Saturday, June 27सत्यम खबर
Shadow

आर्थिक

मृतक ई–रिक्सा चालकको परिवार संघद्वारा आर्थिक सहयोग

मृतक ई–रिक्सा चालकको परिवार संघद्वारा आर्थिक सहयोग

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ पुस – अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँकेले मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग गरेको छ । अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ६ बस्दै आएका स्व. ससिव श्रीवास्तवको परिवारलाई नगद १० हजार सहयोग गरेको हो । गत पुस ४ गते ई–रिक्सा चालक श्रीवास्तवले आत्महत्या गर्नु भएको थियो । नेपालगन्ज–०६ फुल्टेक्रा स्थित डेराको कोठामा बस्दै आउनु भएका श्रीवास्तवको परिवारमा आर्थिक समस्याका कारण काज किरिया समेत समस्या आएपछि संघले आर्थिक सहयोग गरेको हो । अटो टेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके अध्यक्ष धिरजप्रताव सिंहले आर्थिक अवस्था कमजोर भएका कारण अन्तिम दाहसंस्कार समेत समस्या भएको खबर सुनेपछि सहयोग गरेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘उहाँ संघको सदस्य होइन् तर ई–रिक्सा चालक हो । हामी ई–रिक्सा चालक र धनीहरुको हकहितको लागि काम गरिरहेका छौं ।...
छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ पुस – सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले बोलाएको छ । बाँकेमा भैरहेको तस्करी र कुटपिट बिषयमा एसएसपी गंगाराम श्रेष्ठ नेतृत्व समितिले प्रतिबेदन बुझाएपछि एसपी डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि बोलाएको हो । यस बिषयमा निरन्तर समाचार प्रकाशन भएपछि एसएसपी श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको हो । एसपी डाँगीलाई आज १०ः३० बजे प्रधान कार्यालयमा उपस्थित हुन पत्र पठाएपछि उनी सोमवार बेलुकीको फ्लाइटबाट काठमाण्डौ गएका छन् । बाँकेमा एसपी डाँगीलाई तस्करसंग मिलेर पैसा असुलेको आरोप लागेको छ ।...
होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परिक्षण

होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परिक्षण

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज
डुडुवा, ८ पुस – बाँके डुडुवा गाउँपालिकावार्ड नं.१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवालिएका छन । डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५२ महिला र १ सय ३६ जना पुरुष गरि २ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरिएको थियो । ‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत आयोजित शिविरमा निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो । दुरदराजका स्थानीयमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको पहिचान तथा रोगका बारेमा जानकारीका लागि स्वास्थ्य शिविरले ठुलो मद्दत पु¥याएको गाउँपालिका अध्य...
लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

लुम्बिनी कप फुटबलमा फुटबल संघको सहकार्य

आर्थिक, आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ७ पुस – नेपालगन्जमा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा बाँके जिल्ला फुटबल संघले सहकार्य गर्ने भएको छ । बाँके जिल्ला फुटबल संघको बैठकले नेपालगन्ज रंगशालामा हुन लागेको लुम्बिनी कप महिला फुटबल प्रतियोगितामा सहकार्य गर्ने निर्णय गरेको हो । अन्तरालको आयोजनामा फागुनमा लुम्बिनी कप महिला फुटबल प्रतियोगिता हुँदैछ । बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रिय सदस्य भोजराज शाहीले महिला फुटबलको विकासमा प्रतियोगिताले महत्वपुर्ण भुमिका खेल्ने भएकोले सहकार्य गरेको बताउनु भयो । उहाँले भन्नु भयो, ‘हामी निकै खुसी छौं । फुटबल भनेको सामुहिक भावनाबाट खेल्ने गरिन्छ । फुटबलको विकासमा निजी क्षेत्रको महत्वपुर्ण भुमिका हुन्छ । नेपालगन्जमा अन्तरालले गर्ने प्रतियोगिताले यहाँको फुटबल लोकप्रियता र खेलाडी उत्पादनमा सहयोग गर्ने भएकोले सहकार्य गर्ने निर्णय गरे...
चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात

आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार
काठमाण्डौ, ३ पुस – चालू आर्थिक वर्ष (आव) २०८१÷८२को पहिलो ४ महिनामा १२ अर्ब ७१ करोड ९४ लाख ५९ हजार रुपैयाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालू आवको साउन, भदौ असोज र कात्तिकमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको १ अर्ब ६६ करोड ७८ लाख ९२ हजार युनिट विद्युत् भारततर्फ निर्यात गरेको छ । चार महिनामा भारततर्फ निर्यात गरिएको विद्युतको औसत दर प्रतियुनिट ७ रुपैयाँ ६३ पैसा छ । प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको विद्युत् भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को डेअहेड तथा रियल टाइम मार्केटमा प्रतिश्पर्धी दरमा र द्धिपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौता बमोजिम हरियाणा र बिहार राज्यमा बिक्री गरिरहेको छ । भारतको प्रसारण संरचनाको प्रयोग गरी बंगलादेशमा पनि विद्युत् निर्यात सुरु भइसकेको छ । भारतसँगको विद्युत् व्यापार भारतीय रुपैयाँ (भारु)मा हुने गरेको छ । त्यसै...
ब्रिनोजको आयोजनामा १२६५ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

ब्रिनोजको आयोजनामा १२६५ जनाको निःशुल्क कान परीक्षण (फोटोफिचरसहित)

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २५ मंसिर – ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको आयोजना तथा राप्ती सोनारी गाउँपालिकाको समन्वय एवं आर्थिक सहयोगमा निःशुल्क प्राथमिक कान उपचार शिविर सञ्चालन गरी १२६५ जनाको निःशुल्क कान जाँच गरिएको छ । ब्रिनोज कान स्वास्थ्य सामुदायिक सेवाको प्रविधिक टोलीसहित आयोजना गरिएको निःशुल्क शिविरमा ५८५ जना पुरुष तथा ६८० जना महिला गरी जम्मा १२६५ जनाको कान जाँच निःशुल्क शिविर कुसुम स्वास्थ्य चौकीबाट मंसिर १४ गतेदेखि शुरु गरी फत्तेपुर स्वास्थ्य चौकीमा आज मंसिर २५ गते समापन गरिएको कान चेकजाँच वरिष्ठ कान सहायक चिकित्सक तथा आउटरिच इन्चार्ज भिषणकुमार थारुले जानकारी गराउनुभयो । आउटरिच इन्चार्ज भिषणकुमार थारुले दिएको जानकारी अनुसार जम्मा १२६५ जना महिला पुरुष मध्ये कान पाक्ने रोगबाट ग्रसित १२८ जना रहेको बताए । आउटरिच इन्चार्ज भीषणकुमार थारुले दिएको जानकारी अनुसार निःशुल्क प्र...
वन्यजन्तु प्रभावितका लागि भएका क्षतिपूर्ति तथा राहत व्यवस्था बारे बाँकेको राप्ती सोनारीका पिडित अनभिज्ञ

वन्यजन्तु प्रभावितका लागि भएका क्षतिपूर्ति तथा राहत व्यवस्था बारे बाँकेको राप्ती सोनारीका पिडित अनभिज्ञ

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २३ मंसिर – बाँकेका राप्ती सोनारी गाउँपपालिका वडा नं. २ माथेबासका वन्यजन्तुबाट प्रभावित समुदायहरुले वन्यजन्तुबाट भएको कुनै पनि क्षतिमा तत्काल राहत वा क्षतिपूर्ति पाउनु पर्ने बताएका छन् । उनीहरुले वन्यजन्तुले निरन्तर समुदायमा नोक्सानी गरिरहेको तर पिडित परिवारले क्षतिपुर्ति समय मैं पाउन नसक्दा ठूलो समस्या परेको बताएका छन् । समुदायका लागि सञ्चार अभियान नेपाल (सीसीएन) ले आइतबार आयोजना गरेको ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि गोलघर सम्वाद’ का सहभागीहरुले यस्तो धारणा राखेका हुन् । युएसएड÷द एसिया फाउण्डेशनद्वारा संचालित ‘नागरिक समाज र मिडिया’ परियोजनाको साझेदारीमा संचालित ‘वातावरणीय न्याय र जवाफदेहिताका लागि सिमान्तकृत समुदायको सबलीकरण अभियान’ अन्तर्गत सम्वाद गरिएको सीसीएनले जनाएको छ । माथेबासमा विशेष गरी हात्ती, बाघ र बाँदरलगायतका वन्यजन्तुले निरन्तर क्षती गर्दै आएको स्...
विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

विवाह पञ्चमी महोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर र यात्री सहायता सेवा

आर्थिक, आस्था, धार्मिक, प्रदेश २, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
जनकपुरधाम, २१ मंसिर – त्रेता युगमा मिथिला नरेश राजा जानककी पुत्री सीता र अयोध्या नरेश दशरथका पुत्र भगवान् रामको विवाहको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी महोत्सव जनकपुरधाममा भव्य रूपमा मनाइने गरिन्छ । यस अवसरमा अयोध्याबाट जन्ती (बाराती) जनकपुरधाम आउने परम्परा रहेको छ । यसै अवसरमा नेपाल–भारत खुला सीमा संवाद समूह र क्लोथ बैंक धनुषा नेपालले संयुक्त रूपमा निःशुल्क यात्री विश्राम, स्वास्थ्य शिविर, पिउने पानीको व्यवस्था र यात्री सहायता परामर्श केन्द्र स्थापना गरेका छन् । शिविरको दोश्रो दिनसम्म करिब २५०० भन्दा बढीले स्वास्थ्य सेवा लिइएको संस्थाका अध्यक्ष डा. राजीव झाले जानकारी दिएका छन् । नेपाल भारत खुला सीमाका कारण भारतको बिहार, उत्तर प्रदेश र पश्चिम बंगालबाट लाखौंको संख्यामा भक्तजनहरु राम जानकी विवाह हेर्न आउने गरेको छन् । खुला सीमा नेपाल भारत बिचको मैत्री सम्बन्धका आधार स्तम्भ ह...
डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटन हुने

डिसेम्बर ७ मा सोल्टी होटलमा एवन बजार हुने, अमेरिकी राजदुत डिन आर थम्पसनद्वारा उद्धाटन हुने

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ मंसिर – आउँदो शनिबार सोल्टी होटल काठमाडौंमा एवन बजार आयोजना हुने भएको छ । एक्टिभ उमन अफ नेपाल (एवन) ले विगत चार दशक यता संचालन गर्दै आएको एवन बजारको २०२४ संस्करण आउने शनिवार डिसेम्बर ७ मा आयोजना हुने भएको हो । जसको अमेरिकी राजदुत डिन आर थम्पसनले विहान ११ बजे उद्धाटन गर्नेछन् भने यस कार्यक्रममा नेपालमा रहेका विभिन्न देशका राजदुत तथा कुटनितीज्ञहरुले सहभागिता जनाउने छन् । एक सयभन्दा बढी स्टल रहने एवन बजारमा विभिन्न क्षेत्रका प्रभावशाली व्याक्तिले आफ्नो रुचीका आधारमा गरेका स्वदेशी उत्पादनलाई विशेष प्राथमिकता दिईदै आएको छ । यस बजारमा स्टार्टअप कम्पनी, अर्गानिक प्रोडक्ट, विभिन्न किसिमका स्थानिय उत्पादन, फेसनवेयर, हस्तकलाका सामाग्री लागयतका स्टलहरु रहने छन् । विभिन्न किसिमका आकर्षक स्थानिय रुपमा उत्पादन गरिएका क्रिसमस सजावटका सामाग्रीहरु समेत रहने यस एवन बजारमा बालबालिकाका लागि व...
नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ

नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ मंसिर – नेपालगन्जलाई चेनाउने उद्देश्यका साथ २०७३ सालदेखि शुभारम्भ गरिएको नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलि विहिबारदेखि शुरु हुने भएको छ । यस पटक नेपालगन्ज कनक्लेभमा मुख्यतः आठ वटा विषयमा प्यानल छलफल हुनेछ जसमा ख्याती प्राप्त हाँस्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्टसँगको अन्तरंग सम्वादबाट शुभारम्भ हुने आयोजकद्वारा प्रेस मिटमा जानकारी गराईएको छ । यसैगरी पहिलो सत्रमा नेपालगन्जले वर्षौदेखि भौग्दै आएको उर्जा संकटमा केन्द्रीत हुनेछ । यो सत्रमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग खुला छलफल तथा उर्जाको संकट टार्ने उपाय बारे विमर्श हुने जनाईएको छ । जसको शिर्षक देशले विद्युत निर्यात, नेपालगन्जले भोग्छ उर्जा संकट राखिएको छ । दोस्रो सत्रमा व्यापार घाटाको दिगो व्यवस्थापन, निर्यात वस्तुमा मूल्यवृद्धिमा हुनेछ । यसले व्यापार घाटाको स्थितिर्ला...