नेपालगन्ज, १४ असार – असार मसान्त शुरु भएपछि विकास निर्माणका कार्यहरुको थालनी हुन्छ भन्ने परम्परालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडाअध्यक्ष दिपककुमार बर्माले निर्वाचित भएर आएदेखि नै तोड्दै आएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटै वार्डहरुमा २०७४ देखि निर्वाचन सम्पन्न भई निर्वाचित भएर आएदेखि नै बिनियोजित गरिएको बजेट मध्ये ३० प्रतिशतभन्दा बढी बजेटहरु फ्रिज हुँदै आईरहेको अवस्थामा उसको ठिक विपरित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष दिपककुमार बर्माले थप बजेट संघ तथा प्रदेश सरकारबाट ल्याएर आफ्नो वार्ड विकासमा खर्च गर्दै आएको वडाबासीहरुको भनाई रहेको छ ।
गत आर्थिक वर्ष जस्तै यस आर्थिक वर्ष २०८०÷०८१ मा बिनियोजित वडाको बजेट करीब १ करोड ७० लाख तथा संघ, प्रदेशबाट ल्याएको करीब ३ करोड बढी बजेट असार मसान्त पूर्व नै योजना सम्पन्न गरी खर्च गरेका छन् ।
वडा नं. १८ ले १ दर्जन बढी विकास निर्माण योजनाहरुको विगतमा शिलान्याय गरेको समाचारहरु यस सञ्चारमाध्यमद्वारा प्रकाशित गरिएको थियो । सो शिलान्यास गरिएका विकास निर्माणका योजनाहरु मध्ये १–२ वटा छोडी बाँकी सबै योजनाहरु सम्पन्न भएको पाईन्छ भने बाँकी रहेको योजना समेत यसै साता पूरा हुने वडाअध्यक्ष दिपककुमार बर्माले बताएका छन् ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ को वडा कार्यालय छेउमा रहेको श्री देवतादिन माध्यमिक विद्यालयको भवन जिर्ण हुँदा विगत वर्षदेखि नै क्रमशः बजेट बिनियोजित गरी विद्यालय भवन निर्माण कार्य सम्पन्न हुँदै आईरहेकोमा यस वर्ष पनि वडा नं. १८ र प्रदेश सरकारको बजेट गरी करीब ३५ लाख रुपैयाँ बिनियोजित गरिएकोमा कार्य सम्पन्न गरी अन्तिमचरणमा माटो पटान हुने कार्य सम्पन्न भई रहेको श्री देवतादिन माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेद प्रकाश बर्माले बताए ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. १८ का वडा अध्यक्ष बर्माले दिएको जानकारी अनुसार उज्जवलनगरमा ओपन जिम, सार्वजनिक शौचालय रहेको छ भने देवतादिन माध्यमिक विद्यालयमा तातो, चिसो शुद्ध खानेपानी, १ कक्षा देखि कक्षा १० सम्म कै विद्यार्थीहरुको लागि कक्षाकोठामा ईन्भर्टर जडान गरी सबै कोठामा बत्ती गएको बेला पंखा लगाउने तयारी रहेको छ भने अन्य स्थानमा किसानहरुको लागि थप ५ थान बोरि· लगाउने कार्य भइरहेको वडाअध्यक्ष बर्माले बताउनुभयो ।
पूर्वधार निर्माण कार्य सम्पन्न हुने अवस्थामा रहेको छ भने वडाको बजेटबाट साईबर क्राइमबारे प्रशिक्षण गर्नुका साथै वडा भेला बृहत सम्पन्न गराउने तयारी भईरहेको वडाअध्यक्ष बर्माले बताउनुभयो ।
वडा नं. १८ ले जति पनि कार्य ०७४ सालदेखि गरेको छ सब देखिने खालको गरेको छ, हामीले अति आवश्यक बजेट बाहेक अन्य कुनै योजनामा बजेट छुट्टाउने कार्य गर्दैनौं, अरु वार्डले बनाएको बाटो भत्की सकेको अवस्था भएपनि हाम्रो वार्डमा निर्माण गरिएको बाटोहरुको मापदण्ड एडिबिले समेत लिनेको गरेको छ, हामीले क्वालिटी युक्त कार्यहरु गरेका छौं भनी वडाअध्यक्ष बर्माले बताउनुभयो ।
भिडियो हेर्न लिंकमा क्लीक गर्नुस