Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा

“सुरक्षित गर्भपतन सेवा” को नाममा बालबालिका बेचबिखन गर्ने महतोका काला कर्तुतको थप खुलासा

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, ३० असार – सुन्दै अचम्म लाग्ने घटना काठमाडौंको कलंकी चोकमा सुरक्षित गर्भपतन सेवा भन्दै बालबालिका बेचबिखन गर्ने गरेको खुलासा भएको छ ।बालबालिका बेचबिखनमा संलग्न रहेका रामसुन्दर महतो समाचार प्रकाशित भएपछि आफ्ना कर्तुहरू लुकाउन विभिन्न शक्ति केन्द्रदेखि गुन्डासम्मलाइ बचाइ दिन हारगुहारमा लागेको स्रोतले बतायो ।यो आम नागरिकको चासोको विषय बनेको छ । यस्तै चासो युक्त अपराध पूर्ण कार्य नेपालकै संघीय राजधानी काठमाडौंमै दिनदहाडै हुनुले बालबालिका असुरक्षि रहेको एक जना अभिभावकले बताएका छन् । काठमाडौंमै दिनदहाडै बालबालिका बेचबिखन गर्नुले प्रहरी प्रशासनमाथि पनि प्रश्न खडा भएको छ । समाचार प्रकाशित भएको यतिका दिनसम्म पनि आरोपित प्रहरीको अनुसन्धानको घेरामा नआउनुले शंका उत्पन गरेको छ । यस्तो गम्भीर कुरामा समाचार प्रकाशित भएपनि प्रहरीले चासो नदेखाउनुले के प्रशासनको यस्तै ढिला सुस्तिले सर्वसाधारण...
यादवलाई निर्घात कुटपिट, प्रहरी मुखदर्शक बन्दै

यादवलाई निर्घात कुटपिट, प्रहरी मुखदर्शक बन्दै

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २७ असार - राप्ती नदिबाट चोरी निकासी गरि नदिजन्य बस्तु ओसार-पसार गर्ने क्रममा स्थानीयले प्रहरीलाई खबर गर्दा २७ बर्षे मोहनप्रसाद यादव माथी राप्तीसोनारी २ का शमिर बिष्ट लगायत ८ जनाको समुहले (बाँके) को कम्दी मिलन चोकभन्दा १५० मिटर पुर्व पट्टी रहेको टायर बनाउने पसल अगाडि निर्घात कुटपिट गरिएको पीडित पक्षले जानकारी दिएकाे छ । समिर बिष्टले प्रहरीलाई खबर गरि मेरो टिप्पर किन पक्राइस, तेरो ब्यबस्था गर्छु, बेलाबेला भन्ने गरेको अडियो रेकर्ड समेत रहेको पीडितकाे भनाई छ। हिजो असार २६ गते बुधबार यादव माथी इट्टा र बोक्सिंङ्ग प्रहार गर्दा गम्भीर घाइते अबस्थामा रहेका यादबको नेपालगन्ज स्थित न्यूरो अस्पतालको icu कक्षमा उपचार भैरहेको छ । राप्ती नदीबाट नदिजन्य बस्तुहरुको दोहन गर्ने समिर बिष्ट लगायतको ८ जनाको समुहले स्टोक प्रमाणीकरण नगरी नदिकिनारमा घाटगद्दी गरि राखिएका नदिजन्य बस्तु प्रहरी कै मिलो...
भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो

भाडाको फ्ल्याटबाट तस्करी- करोडौँको सुनचाँदी र ५८ लाख बरामद, सुन पगाल्ने मेशिन पनि भेटियो

