Thursday, November 21सत्यम खबर
Shadow

अस्वभाविक लेनदेनमा गुप्ता पक्राउ

नेपालगन्ज, २२ असोज – अस्वभाविक लेनदेन गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १५ बस्ने राजेन्द्रकुमार गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । लागु औषध मुद्दामा प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै गुप्ताले तीन लाख सात हजार भारतीय रुपैयाँ लिएको प्रहरीको भनाइ छ ।

‘प्रहरीको हिरासतमा रहेका व्यक्तिलाई छुटाइ दिन्छु भन्दै गुप्ताले अस्भाविक रकम लिएको पाइयो प्रहरी स्रोतले भने– ‘हिरासतमा रहेका प्रतिवादी र प्रतिवादीका परिवारले जानकारी गराएपछि उनलाई पक्राउ गरिएको हो । अनुसन्धान भइरहेको छ ।’ गुप्ताले एक लाख ५० हजार रकम भने फिर्ता गरेको बुझिाएको छ ।

गएको साउन १३ गते लागु औषध नियन्त्रण ब्युरो नेपालगन्ज शाखा र जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलिले सुर्खेत गुर्भाकोट नगरपालिका वडा नं.६ बस्ने २९ वर्षीय प्रकाश केसीलाई ८ सय ५० ग्राम लागु औषध ब्राउन सुगरसहित पक्राउ गरेको थियो । जमुनाह नाकामा भे ७ प ६६८९ नम्वरको मोटरसाइकल सहित उनी पक्राउ परेका थिए ।

उनीसँगै भारतीय नागरिकले चलाएको युपी ४० एल १४९९ नम्वरको मोटरसाइकल भने त्यहाँ रोक्दै नरोकी नेपालगन्ज भित्रिएका थिए । फरार ती दुई जनाको खोजी गर्ने क्रममा साउन १४ गते नेपालगन्ज उपमहानगरपालिका १० गणेशमान चोकमा दिपक श्रीवास्तवलाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । लागु औषध मुद्दामा प्रहरी हिरासतमा रहेका तिनै दिपकलाई मुद्दा मिलाई छुटाई दिन्छु भन्दै राजेन्द्र गुप्ताले परिवारबाट रकम लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *