Wednesday, December 4सत्यम खबर
Shadow

श्रेष्ठद्वारा आमाको माया छात्रावासलाई आर्थिक सहयोग

नेपालगन्ज, १३ असार – जनजाति कल्याण आश्रम नेपालमा आश्रित रहेका बालबालिकाहरुलाई आर्थिक सहयोग गरिएको छ ।
राप्रपा केन्द्रीय सदस्य, वातावरण विभाग प्रमुख पवित्रा सुब्बा श्रेष्ठद्वारा जनजाति कल्याण आश्रम नेपालद्वारा सञ्चालित आमाको माया छात्रावास नेपालगन्ज परसपुर १७ लाई रु. २५००० आर्थिक सहयोग गरी एक जना विद्यार्थीको अभिभावकत्व लिनु ग्रहण गरिएको छात्रावासका कृष्णादेवी पाण्डे जानकारी गराउनु भएको छ ।


पाण्डेका अनुसार आमाको माया छात्रावासमा रहेका बालिबालिकाहरुको कोही नभएको अवस्थामा सहयोगी मनहरुद्वारा गरिएको आर्थिक सहयोग सराहनीय हुनुका साथै थप कोही सहयोगी मनहरु सहयोग र सहकार्य गर्न चाहे अन्य बालकालिकाहरुको शिक्षामा समेत टेवा पुग्ने बताउँदै सहयोगी मनहरुलाई अगाडी आउन आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *