Wednesday, April 22सत्यम खबर
Shadow

बाटो निर्माणका लागि ज्ञापन पत्र

नेपालगन्ज, २४ माघ – डुडुवा गाउँपालिका बेतहनी वडा नं. २ का वडाबासीहरुले समस्याको निकास छिटोछरितो होस भनी जिल्ला प्रशासन कार्यालय बाँकेलाई ज्ञापन पत्र बुझाएका छन् ।
केही महिना अगाडी पूर्व मन्त्री मोहम्मद ईस्तियाक राईको कार्यकालमा डुडुवा गाउँपालिका वडा नं. २ को वडाबासीहरुलाई बाढीबाट राहत होस भनी ९ मिटर बाटो दुबैतर्फ नालासहित करीब ७०० मिटरको लम्बईसम्मको योजना शहरी विकास डिभिजन कार्यालयमार्फत सञ्चालन गर्ने भनिएको थियो ।
सोही योजना अन्तर्गत ठेक्कापट्टा भई कार्य समेत शुभारम्भ गरिएको थियो । तर डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीद्वारा रोक्काको पत्र पाउन साथ काम रोकिएको तथा हालसम्म पनि सञ्चालन नभएको ज्ञापनपत्र बुझाउन गएकाहरुले बताएका छन् ।
पीडित वडाबासीहरुका अनुसार यस बारे छिटो निकास होस भनी केही दिन अगाडी मात्र गाउँपालिका अध्यक्ष चौधरीलाई भेटेका थियौ । पालिका अध्यक्षले समेत काम सञ्चालन गराउन ठेकेदारलाई पालिकाबाट पत्र पठाउने भनिएपनि हालसम्म पत्र नपुगेपछि हामी बाध्य भएर आज जिल्ला प्रमुख कहाँ ज्ञापन पत्र बुझाउन आएको बताए ।
ज्ञापन पत्र बुझाउनु अगाडी सहायक प्रमुख जिल्ला अधिकारीलाई पढेर सुनाईएको थियो । ज्ञापन पत्र बुझाउने बेलामा बाँकेका प्रदेश सांसद भण्डारीलाल यादव लगायत पीडितहरुको सहभागिता रहेको थियो ।
यसैगरी शहरी विकास डिभिजन कार्यालयलाई समेत ज्ञापन पत्र बुझाईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *