Tuesday, April 21सत्यम खबर
Shadow

हडियाबाबा आश्रमको सरसफाईमा फुल्टेक्राका युवाहरुको अग्रसरता

नेपालगन्ज, २५ श्रावण – नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ फुल्टेक्राका युवाहरुको अग्रतामा स्थानीय पर्यटक स्थल हडियाबाबा आश्रममा सरसफाईमा तिब्रता दिईएको छ ।
आज–भोलि फुल्टेक्राका युवाहरुको टीम बिहान मोर्रिङ्ग वाकको समयलाई सदुपयोग गर्दै स्थानीय हडियाबाबा आश्रममा एकजुट भई सरसफाईमा तिब्रता दिएको नव गठित समितिका अध्यक्ष मदनराज शर्माले जानकारी गराउनुभयो ।


अध्यक्ष शर्माका अनुसार स्थानीय हडियाबाबा आश्रमबाट यो शुरुवात मात्र गरेका छौं, आउने दिनमा वडा नं. ६ भित्र रहेका मठमन्दिरहरुमा समेत के–के गर्नुपर्छ हामी तयारी गरिरहेको बताउनुभयो ।
आज सोमबार सरसफाई कार्यक्रममा स्थानीय युवा मात्र सहभागि नभई वडा नं. ६ का जनप्रतिनिधिहरु समेत सहभागी भएका छन् । वडा सदस्य दिपक श्रेष्ठले आफै मन्दिर प्राङ्गणमा भएको झाड, घास आदि सफाई गरिरहेका सुरेश शर्मा न्यौपानेले बताउनुभयो ।


यसैगरी वडा प्रतिनिधि महिला सदस्य सावित्री शर्मा अधिकारीले समेत बिहानको समयलाई सदुपयोग गरी हडियाबाबा आश्रममा सरसफाईमा सहयोगी भूमिका निर्वाह गरेको सरसफाईमा सहभागी हितेश भारतीले बताउनुभयो ।

आउने दिनमा हडियाबाबा आश्रममा लागेका सम्पूर्ण रुखलाई रंगरोगन गरिने, आश्रमको गेटमा हडियाबाबा आश्रम नामाकरण लेखाईनेलगायत कार्यहरु गर्नुपर्ने जानकारी अध्यक्ष शर्माले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *