Thursday, December 5सत्यम खबर
Shadow

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ उपविदेश मन्त्रीबीच भेटवार्ता

काठमाण्डौ, १० असार – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल भ्रमणमा रहेका चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका छन्।

सिंहदरबारमा सोमबार भएको भेटमा उनीहरूबीच द्विपक्षीय हित, आपसी चासो र सहकार्यका विषयमा छलफल भएको हो।

प्रधानमन्त्री दाहालले सो अवसरमा नेपालको आर्थिक सामाजिक विकासमा चीनले पुर्‍याउँदै आएको सहयोगप्रति खुशी व्यक्त गरेका थिए।

आगामी दिनमा नेपालले सन् २०२६ मा अति कम विकसित मुलुकबाट स्तरोउन्नती हुने उद्देश्य राखेको उल्लेख गर्दै त्यसलाई सफल तुल्याउनका लागि चीनको सहयोग आवश्यक पर्ने प्रधानमन्त्रीको भनाइ छ।

चीनका उपविदेशमन्त्री सुनले सन् २०२५ मा नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाठका अवसरमा नेपालको पर्यटन प्रवर्द्धन र चिनियाँ पर्यटकलाई नेपाल भ्रमण गर्न प्रेरित गर्ने उद्देश्यका साथ चीनले ‘भिजिट नेपाल–२०२५’ मनाउने निर्णय गरेको जानकारी गराएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ।

नेपालको आर्थिक–सामाजिक विकासमा चीनबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता उनको थियो।

उपविदेशमन्त्री सुन नेपाल–चीन कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठकमा भाग लिन सोमबार नै नेपाल आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *