Sunday, June 28सत्यम खबर
Shadow

आर्थिक

अस्वभाविक लेनदेनमा गुप्ता पक्राउ

अस्वभाविक लेनदेनमा गुप्ता पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असोज – अस्वभाविक लेनदेन गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ बस्ने राजेन्द्रकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लागु औषध मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै गुप्ताले तीन लाख सात हजार भारतीय रुपैयाँ लिएको प्रहरीको भनाइ छ । ‘प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै गुप्ताले अस्भाविक रकम लिएको पाइयो प्रहरी स्रोतले भने– ‘हिरासतमा रहेका प्रतिवादी र प्रतिवादीका परिवारले जानकारी गराएपछि उनलाई पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ ।’ गुप्ताले एक लाख ५० हजार रकम भने फिर्ता गरेको बुझिाएको छ । गएको साउन १३ गते लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं.६ बस्ने २९ वर्षी...
१ सय ५० ग्राम ब्राउन सुगरसहित २ पक्राउ

१ सय ५० ग्राम ब्राउन सुगरसहित २ पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २२ असोज – बाँके प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक सय ५० ग्राम लागु औषधसहित दुई जनालाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा बहराईच जिल्ला जनपद नानपारा, भारतका ४४ वर्षीय सविर अहमद खान रहेका छन् । रुपैडियाबाट आउँदै गरेका खानलाई चेकजाँच गर्दा ३ प्याकेट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ । खान संगै रहेका नेपालगन्ज उपमहानगरपालिका–४ का २५ वर्षीय बब्लु हलवाईलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाईएको छ ।...
४० मेघावाट विधुत विक्रि गर्न नेपाल-भारत-बंगलादेशबीच भयो त्रिदेशीय सम्झौता, ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि

४० मेघावाट विधुत विक्रि गर्न नेपाल-भारत-बंगलादेशबीच भयो त्रिदेशीय सम्झौता, ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धि

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १९ असोज – नेपालबाट बंगलादेशमा ४० मेगावाट विद्युत् बिक्री गर्न नेपाल, भारत र बंगलादेशबिच सम्झौता भएको छ । बिहीबार काठमाडौंमा एक विशेष समारोहबिच त्रिपक्षीय सम्झौता भएको हो । नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, बंगलादेशको तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डका अध्यक्ष मोहमद रेजुल करिम र भारतको तर्फबाट एनटिपिसी विद्युत् व्यापार निगम (एनभिभिएन)की प्रमुख कार्यकारी अधिकृत रेणु नारङले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । नेपालका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र बंगलादेशकी वन, वातावरण, जलवायु परिवर्तन तथा जलस्रोत सल्लाहकार (मन्त्री) सैयदा रिजवाना हसनको उपस्थितिमा हस्ताक्षर भयो । हस्ताक्षरसँगै नेपाली बिजुली भारतीय प्रसारणलाइनमार्फत बंगलादेशमा निर्यात गर्न बाटो खुला भएको छ । हाल नेपालले छिमेकी भारतमा मात्रै विद्युत् निर्यात गर...
अमेरिकाले भारतको धार्मिक स्वतन्त्रतामा प्रश्न उठाएपछी भारतीय विदेश मन्त्रालयले दियो मुखभरीको जवाफ !

अमेरिकाले भारतको धार्मिक स्वतन्त्रतामा प्रश्न उठाएपछी भारतीय विदेश मन्त्रालयले दियो मुखभरीको जवाफ !

आर्थिक, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, १९ असोज – अमेरिकाले भारतमा धार्मिक स्वतन्त्रताको अवस्थालाई लिएर फेरि एकपटक प्रश्न उठाएको छ । अमेरिकी अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता आयोग (युएससीआईआरएफ) ले भारतमा धार्मिक स्वतन्त्रताको अवस्थाप्रति चिन्ता व्यक्त गर्दै भारतविरुद्ध चालिएको कदमबारे अप्रत्यक्ष रूपमा उल्लेख गरेको छ। भारतलाई दबाब दिने अमेरिकाको रणनीति विदेशमन्त्री एस जयशंकर र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनबीच वाशिंगटनमा भएको द्विपक्षीय आधिकारिक बैठकको केही घण्टापछि यो प्रतिवेदन जारी गरिएको हो। विज्ञहरूले यो मध्यकालीन प्रतिवेदन, यसको भाषा र समय (भारतीय विदेशमन्त्री अमेरिकामा हुँदा)लाई पछिल्ला महिनाहरूमा भारतलाई दबाब दिने रणनीतिका रूपमा हेरिरहेका छन् । अमेरिकाको रणनीतिक साझेदारी भारतले कडा प्रतिक्रिया दिँदै पक्षपातपूर्ण र राजनीतिक एजेन्डा चलाउनुको सट्टा यो संस्थाले अमेरिकामा मानवअधिकारका मुद्द...
तीन ठुला पेट्रोलियम परियोजना निर्माण गर्न भारतले १५ अर्ब अनुदान दिने, दिल्लीमा भयो सम्झौता

तीन ठुला पेट्रोलियम परियोजना निर्माण गर्न भारतले १५ अर्ब अनुदान दिने, दिल्लीमा भयो सम्झौता

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १८ असोज – भारतको १५ अर्ब रुपैयाँ अनुदानमा तीन ठुला पेट्रोलियम परियोजना निर्माण गर्न नेपाल आयल निगम लिमिटेड र इन्डियन आयल कर्पोरेसन (आइओसी)बिच बिहीबार दिउँसो दिल्लीमा सम्झौता भएको छ । आयल निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टका अनुसार अमलेखगन्ज–चितवन र सिलगुढी–झापा पाइपलाइन तथा झापामा ४० हजार किलोलिटरभन्दा बढी क्षमताको भण्डारणगृह भारतीय अनुदानमा निर्माण गर्न सम्झौता भएको हो । ‘आइओसीका माध्यमबाट भारत सरकारले नाै अर्ब ३७ करोड भारु (१४ अर्ब ९९ करोड २० लाख नेपाली रुपैयाँ) खर्चने गरी नेपालमा तीन ठुला परियोजना निर्माण गर्न सम्झौता सम्पन्न भएको छ,’ नयाँदिल्लीबाट टेलिफोन सम्पर्कमा भट्टले भने ।
उनका अनुसार चितवनमा निगमले नै निर्माण गर्ने करिब एक लाख किलोलिटर क्षमताको भण्डारणगृहमा आइओसीले प्राविधिक सहयोग गर्ने पनि सम्झौता भएको छ । चितवनमा निर्माण गर्ने भण्डारणगृहको लागत आठ अर...
९९ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

९९ ग्राम ब्राउन सुगरसहित २ जना पक्राउ

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १६ असोज – ९९ ग्राम लागूऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरिएको छ । लागु औषध नियन्त्रण व्यूरो महेन्द्रनगर कञ्चनपुर, ला.औ.नि. व्युरो नेपालगन्ज तथा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको संयुक्त प्रहरी टोलिले रुपैडिहा बस्ने राहुल शुक्ला र लालचन्द्र कामीलाई पक्राउ गरिएको छ । पक्राउ परेका लालचन्द्र कामीको घरमा खानतलासी गर्दा रुपैडिया बस्ने राहुल शुक्लाको पाईन्टको खल्तीबाट प्लाष्टिकको दुई पोकासहित तौल गर्दा १०२ ग्राम र प्लाष्टिक हटाई तौल गर्दा ९९ ग्राम लागू औषध ब्राउन सुगरसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनका साथमा लागु औषध व्राउन सुगर तौल गर्न प्रयोग गरिने डिजिटल तराजु थान–१, सहित लाल चन्द्र कामी र राहुल शुक्लालाई नियन्त्रणमा लिई कानूनी प्रक्रिया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
भारतीय स्टकमा यस साता विदेशी लगानी २३,६०० करोड रुपैयाँका साथ नयॅा रेकर्ड बनायो

भारतीय स्टकमा यस साता विदेशी लगानी २३,६०० करोड रुपैयाँका साथ नयॅा रेकर्ड बनायो

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार
काठमाण्डौ, १५ असोज – नेशनल सेक्युरिटीज डिपोजिटरी लिमिटेड (NSDL) को तथ्याङ्क अनुसार भारतीय शेयर बजारमा विदेशी पोर्टफोलियो लगानीकर्ता (FPI) को लगानी यस साता उच्च रेकर्डमा पुगेको छ। तथ्याङ्क अनुसार, सोमबार सबैभन्दा बढी प्रवाह रेकर्ड गरिएको थियो । एफपीआईहरूले भारतीय इक्विटीहरूमा १५,१८१ करोड रुपैयाँ पम्प गरेको थियो । यो बलियो लगानी हप्ताभर जारी रह्यो, शुक्रबारको शुद्ध लगानी रु ८,५३७ करोड पुग्यो, जसले कुल साप्ताहिक शुद्ध लगानीलाई रु २३,००० करोडभन्दा माथि पु¥याउन मद्दत गर्‍यो। यो महत्त्वपूर्ण प्रवाहले सेप्टेम्बरको कुल FPI लगानीलाई रु ५७,३५९ करोडमा ल्याउँछ । यो वर्ष अहिलेसम्मको भारतीय इक्विटीहरूमा सबैभन्दा उच्च FPI लगानी हो। ‘एफआईआईले सेप्टेम्बरमा अहिलेसम्म रु ५७३५९ करोड लगानी गरेको छ र एक्सचेन्जहरू मार्फत मात्र लगानी ४६४८० करोड छ। 2024 मा कुल लगानी अहिले १००२४५ करोड रुपैयाँ छ। यसले यस वर्ष INR...
चिनियाँ आयोजनामा ज्याला नदिएर श्रम शोषण, दुर्व्यवहारपछि लहानमा हड्तालमा उत्रिए कर्मचारी

चिनियाँ आयोजनामा ज्याला नदिएर श्रम शोषण, दुर्व्यवहारपछि लहानमा हड्तालमा उत्रिए कर्मचारी

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १५ असोज – चिनियाँ आयोजनामा कार्यरत श्रमिकले ज्याला नपाएपछि हड्ताल गरेका छन् । करिब डेढ महिनादेखि श्रमिकहरु हड्तालमा छन् । सिरहाको लहानमा रहेको चिनियाँ आयोजना (चिनियाँ रेलवे–२ कम्पनी) को निर्माण कार्यमा संलग्न मजदुरले साउन २४ देखि दैनिक ज्याला नबुझाएपछि काम रोकेका हुन् । आयोजनाका प्रमुख झाङ बाओले समयमै कामदारलाई ज्याला नदिने कामदारको गुनासो छ । कहिलेकाहीँ तीन महिनासम्म बेतलबी राखेर लगातार काम लिएर एक महिनाको तलब दिने गरेको उनीहरुको गुनासो छ । हालसम्म करिब आधा निर्माण कार्य सकिएको छ । अहिले अनियमित भुक्तानीका कारण मजदुरले काम गर्न छाडेका छन् । सञ्चालक समितिले कामदारसँग वार्ताका लागि पहल गरिरहेको भए पनि हालसम्म दुवै पक्षले वार्ताको निष्कर्षमा पुग्न सकेको छैन । व्यवस्थापन समितिले नयाँ कामदार भर्ना गरे पनि लामो समयदेखि काममा जुटेका मजदुरले नयाँ भर्नालाई पन्छाएर काम रो...
बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति

बाढीपहिरोले भौतिक पूर्वाधार क्षेत्रमा मात्रै २५ अर्बको क्षति

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाण्डौ, १४ असोज – भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हालैको प्राकृतिक प्रकोपबाट भौतिक पूर्वाधार क्षेत्रमा २५ अर्बभन्दा बढीको क्षति भएको बताएका छन् । अनेरास्ववियुले सोमबार काठमाडौंमा गरेको ‘सार्वजनिक यातायातको नियमन र विद्यार्थी सहुलियतको पूर्ण कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री दाहालले प्राकृतिक प्रकोपबाट देशका केही स्थानमा पक्ली पुलदेखि सडक, झोलुङ्गे पुल बगाएर ठूलो क्षति भएको बताएका छन् । दाहालले क्षतिग्रस्त सडकहरूको मर्मत गरी यातायात सुचारु गर्ने सरकारको मुख्य प्राथमिकता रहेको धारणा राखे । चाडवाडअघि नै अवरुद्ध भएका सबै सडक सञ्जाल सुचारु भइसक्ने जानकारी दिँदै मन्त्री दाहालले अन्य सडकखण्ड पनि मर्मत गरिने बताए । उनले चाडवाडमा हवाई भाडा निकै महंगो देखिएकाले नियन्त्रण गर्न पनि सरकार लागिरहेको बताउए । यात्रुहरूलाई सहज रुपमा यात्रा गराउन प्रभावकारी र...