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २४ असार – ललितपुरमा अवैध रुपमा सुनचाँदीको कारोबार गरिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका-१४ ताल्छिखेलस्थित एक निर्माणाधीन घरको तेस्रो तलामा अवैध शंकास्पद कारोबार भइरहेको सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोको टोलीले छापा मारेको थियो । उक्त घरमा छापा मार्ने क्रममा प्रहरीले भारतीय नागरिक युवराज विभुतेले भाडामा लिएको फ्ल्याटबाट ६ जना समातिएका हुन् । प्रहरीले खानतलासीका क्रममा पक्राउ परेकाहरूलाई सोधपुछ गर्दा काठमाडौं र ललितपुरका अन्य स्थानमा पनि फ्ल्याट भाडमा लिएर अवैध कारोबार गरेको भेटिएको छ । प्रहरीले उक्त घरबाट १ किलो ५८७.५१ ग्राम अवैध सुन पनि बरामद गरेको छ । त्यसैगरि उक्त घरबाट १ किलो १५३.२२ ग्राम चाँदी पनि बरामद भएको छ । बरामद उक्त धानु परीक्षण गर्दा असली सुनचाँदी पुष्टि भएको प्रहरीले जनाएको छ । उक्त घरबाट अवैध सुनचाँदीसँगै...
कांग्रेसको निष्कर्ष- बिआरआई अनुदानको रुपमा स्वीकार गर्न सकिन्छ तर, ऋणकारुपमा होइन

कांग्रेसको निष्कर्ष- बिआरआई अनुदानको रुपमा स्वीकार गर्न सकिन्छ तर, ऋणकारुपमा होइन

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – नेपाली कांग्रेसले चीन सरकारको बेल्ड एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने निष्कर्ष निकालेको छ। पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा सोमबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले बिआरआई परियोजनालाई ऋणका रुपमा स्वीकार गर्न नसकिने विषयमा सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको हो। कांग्रेस प्रवक्ता एवं पूर्वपरराष्ट्र तथा पूर्वअर्थमन्त्री डा प्रकाशशरण महतले नेपाल पहिलेदेखि नै ऋणमा रहेको र फेरि अहिले अनुदान र सहयोगमा प्राप्त परियोजना समेत पूरा गर्न नसकिएको अवस्था रहेको बताए। ‘यस्तो बेलामा थप ऋण लिएर विकास निर्माणको काम अगाडि बढाउन सकिन्नँ। अनुदान सहयोगकै उपयोग हुन नसकिरहेको अवस्थामा हामीले ऋण लिनु ठीक हुँदैन भन्ने हाम्रो निष्कर्ष छ। यो विषयमा सरकारको ध्यानाकर्षण गराउन चाहान्छु,’ उनले भने। नेपालले सन् २०१७ मा बिआर...
बिआरआईमा किन ढिपी गर्दैछ चीन? कांग्रेस युवा नेता ठाकुरले खुलाए फेहरिस्त

