Thursday, November 21सत्यम खबर
Shadow

१ सय ५० ग्राम ब्राउन सुगरसहित २ पक्राउ

नेपालगन्ज, २२ असोज – बाँके प्रहरीले ठुलो परिमाणमा लागु औषध ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिका–१५ जमुनाह स्थित लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा एक सय ५० ग्राम लागु औषधसहित दुई जनालाई पक्राउ गरेको बाँके प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा बहराईच जिल्ला जनपद नानपारा, भारतका ४४ वर्षीय सविर अहमद खान रहेका छन् । रुपैडियाबाट आउँदै गरेका खानलाई चेकजाँच गर्दा ३ प्याकेट लागु औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरी स्रोतले जनाएको छ ।

खान संगै रहेका नेपालगन्ज उपमहानगरपालिका–४ का २५ वर्षीय बब्लु हलवाईलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको जनाईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *