
काठमाण्डौ, १५ असोज – चिनियाँ आयोजनामा कार्यरत श्रमिकले ज्याला नपाएपछि हड्ताल गरेका छन् । करिब डेढ महिनादेखि श्रमिकहरु हड्तालमा छन् ।
सिरहाको लहानमा रहेको चिनियाँ आयोजना (चिनियाँ रेलवे–२ कम्पनी) को निर्माण कार्यमा संलग्न मजदुरले साउन २४ देखि दैनिक ज्याला नबुझाएपछि काम रोकेका हुन् ।
आयोजनाका प्रमुख झाङ बाओले समयमै कामदारलाई ज्याला नदिने कामदारको गुनासो छ । कहिलेकाहीँ तीन महिनासम्म बेतलबी राखेर लगातार काम लिएर एक महिनाको तलब दिने गरेको उनीहरुको गुनासो छ ।
हालसम्म करिब आधा निर्माण कार्य सकिएको छ । अहिले अनियमित भुक्तानीका कारण मजदुरले काम गर्न छाडेका छन् । सञ्चालक समितिले कामदारसँग वार्ताका लागि पहल गरिरहेको भए पनि हालसम्म दुवै पक्षले वार्ताको निष्कर्षमा पुग्न सकेको छैन ।
व्यवस्थापन समितिले नयाँ कामदार भर्ना गरे पनि लामो समयदेखि काममा जुटेका मजदुरले नयाँ भर्नालाई पन्छाएर काम रोकेको तथ्य बाहिर आएको छ । यो घटनापछि नेपालमा काम गर्ने चिनियाँ कम्पनीहरूले नेपाली कामदारलाई दुर्व्यवहार गर्ने गरेको तथ्य उजागर भएको छ ।
चिनियाँ कम्पनीहरूले नेपाली कामदारलाई नियमित तलब नदिने गरेको र तलब माग्दा उल्टै नेपाली कामदारहरूलाई गम्भीर परिणाम भोग्नुपर्ने धम्की दिने गरेको खुलेको छ ।
अझ पूरा ज्याला नदिने समस्या पनि रहेको पीडित कामदार बताउँछन् । चिनियाँ कम्पनीको कार्यशैलीका कारण चिनियाँ कम्पनीका मालिक र नेपाली कामदारबीच द्वन्द्वका घटना बढ्दै गएको सरकारी रिपोर्टहरुले देखाएको छ ।
सुरक्षाका कारण नेपाली कामदार परिचय खुलाएर बोल्न डराएका छन् भने आफ्नो आवाज बोलिदिन सरकारी अधिकारी र सञ्चारमाध्यमलाई हारगुहार गर्ने गरेका छन् । नेपाल पाना