Monday, June 29सत्यम खबर
Shadow

आर्थिक

मानवीय सहयाेगमा कशाैधन युवा मञ्च

मानवीय सहयाेगमा कशाैधन युवा मञ्च

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २५ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसले आक्रान्त बनेकाे नेपालगन्जमा सरकारद्वारा लगाईएकाे लकडाउनेले यहाँ रहेका थुप्रै सहयाेगी हातहरूले काेही भाेकभाेकै नरहुन भनी आ-आफ्नाे स्थानबाट सहयाेग गर्दै आईरहेका छन् । यिनी सहयाेगी हातहरू मध्यबाट एक हाे कशाैधन वैश्य समाज युवा मञ्च बाँके । विगत एक महिनादेखि नेपालगन्जका गरिब, असहाय न्यून आय भएकाेहरूलाई भाेकभाेकै बस्न नपराेस भनी खाधान्न लगायत सहयाेग गर्दै आईरहेकाे छ । कशौधन बैश्य समाज युवा मञ्च बाँकेले आज मंगलबार नेपालगन्जमा रहेका निलसागर सेवाश्रमलाई खाद्यान्न लगायतको सामाग्री सहयाेग गरेको छ । मञ्चले सेवाश्रममै पुगेर आवश्यक खाद्यान्न तथा खेलकुदका सामाग्री सहयोग प्रदान गरेको कशाैधन वैश्य समाज युवा मञ्चका अध्यक्ष आदित्यकुमार गुप्ताले बताउनुभयाे । मञ्चका अध्यक्ष गुप्ताले सेवाश्रमका अध्यक्ष सरिता खनाललाई प्रदानित सामाग्री हस्तान्तरण गर्नुभएको...
गैसस महासंघद्वारा एम्बुलेन्स खरीद गर्न २१ हजार सहयोग

गैसस महासंघद्वारा एम्बुलेन्स खरीद गर्न २१ हजार सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, २४ जेष्ठ – गैर सरकारी संस्था महासंघ नेपाल बाँके शाखाले एम्बुलेन्स खरिदका लागि नेपाल पत्रकार महासंघ बाँकेलाई २१ हजार सहयोग गरेको छ ।नेपाल पत्रकार महासंघ बाँके शाखाले खरिद गर्न लागेको एम्बुलेन्सका लागि गैसस महासंघ नेपालले उक्त रकम हस्तान्तरण गरेको हो । नेपाल पत्रकार महासंघ बाँके शाखाका अध्यक्ष दामोदर भण्डारीलाई गैसस महासंघ नेपाल बाँकेका अध्यक्ष नमस्कार शाह लगायतका पदाधिकारीहरुले आज सोमबार उक्त रकम हस्तान्तरण गरेका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा गैसस महासंघ नेपाल बाँके शाखाका सचिव आशिष बर्मा, कोषाध्यक्ष निर्मला सुनार, सदस्यहरु लोगबहादुर परियार र अभिराज क्षेत्रीको उपस्थिती रहेको थियो ।कोभिड १९ को सक्रमण बाँकेमा बढ्दै गएपछि गैसस महासंघ नेपाल बाँके शाखाले स्वास्थ्य सामाग्री सहयोगका लागि समन्वयकारी, संयोजनकारी भुमिका निर्वाह गर्दै आएको अध्यक्ष शाहले बताउनुभयो ।...
“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

“लकडाउनले गर्दा बैंकको ब्याजसम्म बुझाउन धौ–धौ” प्रधानाध्यापक बर्मा

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, २१ जेष्ठ – श्री माध्यमिक विद्यालय बन्जारे गाउँ जानकी गाउँपालिका वडा नं. ३ का प्रधानाध्यापक आदित्यकुमार बर्मा कृषि पेशातिर आकर्षिक हुँदै लाखौं रुपैयाँको लगानी गरी कृषि खेती गरिरहेका छन् ।कोभिड–१९ कोरोना भाईरसको नियन्त्रणका लागि विगत १ महिना २० दिनदेखि सरकारद्वारा लगाईएको लकडाउनले गर्दा उनको उक्त सपना चकनाचुर हुने अवस्थामा पुग्दा समेत सम्बन्धित कसैको आँखा पुग्न नसकेको गुनासो प्रधानाध्यापक बर्माको रहेको छ । सरकारद्वारा गरिएको लकडाउनले गर्दा नै खेतबारीमा उत्पादन भएको हरियो तरकारी समेत बजारमा नपुग्दा लगानी त डुब्यौ त्यसमाथि बैंकबाट लिएको ऋण कसरी तिर्ने र प्रत्येक महिना बुझाउने बैंक ब्याजको व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता अर्कोतिर रहेको गुनासो प्रधानाध्यापक बर्माले पोख्नुभयो । जानकी गाँउपालिका ३ बन्जारे गाँउमा बसोबास गर्दै श्री मध्यमिक बिद्यालयका प्रधानाध्यापक भएर शिक...
एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए एघार हजार

एम्बुलेन्स खरिद गर्न अन्सारीले दिए एघार हजार

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १९ जेष्ठ - नेपालगन्ज उद्योग बाणिज्य संघका पूर्व कार्यसमिति सदस्य अब्दुल वाहिद अन्सारीले नेपाल पत्रकार महासंघ बाँकेलाई एघार हजार रुपैयाँ सहयोग गर्नुभएको छ । पत्रकार महासंघ बाँकेको एम्वुलेन्स खरिद गर्ने अभियानलाई सघाउन उहाँले एघार हजार रुपैयाँ सहयोग गर्नुभएको हो । नेपालगन्जको औद्योगिक क्षेत्र भित्र रहेको हिमालय इंजीनियरिंग वर्कशॉप एंड ट्रेडर्सका सञ्चालक समेत रहनुभएका अन्सारी नेपाल पत्रकार महासंघ बाँके शाखाले सञ्चालन गरिरहेको एम्बुलेन्स खरिद सहयोगार्थ आफुले सहयोग गरेको बताउनुभयो । पत्रकार महासंघका शुभचिन्तक अन्सारीले संघको कार्यसमितिमा रहँदा पनि सहयोगी भूमिका निर्वाह गर्दै आउनुभएको थियो । उहाँले उद्योगी व्यवसायीको हकअधिकारका लागि सदैव आवाज उठाउने गरेको यहाँका उद्योगी व्यवसायी बताउँछन् ।...
विपन्न परिवारलाई खाद्यान्न सहयोग

विपन्न परिवारलाई खाद्यान्न सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, समाचार, समाज
हेमन्त राज काफलेनेपालगन्ज, १७ जेष्ठ - ऐसेम्बली अफ न्यू लाईफ मिशन चर्च गणेशपुरद्वारा अति बिपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ। धर्म भन्दा धेरै माथी मानवता भएकाले कोहि पनि भोकै सुत्नु नपरोस् भनेर सहयोग अभियान चालेको पा. दानीएल शाहीले बताएका छ्न् । जुन ठाउँमा मानिस भोकै छ्न् वा अत्यावश्यक परेका परिवारलाई आफै पुगि सहयोग गरेको उनले बताए । अहिलेसम्म कोहलपुर, नौबस्ता, बैजनाथ, नेपालगन्जका अति बिपन्न ज्यालादारीमा काम गर्ने १ सय बढी गरिब, अति विपन्न परिवारलाई राहत सहयोग गरेको जनाएका छन् । मानिसहरु रोगले मरेकै छ्न्, यो निकै दु:खद हो अझ भोकको पीडा धेरै दर्दनाक हुन्छ, त्यही भएर हाम्राे मण्डलीमा भएका साथीहरु मिलेर अति विपन्न गरिब परिवारहरूलाई सहयोग गर्न लागेका छौ र ५ सयभन्दा बढी विपन्न घर परिवारलाई सहयोग गर्ने उद्देश्य लिएको पास्टरले जनाएका छन् । उनीहरुको खादान्न सहयोगमा २० केजी चामल, २ ...
अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग

अन्जनी माता रसोईलाई बर्माद्वारा नगद सहयोग

CoVid19, अवधी, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ – बाँके जिल्लाको भेरी अस्पताल नेपालगन्जमा अन्जनी माता रसोई श्रीसुन्दरकाण्ड मित्रमण्डललाई जेष्ठ १७ सोमवार भारत लखनउ निवासी विकास शर्माले समाजसेवी माधवराम वर्मामार्फत रु. ५ हजार १ सय रुपैयाँको सहयोग गर्नु भएको छ ।नेपालगन्ज उपमहानगरपालिका तथा श्रीसुन्दरकाण्ड मित्रमण्डलद्वारा सञ्चालित अन्जनी माता रसोई भेरी अस्पताल नेपालगन्जमा कोभिड विरामी र बिरामीको आफन्त जो विरामी कुरेर बस्नुहुन्छ उहाँहरूको लागी बिहान र बेलुकाको खानाको व्यवस्थापन गरिरहेको अन्जनी माता रसोईलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी हाल भारत उत्तर प्रदेशको लखनउमा बस्दै आउनु भएको विकाश शर्माले मानव सेवा नै धर्म हो यस किसिमको पुण्य कामको लागी उहाँले नगद रू ५ हजार १ सय रुपैयाँ सहयोग गर्नुभएको छ । उहाँंले सहयोग गर्नुभएको रकम नेपालगन्ज उपमहानगरपालिका वडा नं ६ निवासी पत्रकार तथा समाजसेवी माधवराम वर्माले अन...
कोरोना कहरः उपमहानगर भित्र १ सय ३९ जनाको मृत्यु, जिम्मेवारी कसले निर्वाह गर्यो ?

कोरोना कहरः उपमहानगर भित्र १ सय ३९ जनाको मृत्यु, जिम्मेवारी कसले निर्वाह गर्यो ?

CoVid19, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १७ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसले आक्रान्त बनेको नेपालगन्ज उपमहानगरपालिका भित्र ५८ महिला र ८० पुरुष गरी जम्मा १ सय ३९ जनाको ज्यान गईसकेको तथ्यांकले देखाएको छ ।नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वडाहरुलाई मात्र जोडेर यति धेरै संख्यामा कोरोना संक्रमितहरुको मृत्यु भईसक्दा समेत थप मृत्युदर रोकथाम गर्नुको साटो राजनीतिक खिचातानीमा बाँकेका नेता तथा कार्यकर्ताहरुलाई लागेको देखिन्छ ।यही खिचातानीले गर्दा आम सर्वसाधारणहरुले पाउनु पर्ने निःशुल्क स्वास्थ्य सेवामा समेत काली बजारी भईरहेको समाचार कैयन पटक यसै सत्यमखबरमार्फत आम पाठक वर्ग कहाँ पु¥याईएको छ । फाईल फोटो नेपालगन्ज उपमहानगरपालिका भित्र रहेको तथ्यांकले देखाए अनुसार हालसम्म उपमहानगर भित्र ९ हजार २ सय ४९ जना कोरोना संक्रमित भईसकेका छन् । जसमध्ये महिला ३ हजार ९ सय ९९ जना रहेका छन् भने पुरुष ५ हजार २ सय ५० गरी जम्मा ९ हजार ...
महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग

महिला अधिकार दिवसमा सिलाईकटाई मेसिन सहयोग

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १६ जेष्ठ – नेपालगन्ज उपमहानगरपालिकाले तेश्रो राष्ट्रिय महिला अधिकार दिवस विविध कार्यक्रम सहित बनाएको छ । दिवसको अवसरमा हिमानी कोषको सहयोगमा ११ जनालाई सिलाईकटाई मेसिन उपलब्ध गराइएको छ ।नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरेको सिलाईकटाई तालिममा सहभागी मध्ये उत्कृष्ट भएका ११ जनालाई आईतबार मेसिन उपलब्ध गराइएको हो । नगर प्रमुख डा. धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर, कार्यपालिका सदस्य ईन्दिरा शाही लगायतले मेसिन हस्तान्तरण गर्नुभयो । महिलाको सुरक्षा र अधिकार, संकटकालिन व्यवस्थापन हाम्रो सरोकार भन्ने मुलनाराका साथ दिवस मनाएको छ । कोभिड संक्रमणलाई मध्यनजर गर्दै यसवर्षको दिवस मनाइएको उपप्रमुख उमा थापा मगरले जानकारी दिनुभयो । उपमहानगरपालिकाले नगरका विभिन्न ११ मुख्य चौकमा दिवसको ब्यानर राखेको छ । नेपाल प्रहरीले थप एकस्थानमा ब्यानर राखेको छ । दिवसको अवसरमा आईतबार विहान जुम प...
खजुरा गाउँपालिकालाई थापाद्वारा अस्सी हजार सहयाेग

खजुरा गाउँपालिकालाई थापाद्वारा अस्सी हजार सहयाेग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, १३ जेष्ठ - खजुरा गाउँपालिका वडा नम्बर ४ निवासी लिलबहादुर थापाले खजुरा गाउँपालिकाद्वारा सञ्चालित आइसाेलेशन सेन्टरका लागि नगद अस्सी हजार रूपैया सहयाेग गरेका छन् । लिलबहादुर थापा हाल अमेरिकामा रहेकाे हुँदा उनले आफ्नाे दिदी देउमति थापामार्फत अस्सी हजार खजुरा गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिलाई आईसाेलेशन व्यवस्थापनकाे लागि बुझाईएकाे जनाईएकाे छ । उपलब्ध गराईएकाे रकम कोरोना पीडित बिरामीका लागि आवश्यक स्वास्थ्य सामाग्री एवं ब्यवस्थापन खर्चका लागि खर्च गर्न भनी आफुले सो रकम आफ्ना स्वर्गीय बुबा गजबहादुर सिजाली र स्वर्गीय आमा कौशिलादेबि सिजालीको स्मरण स्वरुप बिपतको घडीमा आफ्नो पालिकाका जनताका लागि थोरै भएनी सहयोग होस भन्ने उद्देश्यले पठाइ दिएको कुरा वहाँको दिदी देउमति थापाले बताउनुभयाे । उक्त रकम सहयोग गरि दिन हुन पहल गरेका खजुरा गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष तिलकवीर सुनार...
योगदान राष्ट्रको लागि संस्थाद्वारा प्रहरी टेण्टमा पंखा जडान

योगदान राष्ट्रको लागि संस्थाद्वारा प्रहरी टेण्टमा पंखा जडान

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, १२ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसले आक्रान्त बनेको बाँँके जिल्लाको सदरमुकाम नेपालगन्जमा हाल सहयोगी हातहरुले देखाएका तदारुक्तालाई सराहनीय कार्य हो भनी नेपालगन्जबासीहरुलाई भन्नै पर्ने देखिन्छ ।भेरी अस्पताल प्राङ्गण भित्र सञ्चालनमा रहेको अन्जनी माता रसोई, भेरी अस्पताललाई उपलब्ध हुने सहयोग, राजकुमार रौनियारको संयोजकत्वमा रहेको फुड बैंक, पन्चसिलद्वारा सञ्चालित फुड बैंक, बासद्वारा सञ्चालित मास्क बैंक, ललित रौनियारको संयोजकत्वमा रहेको वाटर बैंकलगायत यसको उदाहरण रहेको देखिन्छ, जो सहयोगी दाताहरुको मनकारी सहयोगले सञ्चालनमा रहेको पाईन्छ । २४ सैं घण्टा सर्वसाधारणको सुरक्षामा खटिएका प्रहरीको लागि समेत बेला–बेलामा सहयोगी हातहरुले केही न केही गरिरहेका विभिन्न सञ्चार माध्यममा देखिन्छ । आज बुधबार पनि योगदान राष्ट्रको लागि संस्थाले प्रहरीहरुको योगदानको उच्च मूल्यांकन गर्दै धम्बोझी स्थित रहे...