवाद्धारा अग्नि पिडितलाई नगदसहित राहत वितरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
डुडुवा, ७ असार – बाँके डुडुवा गाउँपालिका–१ छिटईपुर्वा पाझा गाउँका अग्निपिडितलाई राहत वितरण गरिएको छ । डुडुवा गाउँपालिकाले अग्नीपिडितलाई नगदसहित त्रिपाल, चाउ चाउ, नमकिन, चिउरा, गुण(मिठाई) र पानी वितरण गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो ।उहाँका अनुसार प्रत्येक घरधुरीलाई तत्कालको खाजा सेटसंगै प्रति घरधुरीलाई नगद रु दुई हजार वितरण गरिएको छ । बुधबार राती एक्कासी आएको भिषण हावाहुरीले आगो उडाएर घरको छानामा खस्दा सो गाउँका ३४ घर जलेर नष्ट भएको थियो । पालिका अध्यक्ष चौधरीको नेतृत्वमा राहत सामाग्री लिएर गएको टोलीले अग्निपिडितलाई राहत वितरण गरिएको हो । अग्नी पिडितसंग अध्यक्ष चौधरीले भेटघाट गर्दै आगलागी र क्षतिको अवस्थाबारे जानकारी लिनु भएको थियो । उहाँसंगै गएको स्वास्थ्यकर्मी टोलीले स्थानीयहरुको स्वास्थ्य समेत परिक्षण गरेको थियो ।फुसको घरहरु जलेर नष्ट भएपछि विस्थापित भएका परि...
व्यस्त बजारमा लुटेराद्वारा लुटियो पर्स, पर्समा १ लाख बराबरको सामान

व्यस्त बजारमा लुटेराद्वारा लुटियो पर्स, पर्समा १ लाख बराबरको सामान

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असार – कसैले नसोचेको घटना कहिले कसो घटने गरेको पाईन्छ । यसैगरी एउटा घटना बुधबार राती करीब ७ः१५ बजे घटेको छ ।नेपालगन्ज उपमहानगरपालिका भित्र व्यस्त बजारको रुपमा पहिचान बनाउन सफल सदरलाईनमा चोरीको घटनाले सबैलाई चकित बनाएको छ ।न्यू खालसा ज्वैलर्सका प्रोप्राईटर पपिन्द्र सिंहको भनाई अनुसार बुधबार राती करीब ७ बजेतिर मेरो परिवार घर जान लागेको बेला पसल अगाडी कुरा गर्दैको अवस्थामा एक जनाले झपट्टा मारी मेरो परिवारको हातबाट उसले बोकेको पर्स लुटेर लगेको बताए ।लुटेर त्रिभुवन चोक तर्फ गएको, उसको पछाडी लाग्दा समेत पक्राउ गर्न नसकेको बताउँदै त्रिभुवन चोकमा रहेको प्रहरीलाई यस बारे जानकारी गराउँदा आफूहरुलाई जानकारी नभएको बताएको गुनासो पोख्दै प्रहरीले चोकमा डियुटी गरिरहेको अवस्थामा कोही पर्स बोकी भागेको अवस्थामा समेत जानकारी नहुनु गैरजिम्मेवारी बाहेक केही होइन भन्ने दुःखेसो पोखे । न्यू खालस...
रेडक्रस उपशाखालाई सोफा, टिटेबुल हस्तान्तरण

रेडक्रस उपशाखालाई सोफा, टिटेबुल हस्तान्तरण

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ६ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालयले मानवीय सहकार्यमा सदैव अग्रणी भूमिका निर्वाह गर्दै आईरहेको नेपाल रेडक्रस सोसाईटी बाँकेको पुरैनी उपशाखालाई सोफा, टि–टेबुल हस्तान्तरण गरेको छ ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडाअध्यक्ष राजकुमार साहूले दिएको जानकारी अनुसार नेपाल रेडक्रस सोसाइटी पुरैनी उपशाखालाई आज १ थान सोफा र १ थान टि टेबुल करीब ५० हजार मूल्य बराबर सामग्री हस्तान्तरण गरेको बताए । नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को वडा कार्यालय सचिव र अध्यक्षको रोहवरमा उपशाखा सभापति शिवकुमार बर्माले उक्त सामान बुझाएको बताए ।वडा नं. २१ द्वारा प्रदान गरिएको सामान अफिस प्रयोजनको लागि भएको जानकारी गराउँदै सभापति बर्माले उक्त सामान नभएको अवस्थामा कार्यालयमा पहुनाहरुलाई उठबस गर्न समस्या भएको हुँदा आफूहरुले मांग गरे अनुसार आज २१ नं. वडा कार्यालयले सहयोग गरेको...
सोलार प्यानलको ठगी रकम कहिले पाउने आशमा नरैनापुरका स्थानीय पालिकाबासी

सोलार प्यानलको ठगी रकम कहिले पाउने आशमा नरैनापुरका स्थानीय पालिकाबासी

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नरैनापुर, ५ असार – केही समय अगाडी बिकट क्षेत्रको नामले पहिचान कमाउन सफल नरैनापुर गाउँपालिका हाल भ्रष्टाचार र ठगीमा नाम कमाउन सफल पालिकाको उपाधी पाउन सफल भएको छ । केही समय अगाडी मात्र शिक्षक भर्नामा ब्यापक आर्थिक चलखेल गरिएको समाचार सेलाउन नपाउँदै ६ वर्ष अगाडी सोलार प्यानल वापत ५ हजारका दरले उठाईएको रकम ठगी प्रकरण सामुन्ने आएको छ ।यस बारे यस अघिको पनि प्रकाशित समाचारमा केही वार्डहरुलाई मात्र समेटिएको थियो । तर नरैनापुर पालिका भित्र रहेको ६ वटै वार्डहरुका बासिन्दाहरुबाट करीब ५० लाख भन्दा बढी रकम उसूल गरी ठगी गरिएको थियो । जुन हालसम्म केही गरिब निमुखा जनता बाहेक कसैले पाउन सकेका छैनन् ।उक्त रकम सोनार प्यानलको नाममा उठाउन वडाका जनप्रतिनिधि, पालिका प्रमुख ईस्तियाक अहमद शाहका आसेपासेहरुलाई प्रयोग गरिएको स्थानीयहरुको भनाई रहेको छ । सो बारे स्थानीय प्रहरी, प्रशासन समेत मौन रहेको स्थानीयहरुको आरोप ...
मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

मेनपावरको आडमा गुण्डागर्दी, न्याय माग्न पुगेका पीडितलाई महेश बस्नेतको टोलीले गरे रामधुलाई

अपराध, आर्थिक, आस्था, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ५ असार – नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसियसनका महासचिव हुँ भन्दै अलाइन्स ह्युमन रिसोर्सका सञ्चालक महेश कुमार बस्नेतले वैदेशिक रोजगारका नाममा ठगिएका पीडितहरुलाई बन्द कोठामा थुनेर कुटपिट गरेको पाइएको छ ।सोमबार काठमाडौं, भीमसेनगोलास्थिन बिजयचोकमा रहेको एचआर वल्र्ड सर्भिसेजको कार्यालयमा मेनपावर व्यवसायीको आडमा गुण्डागर्दी चलाइरहेका बस्नेतको नेतृत्वमा पुगेका झण्डै २ सय जना मेनपावर व्यवसायी भनिने गुण्डागर्दीमा संलग्न व्यक्तिहरु बोलाएर एचआर वल्र्ड सर्भिसेज बाट ठगिएका पीडितहरुलाई कुटपिट गरेको पाइएको हो । काठमाडौंस्थित मेनपावर व्यवसायीहरुको व्हाटसएप ग्रुपमार्फत् बस्नेतले तुरुन्त मेन पावरमा पुग्नका लागि उर्दी जारी गरेका थिए । सँगै उनी सबैभन्दा पहिले मेनपावर पुगेका थिए । मेनपावर पुगेलगत्तै उनले ‘तँहरु यहाँ किन आएको’ भन्दै कठालो समातेर पीडितहरुलाई...
विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक ट्रोटसनबर्गद्वारा अर्थमन्त्री पुनसँग भेट

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ४ असार – विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोटसनबर्गले अर्थमन्त्री वर्षमान पुन अनन्तसँग भेटेका छन्। ट्रोटसनबर्गले सिंहबारस्थित मन्त्रालयमा मन्त्री पुनसँग शिष्टाचार भेट गरेका हुन् । ट्रोटसनबर्ग मंगलबारदेखि काठमाडौंमा सुरु भएर ४ दिनसम्म चल्ने विश्व बैंक समूहअन्तर्गतको अन्तर्राष्ट्रिय विकास संघ (आईडीए)–२१ को तेश्रो रिप्लेनिसमेन्ट बैठकमा सहभागी हुन नेपाल आएका हुन् । भेटमा ट्रोटसनबर्गसँगै विश्व बैंकका उपाध्यक्षद्वय आकिहिको निसिओ र मार्टिन रेजर तथा तथा नवनियुक्त नेपाल निर्देशक डेभिड सिस्लेनलगायत सहभागी थिए । आकी विश्व बैंकको विकास वित्त परिचालन र र रेजर दक्षिण एसिया हेर्ने उपाध्यक्ष हुन् । भेटमा मन्त्री पुनले आइडीए–२१ बैठकको आयोजना नेपालमा गर्न पाउँदा खुसी लागेको बताए । विश्व बैंक समूहका उच्च अधिकारीहरुको काठमाडौँमा हुने बैठकले नेपालको अन्तर्राष्ट्रियस्तरमा ख...
पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक

पुष्पा- २ को नयाँ रिलिज मिति सार्बजनिक

आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, ४ असार – बलिवुडको बहुप्रतिक्षित चलचित्र ‘पुष्पा २’ को रिलिज मिति सार्वजनिक भएको छ । फिल्म ६ डिसेम्बर २०२४ मा थिएटरहरूमा रिलिज हुने भएको हो ।फिल्मको निर्माण पक्षले यस अघि अगस्ट १५ को प्रदर्शन मितिलाई परिवर्तन गर्दै डिसेम्बर ६ मा रिलिज हुने जानकारी दिएका हुन् । निर्माण पक्षले फिल्मको गुणस्तरमा सम्झौता गर्न नचाहेकाले रिलिज मिति परिवर्तन गर्नुपरेको बताएको छ । फिल्मको गीत र टिजरले नै अहिले दर्शकमात कौतुहलता देखाएको छ । भर्खरै रिलिज भएको फिल्मको ‘पुष्पा पुष्प’ र ‘अंगारौं’ गरि दुई गीत युट्युबमा हिट भएका छन् । रिलिज मिति परिवर्तनले पनि फिल्मलाई ठूलो नोक्सान पुर्‍याएको रिपोर्टमा बताइएको छ । एक रिपोर्टका अनुसार अगस्त १५ मा सार्बजनिक बिदामा रिलिज गरेको भए फिल्मले ओपनिङ डेमा हिन्दी बेल्टमा मात्र करिब ९५ करोड कमाउन सक्ने थियो । तर अब फिल्मले हिन्दी बेल्टमा मात्रै ६५ करोड रुपै...
चिनियाँ तस्करसँग नेपाली नागरिकता प्रकरण संसदमा पुग्यो

चिनियाँ तस्करसँग नेपाली नागरिकता प्रकरण संसदमा पुग्यो

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ असार – चिनियाँ सुन तस्करसँग नेपाली नागरिक फेला परेपछि यो विषय संसदमा पनि उठेको छ। जनमतका सांसद अब्दुल खानले प्रतिनिधिसभाको मंगलबारको बैठकमा यो विषय उठाएका हुन्। नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने र विदेशीलाई नागरिकता दिने कायम भएको भन्दै उनले आपत्ति जनाएका छन्। ‘नेपालमा भएका नागरिकलाई अनागरिक बनाउने, विभिन्न किसिमका व्यवधान खडा गर्ने अनेकौ झन्झटिला प्रक्रिया राख्ने तर विदेशी नागरिकले नेपाली नागरिकता लिएर सुन तस्करी गरिरहेका छन्,’ खानले भनेका छन्, ‘यसमा सम्बन्धीत निकायको ध्यान जाओस्।’ चिनियाँ नागरिकको ठाउँमा भारतीय नागरिक भइदिएको भए सायद ठूलै हंगामा हुन्थ्यो भन्दै उनले प्रश्न गरेका छन्। प्रहरीले सोमबार मात्र तस्करीको ६ केजी सुनसहित चिनियाँ नागरिक सेरब ग्याल्मोलेलाई पक्राउ गरेको थियो। उनले सोनाम गुरुङको नाममा मुस्ताङको लोमान्थाङ गाविसबाट नागरिकता लिएका थिए। ने...