Friday, February 7सत्यम खबर
Shadow

होलियामा स्वास्थ्य शिविर, २ सय ८८ जनाको परिक्षण

डुडुवा, ८ पुस – बाँके डुडुवा गाउँपालिकावार्ड नं.१ होलिया गाउँमा सञ्चालित निःशुल्क स्वास्थ्य परीक्षण शिविरमा २ सय ८८ जनाले सेवालिएका छन । डुडुवा गाउँपालिकाको सहयोगमा सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वाटर बागेश्वरी बाँकेद्वारा शनिबार सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा १ सय ५२ महिला र १ सय ३६ जना पुरुष गरि २ सय ८८ जनाको स्वास्थ्य परीक्षण गरि औषधी वितरण गरिएको थियो ।

‘सीमावासीसँग सशस्त्र प्रहरी कार्यक्रम’ अन्तर्गत आयोजित शिविरमा निःशुल्क उपचार गर्नुका साथै उनीहरुलाई विभिन्न प्रकारका औषधी निःशुल्क वितरण गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण हेडक्वाटर बागेश्वरी बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक बिमल डाँगीले बताउनुभयो ।

दुरदराजका स्थानीयमा स्वास्थ्य सम्बन्धी विभिन्न समस्याको पहिचान तथा रोगका बारेमा जानकारीका लागि स्वास्थ्य शिविरले ठुलो मद्दत पु¥याएको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताउनुभयो । पालिकाले स्वास्थ्य क्षेत्रमा ठुलो लगानी गरेकाले स्वास्थ्यको समस्याबाट कुनै पनि नागरिक बञ्चित नहुन भनेर घर घरमा स्वास्थ्य सेवा लागु गरेको भन्दै चौधरीले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखी आफ्नो स्वास्थ्य चेकजाँच गराउन स्थानीयलाई आग्रह गर्नुभयो ।

शिविरमा मध्यपश्चिम क्षेत्रीय शसस्त्र प्रहरी बल अस्पताल बाँकेका चिकित्सक सशस्त्र प्रहरी निरीक्षक डा. विवेक पुन, हेल्थ असिस्टेन्ट सशस्त्र प्रहरी नायब निरीक्षक भरत थापा र डिल्लीबहादुर गिरी तथा डुडुवा गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक रिजवान खान, हेल्थ असिस्टेन्ट पवन कैराती, शैलेन्द्र शर्मा, सिनियर अहेब प्रदिप शाह, अहेब मनोज कैराती र प्रदीप ओलीले बिरामीको चेकजाँच गर्नु भएको थियो ।

शिविरमा साधारण स्वास्थ्य परीक्षण, नाककान घाँटी, दाँत, आँखा तथा अन्य रोगहरुको परीक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाका पवन कैरातीले बताउनुभयो । डुडुवाको सबै भन्दा बिकट क्षेत्र कृषि चौफेरी, पाझा होलिय, खडैचा, पिप्रहवा लगायत गाउँका स्थानीयलाई लक्षित गरी शिविर संचालन गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *