
नेपालगन्ज, १७ फागुन – नेपालगन्ज उपमहानगरपालिकाले हात्तीपाइले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सुभारम्भपछि प्रत्येक वडामा स्वास्थ्य स्वयंसेविकाहरु खटिएका छन् ।
यसैक्रममा फुल्टेक्रा वडा नं. ६ मा हात्ती पाईले रोग विरुद्धको औषधि सेवन गराउने क्रममा स्वास्थ्यकर्मी बालिकाले अवधी भाषी सामुदायमा हात्तीपाईले रोग विरुद्धको औषधि सेवनमा केही समस्याहरु देखिएको बताएकी छन् ।
स्वास्थ्यकर्मी बालिकाका अनुसार अवधी सामुदायमा औषधि सेवन गर्न गराउन कठिन भएको बताउँछन् ।
राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम २०७९ अन्तर्गत वडा नम्बर ६ को वडा स्वास्थ्य चौकीमा रहेका स्वास्थ्यकर्मीहरुद्वारा वडा भित्र रहेका प्रत्येक घर–घरमा पुगेर हात्ती पाईले रोग विरुद्धको औषधि सेवन कार्यलाई निरन्तरता दिईएको छ ।
उक्त निरन्तरता दिने कार्यमा विशेष गरी अवधी भाषी सामुदायमा औषधि खाना नमानेको जानकारी गराउँदै त्यसो भएको स्थानमा हामी हाम्रो टिमसहित पुगेर सम्झाउने र बुझाउने गरी औषधि सेवन गराउने गरेको जानकारी दिए ।
स्वास्थ्यकर्मीहरुका अनुसार दुई वर्ष उमेर नपुगेका बालबालिकाहरु, गर्भवती र सात दिनसम्मका सुत्केरी, छारे रोगको समस्या भएका व्यक्तिहरु तथा सिकिस्त बिरामीहरुले यो औषधि खानु हुँदैन । सिकिस्त बिरामीहरु भन्नाले रोगका कारण ओछ्यानमा परेका बिरामी, अस्पताल भर्ना भएका बिरामीहरु र मिर्गौला रोगको लागि डायलाइसिस जस्ता जीवनभर चिकित्सकीय उपचार सहायतामा बसेका बिरामीहरु हुन् ।
यो औषधि खाली पेटमा खानु नहुने, शरीरमा हात्तीपाइले रोगको परजीवि भएका व्यक्तिहरुमा यो औषधि सेवन गरेपछि सामान्य टाउको दुखाई, वाकवाकी लाग्ने तथा पेट दुख्ने हुन सक्ने स्वास्थ्यकर्मीहरुले बताएका छन् ।