बिआरआईमा किन ढिपी गर्दैछ चीन? कांग्रेस युवा नेता ठाकुरले खुलाए फेहरिस्त

अपराध, आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, २४ असार – नेपाली कांग्रेसका युवा नेता विकासकुमार ठाकुरले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) परियोजनामा चीनले ढिपि कसेको बताएका छन्। रिपोटर्स क्लबमा आयोजित पत्रकार सम्मेलनमा युवा नेता ठाकुरले चीनले जसरी पनि महँगो ऋण दिनेगरी सम्झौता कार्यान्वयन गर्न खोजेको तर नेपालले अनुदान वा सहुलियतपूर्ण ऋण खोजेको बताए। यही विषयमा नेपाल र चीनबीच कुरा मिल्न नसकेको हो। नेता ठाकुरले भने, ‘बिआरआईमा हस्ताक्षर गर्नेगरी चिनियाँ विदेश उपमन्त्री सन वेइडोङ नेपाल आएका थिए।तर, चार दिनको भ्रमणमा सफल हुन सकेन। बिआरआईमा सम्झौता नभएपछि प्रधानमन्त्रीले संसदमा भने कि बिआरआई ऋणको रुपमा स्वीकार गर्न सकिँदैन, अनुदान लिन्छौँ वा सहुलियत चाहन्छौँ । तर, सम्झौता नभएपछि मुख्य खेल त्यहीँबाट सुरु भयो।’ ‘प्रतीक थापालाई त्यतिकै पक्राउ गरिएको होइन, एमालेका नेताको छोरा भनेर पक्राउ गरिएको हो। बेचन झालाई गोप्य सूचनाका...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बीआरआईको नाममा चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बीआरआईको नाममा चिनियाँ हस्तक्षेप विरुद्ध प्रदर्शन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २४ असार – आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको गेटमा बीआरआईको नाममा भएको चिनियाँ हस्तक्षेपविरुद्ध ठूलो जनसमूहले प्रदर्शन गरेको छ। कार्यक्रममा २५० भन्दा बढीको सहभागिता रहेको थियो। कार्यक्रमलाई राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवले नेतृत्व दिएका थिए। संसदीय उपसमितिका अध्यक्ष राजेन्द्र कुमार लिङ्देनले समेत कार्यक्रममा उपस्थित भई आन्दोलनकारीको माग सुन्नुभयो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल केन्द्रित धर्ना कार्यक्रम, पोखरा विमानस्थल अगाडि अभियानका जिल्ला उपाध्यक्ष एवं कार्यक्रम संयोजक टिका कुमारी छिरिङको नेतृत्वमा सम्पन्न भएको थियो। "पोखरा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण संचालन गर, विमानस्थलमा भएको भ्रस्टाचारको छानवीन गर, बि. आर. आई. ऋणलाई अनुदानमा परिणत गर," भन्ने उद्घोषका साथ भएको धर्नामा विमानस्थल सम्बन्धी संसदीय छानविन उपसमितिका संयोजक मा. राजेन्द्र लिङ्देन पुगी अभिय...
‘ओमोडा ई–फाइभ’ नेपालगन्जमा सार्वजनिक

‘ओमोडा ई–फाइभ’ नेपालगन्जमा सार्वजनिक

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
नेपालगन्ज, २३ असार – पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जमा ओमोडा ई–फाइभ आधिकारिक रुपमा सार्वजनिक गरिएको छ ।ओमोडा एन्ड जेको अटोमोबाइल कम्पनी लिमिटेडले आफ्नो फ्ल्यागसिप भेरियन्ट ओमोडा ई–फाइभ शनिवार एक भब्य कार्यक्रम बीच सार्वजनिक गरेको हो ।चिनियाँ सवारी निर्माता चेरी अटोमोबाइल कम्पनी लिमिटेडको विद्युतीय गाडी ओमोडा ई–फाइभको मूल्य ६१ लाख ९९ हजार रुपैयाँ कायम गरिएको ओमोडा नेपालका महाप्रबन्धक ज्ञानेन्द्रबहादुर चन्दले जानकारी गराए । उनका अनुसार ओमोडा ई–फाइभ नेपालभर ३५० भन्दा बढी भित्रिसकेका र नेपालगन्जमा पनि करिब १३ वटा गुडिरहेका छन् । कार्यक्रमका प्रमुख अतिथि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले ओमोडा ई–फाइभलाई सार्वजनिक गरेका हुन । नेपालगन्जका लागि चेरी अटोमोबाइलको आधिकारिक बिक्रेता सारदा ग्रुप अन्तर्गतको सिद्धार्थ टेक प्रा.लि. ले यो गाडी नेपालगन्जमा सार्वजनिक गरेको हो ।कम्पन...
‘लागूऔषध रोग र प्रयोगकर्ता रोगी हुन’

‘लागूऔषध रोग र प्रयोगकर्ता रोगी हुन’

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २१ असार – समाजमा लागूऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टिकोणमा अझै पनि परिवर्तन आउन सकेको छैन । समाजले लागूऔषध प्रयोगकर्तालाई विभिन्न नामावली दिएर अपहेलना गरिरहेको पाइन्छ । यस्तो अवस्थामा बाँकेका सरोकारवाला व्यक्तिहरुले लागूऔषध एउटा रोग र लागूऔषध प्रयोगकर्तालाई रोगीका रुपमा हेर्नु पर्नेमा जोड दिएका छन् ।शुक्रबार नेपालगन्जमा रिकभरिङ्ग नेपाल लुम्बिनी प्रदेशले आयोजना गरेको ‘नेपालमा लागूऔषध प्रयोकर्ताहरुलाई फौजदारी मुद्दा÷दण्ड विकल्पहरु’ कार्यक्रममा उपस्थित सहमागीले लागूऔषध प्रयोगकर्तालाई समाजले रोगीका रुपमा हेरेर त्यसको उपचारमा जोड दिनुपर्ने बताएका छन् ।कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेका बाँके जिल्ला अदालतका जिल्ला न्यायधिश भिष्मराज प्रसाईले लागूऔषध प्रयोगकताको उपचारसँगै लागूऔषधको प्रयोगकर्ताको संख्या कसरी बढिरहेको छ भन्ने कुरा पत्ता लगाउनु पर्ने बताए । न्यायधिश प्रसाईले भने,‘लागूऔ...
ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब

ब्यु डायमन्ड सोसाइटीकी अध्यक्ष पिंकीको नगद उठाउने काइदा, शेयरमा लगानी गरेको कम्पनी नै गायब

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २१ असार – यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायका सदस्यहरूको संस्था नील हिरा समाज (ब्लु डायमन्ड सोसाइटी)की अध्यक्ष सञ्जीव गुरुङ (शीतल, पिंकी)माथि ठगी गरेको आरोप लागेको छ।२०७४ सालमा विवेकशील आर्दर्श इन्भेस्टमेन्ट कम्पनी प्रा.ली.को शेयर बिक्री गरेर रसिद थमाएकी पिंकीले हालसम्म शेयर परे नपरेको जानकारी माग्दा उल्टै धम्की पाएको शेयर खरिदकर्ता समुदायका सदस्यले गुनासो गरेका छन्।ब्लु डायमन्ड सोसाइटी यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको वकालत गर्ने नेपालको पहिलो संस्था हो। सन् २००८ देखि पिंकी संस्थाको निरन्तर अध्यक्ष छिन्। सन् २००१ मा सुनिलबाबु पन्तले ब्लु डायमन्ड सोसाइटी जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता गरे।सुरुका वर्ष तेस्रो लिङ्गीहरू संस्थाको सदस्य बस्न मानेनन्। पन्तले आफन्तहरूलाई कार्य समितिमा राखेर दर्ता गराएको प्रशासनको रेकर्डबाटै देखिन्छ। पन्त संविधान सभाको सदस्य बनेपछि पि...
सीमावर्ती जिल्लामा भारतीय अपराधी बढ्दै

सीमावर्ती जिल्लामा भारतीय अपराधी बढ्दै

अपराध, आर्थिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
व्यक्ति हत्याका घटनामा भारतीय अपराधी प्रयोग गर्ने प्रवृत्तिले मधेश र लुम्बिनी प्रदेशमा सुरक्षा खतरा बढ्दोरौतहट, २१ असार – रौतहटको मौलापुर–६ पथरा बुधरामबाट भारतको बिहारका २० वर्षीय मोनुकुमार जैसवाल कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित पक्राउ परे । पक्राउपछि थाहा भयो, उनी घोडासहनमा सक्रिय ‘बाबा ग्याङ’ नामको आपराधिक समूहमा रही लुटपाट, हत्या, भन्सार चोरी तस्करीमा संग्लन रहेछन् । सीमावर्ती जिल्लामा भारतीय अपराधी बढ्दै ३१ जेठ : कलैयामा आदर्श कोतवाल नगरपालिका–२ खजुरियास्थित घरबाट सदरमुकाम कलैया फर्किने क्रममा रामराजा मोहनविक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या भयो । कात्तिक १३ : कलैया उपमहानगरपालिका–६ मदर्सा टोलमा बाल एकता इंग्लिस बोर्डिङ स्कुलका संचालक तथा प्रधानाध्यापक ३५ वर्षीय गुड्डु भनिने रूपेश सर्राफको गोली हानी हत्या भयो । यी तीन घटना नै काफी छन्, स...