वातावरण शुद्धिकरण गर्न आर्य समाजको बैद्धिक हवन
नेपालगन्ज, २६ जेष्ठ – कोभिड–१९ कोरोना भाईरसको प्रकोपलाई कम गर्न तथा देश भित्रै शान्ति स्थापनार्थ नेपालगन्ज आर्य समाजले बाँकेको सदरमुकाम नेपालगन्जको वडाहरुमा बैद्धिक हवन गरिएको छ ।यसैक्रममा मंगलबार नेपालगन्ज उपमहानगरपालिका त्रिवेणी मोडबाट शुरु गरि नगरको न्यूरोड, घरवारी टोल, धम्बोझी, बेलासपुर, शिव मन्दिर, खजुरा, खजुरा रोड, ईदगाह रोड, सोनार मण्डी, त्रिभुवन चौक हुँदै त्रिवेणी मोडमा पुगी समापन गरिएको छ ।
कोरोना भाईरसबाट आक्रान्त रहेका नेपालगन्जबासी तथा विश्व वातावरण शुद्धिकरणका लागि विगत एक महिनादेखि आर्य समाज नेपालगन्जद्वारा कोरोना महामारी विरुद्ध वातावरण शुद्धिकरण गर्न बैद्धिक हवन कार्यक्रम गरिंदै आएको बताईएको छ ।त्रिवेणी मोडबाट मंगलबार कशौधन वैश्य समाजका नन्दलाल वैश्य, वडा प्रहरीका प्रहरी उपरीक्षक, शिवदीप आर्यलगायतले हिन्दु धर्मको मान्यता अनुसार मन्त्र जाप गर्दै बैद्धिक हवन कुण्डमा हव...









