Saturday, April 18सत्यम खबर
Shadow

जानकी – २ मा २ महिने नि:शुल्क कम्प्युटर तालिम शुरु

जानकी, २७ पौष – बाँकेको जानकी गाउँपालिका वडा नं. २ कार्यालयको सहयोग तथा सहकार्य र एकता शिक्षा समाज कल्याण संस्था बाँकेको आयोजनामा २ नं. वडा भित्रका शिक्षित युवा तथा युवतीहरुका लागि २ महिने नि:शुल्क कम्प्युटर (बेसिक) तालिम शुरु गरेको छ ।

क्षमता अभिवृद्धिका लागि वडा भरीका इच्छुक युवा तथा युवतीहरुका लागि २ महिने ( बेसिक) कम्प्युटर तालिम बुधबारदेशि शुरु गरेको हो ।

तालिम उद्घाटन कार्यक्रमको प्रमुख अतिथि जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ताले ब्यानर पढेर उद्घाटन गरेका थिए । साथै अथितीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

रारा कम्प्युटर एजुकेशन नेपालगन्ज बाँकेको प्राविधिक सहयोगमा सञ्चालन भएको तालिम उनीहरूले कम्प्युटर आन् गर्नेदेखि फोल्डर बनाएर नेपाली र अंग्रेजी भाषामा टाइप गर्न सक्ने दक्षता बनाउने लक्ष्य रहेको छ।

तालिमको उद्घाटन कार्यक्रममा वडा अध्यक्ष गुप्ताले कम्प्युटर सम्बन्धी सामुदायिक युवाहरुको विकास, क्षमता र दक्षता अभिवृद्धिका लागि तालिमको आयोजना गरिएको बताए । वडाध्यक्ष गुप्ताले भने ‘ सीप सिकेर आत्मनिर्भर बन्न तालिम उपयोगी हुने छ।

कार्यक्रमका अतिथि वडा सदस्य अमरबहादुर मगरले तालिममा सहभागीहरुलाई ध्यान दिएर सिक्न् आग्रह गरेका छन् । उनले सिकेका कुराहरूलाई व्यवहारिक जीवनमा उतर्नुपर्नेमा समेत सहभागीहरुलाई अनुरोध गरेका छन् ।

हाल सबैका लागि अनिवार्य बनिसकेको कम्प्युटर तालिममा सहभागी हुन पाउँदा सहयोगी कार्यकर्ताहरु उत्साहित बनेका छन् । इन्स्टिच्युटका सञ्चालक एवम् प्रबन्धक प्रकाश कक्षपतिले तालिम सञ्चालन गर्ने सहयोग गर्ने वडा नं. २ तथा एकता शिक्षा समाज कल्याण संस्था बाँकेलाई विशेष धन्यवाद दिँदै तालिममा सहभागीलाई उपलब्धि मुलक सीप विकासमा लागि दत्तचित्त भएर तालिम लिन आग्रह गरे ।

तालिम उद्घाटन कार्यक्रममा जानकी गाउँपालिका वडा नं. २ का वडाध्यक्ष चन्द्रिकाप्रसाद गुप्ता, वडा सदस्यहरु अमरबहादुर मगर, तारावति खटिक, रारा कम्प्युटर एजुकेशनका प्रबन्धक प्रकाश कक्षपति, प्रिशिक्षक रामप्रसाद उपाध्याय, एकता शिक्षा समाज कल्याण संस्था बाँकेको कोषाध्यक्ष उमेशनाथ मिश्र लगायत कम्प्युटर सिक्ने विद्यार्थीहरूकाे सहभागिता रहेको थियो ।

त्यसैगरी उद्घाटन कार्यक्रमको सञ्चालन रामप्रसाद उपाध्याय तथा एकता शिक्षा समाज कल्याण संस्था बाँकेको अध्यक्ष सकिल अहमद राईले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *