
नेपालगन्ज, १४ पौष – गौरवव स्मृति तथा वि योर सेल्फ पाउण्डेशन एउटा निस्वार्थ रुपमा सञ्चालन रहेको सामाजिक संस्था हो । जसको मुख्य उद्देश्य समाजमा चेतना लगाउनुका साथ साथै कही कतै कसलाई पीडा भएको छ भने महम लगाउन तमतयार भई तदारुकताका साथमा जुट्नु । हाल यस्तै यस्तै गतिविधिले गर्दा बाँके जिल्लामा मात्र नभई अन्यत्र समेत आफ्नो पहिचान बनाउन सफल गौरव स्मृति एण्ड वि योर सेल्फ फाउण्डेशनले महिलाहरुको समस्यालाई ध्यानमा राखी नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ को अवधी भाषी बाहुल्यता रहेको स्थानमा “सेवा नै धर्म, स्वास्थ्य नै जीवन” भन्ने ध्यायका साथ महिनावारी सम्बन्धी सचेतिकरण तथा निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त महिनावारी सम्बन्धी सचेतिकरण तथा निःशुल्क सेनेटरी प्याड वितरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. २१ का वडा अध्यक्ष राजकुमार साहुले यस्तो खाले कार्यक्रमले अवधी भाषी महिला मात्र नभई सम्पूर्णलाई फाइदा पुग्ने भएको हुँदा आउने दिनहरुमा वडाले समेत त्यस्तो खाले कार्यक्रमको कार्ययोजना बनाई सञ्चालन गर्ने बताउनुभयो ।
कार्यक्रममा सहभागी एक महिलाले भनिन् – “हमारे समाजमा इ मेर बात करेम भी डर लागत है, हम लोग आज भी कपडा के प्रयोग किहा जात है, मगर इ कार्यक्रम से जाउन मेर समझावा गवा है, ऊ मेर आजबाद हम लोग स्वास्थ्यका ध्यानमा राखिके किहा जाई” भनेर बताईन ।
कार्यक्रममा वडा नं. २१ का जनस्वास्थ्य प्रमुख नन्दा सेन लगायतका महिनावारीको बारेमा स्थानिय महिला तथा किशोरीहरुलाई सचेतना गराएका थिए ।
यसैगरी सोही संस्थाबाट संस्थापक गौरव शाहको सम्झनामा पाउण्डेशनले विहिबार नै नेपालगन्ज उपमहानगरपालिका वडा नंं. २१ मा रहेको काञ्जी हाउसमा रहेका गाईहरुलाई हरियो घाँस र मैनबत्ती बालेर उनका सम्झना गरी सम्झना दिवस मनाएको थियो ।
स्र्वागिय गौरव शाहको स्मृतिमा स्थापना गरिएको गौरव स्मृति एण्ड वि योर सेल्फ फाउण्डेशनका संरक्षक तथा संस्थापक अध्यक्ष प्रदिपकुमार शाहका अनुसार स्मृतिका पानामा रहेका गौरव साहको लगाव जनावर प्रति समेत रहेको हुँदा उनको सम्झनामा काञ्जी हाउसमा रहेका गाईहरुलाई घाँस खुवाउने तथा मैनीबत्ती बालेर सम्झना दिवस मनाईएको बताए ।
सम्झना दिवसको उद्देश्य मात्र सम्झना गर्ने नरहेको हुँदा यसबाट अरुलाई आप्mना आस्थाका केन्द्र गाईहरु प्रति जिज्ञासा जागोस र आउने दिनहरुमा केही समस्या समाधान हुन सकोस भनी काञ्जी हाउसका गाईहरुको अवलोकन र यहाँ रहेका पशुहरुको हेरविचारमा अझ थप बल मिलोस कार्यक्रमका सहयोगीका रुपमा रहेको इको नेपाल फाउन्डेसनका अध्यक्ष किरण शाहले जानकारी गराउनुभयो ।
कार्यक्रममा बोल्दै गौरव स्मृति तथा वि–योर फाउन्डेशनका प्रेक्षा केसीले गौरव साहको स्मृतिमा मात्रै नभएर सबैले आफ्नोआफ्नो जन्म दिवस होस अथवा कुनै पुन्य कामको अवसरमा काञ्जी हाउसको अवलोकन तथा यस स्थानमा रहेका गाईवस्तुहरुको बारेमा जानकारी राख्नु पर्ने बताइन् ।
साथै फाउन्डेसनले गौरवको सम्झानामा नेपालगन्जको सेतु विक चोकमा समेत मैनबत्ती बालिएको थियो ।
कार्यक्रममा गौरव स्मृति तथा वि–योर फाउन्डेशनका कोषाध्यक्ष विजय कोरी, कोषाध्यक्ष शिवम साह, इको नेपाल फाउन्डेसनका सचिव सोहल शाह साथै गौरव स्मृति तथा वि–योर फाउन्डेशनका आजिवन सदस्यहरु तोजेन्द्र विक, रमन वली, मधु पौडेल, कान्ति शर्मा, अजय कोरी, राम किसन साह लगायतको उपस्थिति रहेको इको नेपाल फाउन्डेसनका सुरेश साहले जानकारी गराउनुभयो ।
