Sunday, April 26सत्यम खबर
Shadow

हात्ती पाईले रोग निवारण औषधि सेवन गरेपछि छात्रा सिकिस्त रुपमा बिरामी

नेपालगन्ज, १९ फागुन – हात्तीपाईले रोग निवारण औषधि सेवन गरेपछि महेन्द्र नमूना उमावि कक्षा ४ पढ्ने १२ वर्षीय छात्रा शौभाग्यश्री गुप्ता सिकिस्त रुपमा बिरामी परेकी छन् ।
उनको हाल नेपालगन्ज मेडिकल कलेज टिचिङ्ग अस्पताल, नेपालगन्ज नर्सिङ्ग होममा उपचार भई रहेको बताईएको छ । फागुन १२ गते महेन्द्र नमूना उमाविमा पुगी वडा नं. ७ का स्वास्थ्य चौकीको स्वयंसेविकाहरु अभिभावकहरुसँग कुनै प्रकार स्वीकृति नलिई हात्तीपाईले रोग निवारण औषधि ५ वटा टेवलेट खान लगाएकी थिईन । औषधि सेवा गरेपछि सो छात्रालाई रिङ्गटा लाग्न शुरु भयो, केही छिन मै उच्च ज्वरो र घाँटी समेत नराम्रोसँग सुन्नियो । स्वास्थ्य स्थिति नाजुक बन्दै गएपछि छात्रा शौभाग्यश्री गुप्ताका बुवा अजयकुमार गुप्ता र आमा लिला गुप्ता उपचार गराउन डा. प्रकाश नागको क्लिनिकमा पुगि छात्राको अवस्था अत्यन्त नाजुक रहेकोले छोरीलाई अस्पतालमा भर्ना गर्न डा. प्रकाश नागले सल्लाह दिएको पारिपारिक स्रोतको भनाई रहेको छ ।हाल हात्तीपाईले औषधिबाट पीडित छात्रा शौभाग्यश्री गुप्ताको नेपालगन्ज नर्सिङ्ग होमको बेड नं. १७३ मा राखी उपचार भईरहेको छ । छात्राको उपचार गर्ने चिकित्सक डा. रोमन बोराले बान्ता र ज्वरो नियन्त्रण नभएसम्म यहाँ भर्ना राखी उपचार गराउने सल्लाह दिएकी छन् । छात्राको घाँटी धेरै सुन्निएकोले अस्पतालमा भर्ना गरिएको हो । हात्तीपाईले रोग निवारणको सो औषधि सबैले अनिवार्य रुपमा सेवन गर्नुपर्ने जिल्ला जनस्वास्थ्य कार्यालयले विभिन्न वार्डमा सञ्चालित स्वास्थ्य केन्द्रकी स्वयंसेविकाहरुबाट भईरहेको छ । जसको कारण कैयन विद्यालयमा औषधि खुवाईएको हात्तीपाईले रोग निवारण बारेको औषधि अत्यन्त कडा खालको रहेकोले स्कुल पढ्ने थुप्रै छात्रछात्रा बिरामी परेको पीडित गुप्ताको भनाई रहेको छ ।
औषधि सेवन गरेका छात्रछात्राहरु जबसम्म पूर्ण रुपमा निको हुँदैनन्, तबसम्म स्कूल पढ्न नआउनु भनिएको छ । वडा नं. ७ मा सञ्चालित श्रीचन्द्र मेवालाल हाईस्कूलको विद्यालय व्यवस्थापन पक्षले अभिभावकहरुलाई नोटिस जारी गरी तपाई अभिभावकहरु आफ्नो बच्चाहरुलाई औषधि गराउन भन्नु हुन्छ भने सो औषधि सेवन गराईने छ । औषधि खुवाउन मान्नु हुँदैन भने नखुवाउने भनेको छ । अभिभावकहरुसँग यस्तो राय मस्विरा महेन्द्र नमूना उमाविको विद्यालय व्यवस्थापन पक्ष र अभिभावक संघले नगरेकोमा विद्यालयको चौतर्फी रुपमा आलोचना भईरहेको छ ।
महेन्द्र नमूना उमाविको व्यवस्थापन समिति अत्यन्त कमजोर रहेकोले हात्तीपाईले रोग निवारण औषधि सेवन गरेको पीडितहरुलाई कुनै प्रकारको स्वास्थ्य सुविधामा सहयोग प्राप्त भएको छैन । तर यस औषधिको सेवनबाट बिरामी छात्रछात्रालाई जनस्वास्थ्य कार्यालयले औषधिमा लागेको खर्च व्यहोर्नु पर्ने मांग नेपालगन्जबासीहरुको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *