चीनसँग जोडिएका तातोपानी र रसुवा नाका ठप्प
पहिरोले क्षतिग्रस्त तातोपानी नाकाको लिपिङ पुल र चीनको केरुङ क्षेत्र
नेपाली व्यवसायीका अर्बौंका सामान बाटोमै अलपत्र, स्याउ, लसुन, आँप, अनारलगायत खाद्यवस्तु कुहिने चिन्ता
काठमाण्डौ, १४ असोज – बाढीपहिरोका कारण चीनसँगका प्रमुख दुई नाका तातोपानी र रसुवाबाट हुँदै आएको आयात व्यापार शनिबारदेखि ठप्प भएको छ । भोटेकोसीमा आएको बाढीले सीमा क्षेत्र नजिकैको अरनिको राजमार्गको लार्चा र लिपिङको मोटरेबल पुल बगाएको छ भने रसुवागढी नाका जोड्ने सडक जताततै छियाछिया बनेको छ ।
तातोपानी र रसुवाबाट व्यापार मात्र ठप्प भएको छैन बिजुली, सञ्चार यातायातको अभावमा स्थानीय बासिन्दा निकै ठूलो त्रासमा छन् । तातोपानीमा पैदल आउजाउ गर्नसमेत नसक्ने अवस्था छ । मालवाहक कन्टेनर बाटैमा अलपत्र छन् भने अर्बौं रुपैंयाँका व्यापारिक सामानको असुरक्षा भएको छ । यसबाट नेपाली व्यापारिले करोडौं रुपैयाँ नोक्सानी बेहोर्नुपर्ने परिस्थिति सिर्ज...









