Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

अतिविपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

अतिविपन्न परिवारहरुलाई खाद्यान्न सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ३१ जेष्ठ – भेरी वातावरणीय विशिष्टता समुह (बी–ग्रुप) ले केयर नेपालको सहयोगमा नेपालगन्ज उपमहानगर क्षेत्र भित्रका कोभिड–१९ बाट प्रभावित भएका अति विपन्न, दलित र शारिरिक अशक्त भएका परिवारहरुलाई खाद्य सामाग्री वितरण गरेको छ ।पहिलो चरणमा २५ परिवारलाई बितरण गरिएको छ । बाँकी दोश्रो चरणमा ७५ परिवारलाई पनि बितरण गरिने कार्यक्रम रहेको संस्थाका निर्देशक डम्मर सुनारले बताउनु भयो । बितरण गरिएको सामाग्रीहरुमा चामल ५० किलो, रहर दाल ३ किलो, चना डेढ किलोे, पिठो ५ किलोको प्याकेट, तोरीको तेल साढे २ लिटर, २ किलो आयोनून, २ किलो चिनी र नुहाउने लाईफ व्वाय साबुन ४ थान गरी प्रति परिवारलाई ५ हजार २ सय रुपैया पचास पैसा बराबरको खाद्य भौचर मार्फत उपलब्ध गराईएको बी–ग्रुपका लेखा अधिकृत बेदप्रकाश दिक्षितले जानकारी दिए । बाँकेमा कोरोना संक्रमणको त्रासबाट जोगिन आव्हान गरिएको निषेधाज्ञाका कारण जनजिविक...
कसौधन वैश्य समाजद्वारा लकडाउन खोल्न ज्ञापन पत्र

कसौधन वैश्य समाजद्वारा लकडाउन खोल्न ज्ञापन पत्र

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३० जेठ – नेपाल सरकारद्वारा (कोभिड–१९) कोरोना भाईरस दोस्रो भेरियन्टलाई नियन्त्रण गर्न लगाईएको लकडाउन (निधेषाज्ञा) ले बाँकेका जनजीवन कष्टकर अवस्थाबाट गुज्रिरहेका छन् ।हाल नेपाल सरकारद्वारा कोभिड–१९ को चैनलाई ब्रेक गर्न लगाईएको लकडाउनलाई आम सर्वसाधारण जनताले समेत साथ र सहयोग दिएकै कारण बाँकेमा कोरोना भाईरसको संक्रमितहरुको संख्यामा कमी आउनु र भेरी अस्पतालले आजै दिएको तथ्यांक अनुसार ७५ प्रतिशत बेड समेत खाली हुनुलाई सकारात्मक पक्ष मान्न सकिन्छ । तर पनि पुनः संक्रमितहरुको संख्यामा बृद्धि नहोस् भनी त्यसतर्फ समेत सबैको ध्यान केन्द्रित भई स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड आउनु पर्ने कसौधन वैश्य समाजका महासचिव सत्यनारायण वैश्यको भनाई रहेको पाईन्छ । सरकारबाट लगाईएको लकडाउनले सबभन्दा बढी पीडा खेपिरहेका आम गरीब गरीखाने वर्गलाई मान्न सकिन्छ भने अर्कोतर्फ देश कै मेरुदण्डको रुपमा रहेको...
कोरोना महामारीमा रेरीको सहयोग

कोरोना महामारीमा रेरीको सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २८ जेठकोरोना नियन्त्रण तथा प्रतिकार्यका लागि भन्दै रारा मानवीय तथा वातावरण्ीय बिकास प्रयास (रेरी) ले कोरोना संक्रमित र कोरोना आईसोलेसनमा खटिने स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने एक करोड बढीका स्वास्थ्य समाग्री सहयोग गरेको छ ।बाँके, बर्दिया, दाङ, सल्यान, कैलाली, कंचनपुर जिल्लाका अस्पतालले संचालन गरेका आईसोलेसनदेखि स्थानीय तहले संचालन गरेका आईसोलेसन केन्द्रका लागि एक करोड बिस लाख बराबरको अक्सिजन कन्सन्ट्रेटर, अक्सिमिटर, पिपिई, मास्क, सेनीटाईजर सहयोग गरेको हो । फाईल फोटो कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न मानवीय सहयोग गर्ने उद्देश्यले रेरीले आफ्नै आन्तरिक कोष, बिभिन्न संघसंस्था र बिदेशबाट सहयोग संकलन गरि ६ जिल्लाका बिस बढी आईसोलेसन केन्द्रका लागि स्वास्थ्य सामाग्री सहयोग गर्दै आएको छ ।रेरीले जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको प्रादेशिक प्रेस भवनमा खजुरा गाउँपालिकाले ...
क्यान्सर पीडित महिलालार्य कशौधन वैश्य समाजद्वारा नगद सहयोग

क्यान्सर पीडित महिलालार्य कशौधन वैश्य समाजद्वारा नगद सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २८ जेठ – कशौधन वैश्य समाज जिल्ला कार्यसमिति बाँके तथा युवा मञ्च र महिला मञ्च नेपालगन्जले राहत वितरण अन्तर्गत क्यान्सर पीडित विधुवा महिलालाई क्यान्सर उपचारको लागि नगद सहयोग उपलब्ध गराएको छ ।विगत ७ वर्षदेखि आफ्नो उपचार आफै निरन्तर गराउँदै आईरहेकी क्यान्सर पीडित मीना नाऊका दुई छोरा रहेका छन् । क्यान्सर पीडित मीना नाऊलाई समाजले सम्मान गर्नुपर्ने देखिन्छ । उनी ७ वर्षदेखि निरन्तर आफै काम गरी आफ्नो उपचार गर्नुका साथै दुई छोराहरुलाई समेत पालेका छन् ।तर नेपाल सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उनी वेरोजगार जस्तै भएकी छन् । उनी मात्र वेरोजगार नभई उनको छोरा जो कपाल काट्ने कार्य गर्दै आईरहेका थिए, उनी पनि लकडाउनले गर्दा वेरोजगार भएको हुँदा हाल उनले कसैलाई भनेर आर्थिक सहयोग माग गरेको बताउँछिन् । कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल वैश्यले हाललाई क्यान्सर उपचारमा केही राहत होस् भनी समाज...
कोरोना कालमा मुस्लिम समाज र वैदिक संस्कार मान्नेहरुको अतुलनीय योगदान

कोरोना कालमा मुस्लिम समाज र वैदिक संस्कार मान्नेहरुको अतुलनीय योगदान

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाज
मिति :०७८ जेष्ठ २८ गतेविद्रोही विद्रोही भन्ने गरिन्छ जब संकट आउँछ त्यस समय त्यो संकटलाई टार्न तमाम राम्रो विचार राख्नेहरु सक्रिय भई हाल्ने गर्छन् । अहिले कोरोनाको महामारीबाट धेरै जनाको मृत्यु भएको छ यस महामारीबाट तमाम जना जुध्दै छन् । यस समयमा २ महिनादेखि निषेधाज्ञा, लकडाउनको पालन गरी नगरवासी आ–आफ्नो घरमा बस्न बाध्य बनेका छन् । अहिले धेरैजसोहरु बेरोजगार पनि बनि सकेका छन् । व्यक्तिलाई दुई छाक टार्न अहिले गाह्रो भएको समय नेपालगञ्ज मुस्लिम समाज, बाँके र वैदिक संस्कार मान्नेहरु पुनः एक पटक कोरोनाको त्रास कम गर्न अगाडि आएका छन् । नेपालगञ्ज मुस्लिम समाजले २०७६ चैत्र महिनातर्फ पहिलो कोरोनाको संक्रमण फैलिएको समय निरीह, गरीब, विपन्न वर्गका व्यक्तिको घरदैलोमा पुगी सो समय खाद्यान्न राहत स्वरुप वितरण गरेको थियो । अहिले त्यो फेरी निरीह, गरीब, विपन्न वर्गको लागि एक सहारा जस्तो बनेको छ । यस पटक पनि...
हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलको सहयोगमा खाद्यान्न वितरण

हिन्दु स्वयंसेवक संघ र सेवा इन्टरनेशनलको सहयोगमा खाद्यान्न वितरण

CoVid19, अवधी, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
कपिलवस्तु, २७ जेष्ठ - कोभिड महामारीमा हात मुख जोर्न गार्हो परेका विपन्न परिवारलाई सेवा ईन्टरनेशनलको सहयोगमा हिन्दु स्वयंसेवक संघको समन्वयमा कपिलवस्तुको महराजगंजमा राहत खाद्यान्न वितरण भएको छ। समुदायका एकसय गरिव परिवारलाई चामल, दाल, तेल नुन, सोयाबीन लगायतको खाद्यान्न बितरण भएको जनाईएकाे छ । हिन्दु स्वयंसेवक संघका सम्पर्क बिभाग प्रमुख डा. विनय पाण्डेय, संघका पदाधिकारीहरु बासुदेव चौधरी, दिलिप चौधरी, भानु चतुर्वेदीको सकृयतामा बितरण कार्यक्रम समपन्न भएको छ । सेवा ईन्टरनेशनलले हिन्दु स्वयंसेवक संघ मार्फत नेपालको विभित्र जिल्लामा स्वास्थ सामग्री तथा खाद्यान्न बितरण गर्दै आएको छ।...
नदि दोहन रोक्न धरमपुर घाटमा धर्ना

नदि दोहन रोक्न धरमपुर घाटमा धर्ना

CoVid19, अपराध, अवधी, आर्थिक, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
दुख हरण यादवगढवा, २७ जेष्ठ - अबैध नदिजन्य पदार्थ उत्खननको बिरोध गर्दै गढवामा स्थानीयबासीले राप्ति नदीमा धर्ना दिएका छन् | गढवा गाउपालिकाले राप्ति नदीको धर्मपुर घाटमा नदिजन्य पदार्थ उत्खननको लागि लगाएको ठेक्कामा ठेकेदारले मापदण्ड बिपरित उत्खनन गरेको बिरोधमा स्थानियबासीले काम रोकेर दबाब दिएका छन् | गढवा गाउपालिका वडा न ५ का धर्मापुर, तकियापुर, बोधिपुर तथा मगहरका लगभग १०० जनाभन्दा स्थानियबासीहरूले उत्खनन भइरहेको स्थानमा गइ काम रोक्नको लागि दबाबमुलक धर्ना दिएका हुन् | गढवा गाउपालिकाले राप्ति नदीको धरमपुरको क र ख घाटमा ठेक्का लगाएको हो | लगाइएको ठेक्का जय माँ स्वर्गद्वारी निर्माण सेवा प्रालि तुलसीपुर दाङ्ग र एम एण्ड निर्माण सेवा दाङ्गलाई बाताबरणीय प्रभाव मुल्यांकन प्रतिबेदन अनुसार उत्खनन गर्न अनुमति दिएको थियो | उत्खनन समयावधि सकिन लाग्दा ठेकेदारहरु मापदण्ड बिपरित उत्खनन गर्न फेरी स...
दुध, माछा, मासुमा आत्मनिर्भर खजुरा

दुध, माछा, मासुमा आत्मनिर्भर खजुरा

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
खजुरा, २६ जेष्ठ – खजुरा गाउँपालिका स्थानीय सरकार आएदेखि विकासको गतिमा फड्को मारिरहेको पाईन्छ । हाल खजुरा गाउँपालिकाकाे कृषि क्षेत्रलाई हेर्ने हो भने त्यहाँबाट उत्पादन भएका अन्नहरु अन्य जिल्लाहरुमा बिक्री वितरण हुने गरेको खजुरा गाउँपालिकाका किसानहरु बताउँछन् ।हाल खजुरा गाउँपालिका भित्र रहेका उत्पादनशिल जमिन क्षेत्रफलको मात्र कुरा गर्दा करीब ८५ प्रतिशत जमिनमा कृषकहरुले मौसम अनुसार उत्पादन गरिरहेका छन् । खजुरा गाउँपालिका भित्र १५ प्रतिशत बाँझो रहेको जमिन समेत गाउँपालिका मार्फत विभिन्न उत्साहजनक योजनाहरुलाई कृषक माझ लगि खेती गर्न तर्फ प्रोत्साहन गर्ने कार्य भईरहेको खजुराका कृषकहरुको भनाई रहेको छ ।हाल खजुरा गाउँपालिकाका किसानहरु विभिन्न खाद्यान्न (धान, गहुँ, मकै, अरहर, मसुराे) लगायत उत्पादनतर्फ मात्र केन्द्रित नभई खाद्यय (दुध, माछा, मासु) गाई पालन, माछा पालन, खसी पालन, बंगुर पालनलगायत क्षेत्रमा...
जानकीका १,२ र ३ का २१ छात्राहरूलाई साईकल वितरण

जानकीका १,२ र ३ का २१ छात्राहरूलाई साईकल वितरण

अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
जानकी, पचपाेखरा, २६ जेष्ठ - एकता शिक्षा समाज कल्याणद्वारा आज २१ जना छात्राहरूलाई साईकल वितरण गरिएकाे छ ।जानकी गाउँपालिका वडा नं. १, २ र ३ का प्रत्येक वडाका ७ जना छात्राहरूकाे दरले २१ जना छात्राहरूलाई जानकी गाउँपालिका वडा नं. १ पचपाेखरामा एकता शिक्षा समाज कल्याण संस्थाद्वारा एक भब्य कार्यक्रमकाे आयाेजना गरि प्रमुख अतिथी गाउँपालिका उपाध्यक्ष भूमिसरा धितालकाे हातबाट आज बुधबार हस्तान्तरण गरिएकाे छ ।छात्राहरूलाई साईकल हस्तान्तरण कार्यक्रममा प्रमुख अतिथीकाे आशनबाट बाेल्दै उपाध्यक्ष धितालले भन्नुभयाे- गाउँपालिकाबाट गरिएकाे याे सानाे सहयाेगले छात्राहरूलाई पढाइ गर्न थप उर्जा प्रदान गर्नुका साथै घरदेखि विधालयसम्म पुग्न लाग्ने समयकाे समेत सदुपयाेग हुने विश्वास व्यक्त गर्नुभयाे ।यसैगरी नेकपा एमाले लुम्बिनी प्रदेश सदस्य पदम धितालले मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रमकाे उद्देश्य बारे जानकारी गराउँदै भ...
खजुरा गा.पा.लाई अनेमसंघले स्वास्थ्य सामाग्री दियो

खजुरा गा.पा.लाई अनेमसंघले स्वास्थ्य सामाग्री दियो

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २६ जेष्ठ – अखिल नेपाल महिला संघ बाँकेद्वारा कोरोना भाइरसबाट संक्रमित भएका व्यक्ति र उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री प्रदान गरिएको छ ।प्रदान गरिएका सामाग्रीहरुमा सेनिटाइजर, माक्स, पिपिइ, फेसियल, ग्लप्स लगायतका सामाग्री रहेको अनेसंघका केन्द्रिय सदस्य अछरी पोखरेलले जानकारी दिनुभयो । अनेमसंघ बाँकेले खजुरा आइसुलेसनमा बसेका व्यक्तिहरुलाई स्वास्थ्य उपचारमा सानो भएपनि सहयोग पुगोस भन्ने उद्देश्यले स्वास्थ्य सामाग्री प्रदान गरेको हो । केहि दिन अघि अनेमसंघका केन्द्रिय सचिव सुजिता शाक्यद्धारा अनेमसंघ बाँकेलाई प्रदान गरिएका स्वास्थ्य सामाग्री आज बुधबार खजुरा गाउँपालिका अन्तर्गत रहेको आइसुलेसनमा प्रदान गरिएको छ ।अनेमसंघ केन्द्रिय सचिवालय सदस्य शान्ति ढकालद्वारा खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई उक्त सामाग्री प्रदान गरिएको छ । अध...