Saturday, June 27सत्यम खबर
Shadow

अपराध

चर्चमा ‘आतंकवादी हमला’, तीन जनाको हत्या

चर्चमा ‘आतंकवादी हमला’, तीन जनाको हत्या

अपराध, विदेश, समाचार
पेरिस, १३ कात्तिक – फ्रान्सको नोट्रेडाम चर्चमा आतंकवादीले तीन जनाको हत्या गरेका छन् । नाइस सहरका मेयर क्रिस्टियन एस्ट्रोसीले ट्विटरमार्फत् बिहीबार आतंकवादी हमला भएको बताएका छन् ।उनका अनुसार हमला गर्ने व्यक्तिले आक्रमण गर्दा ’अल्लाहु अक्बर’ वाक्यांश प्रयोग गरेका थिए । पक्राउ परिसकेपछि पनि उनले सो वाक्यांश दोहो¥याइरहेका थिए । चर्च भित्रै हत्या गरिएका व्यक्ति वार्डेन भएको उनले बताए । ‘चक्कु आक्रमण गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन उनीमाथि प्रहरीले गोली चलाएको थियो । उनलाई अस्पताल लगिएको छ । उनी जीवित छन्,’ एस्ट्रोसीले पत्रकारहरूसँग भनेका छन् । प्रहरीका अनुसार आक्रमणमा कयौं घाइते भएका छन् ।समाचार संस्था रोयटर्सले प्रहरी अधिकारीलाई उद्धृत गर्दै एक महिलाको घाँटी छिनालिएको समाचार लेखेको छ । एस्ट्रोसीका अनुसार बिहीबार हत्या गरिएकी महिला चर्चबाट भाग्ने प्रयासमा थिइन् ।१६ अक्टोबरमा विद्यार्थीह...
२९ लाख ४८ हजार ७ सय सहित १० जुवाडे पक्राउ

२९ लाख ४८ हजार ७ सय सहित १० जुवाडे पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १३ कार्तिक – बाँके प्रहरीले बुधबार राती नेपालगन्जबाट ठूलो राशिको रकमसहित दशजना जुवाडेलाई पक्राउ गरेको छ ।प्रहरीले गएराती नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ४, बसपार्क क्षेत्रको बर्ष ४६ को कृष्णप्रसाद वलीको घरमा जुवा खेलिरहेको अवस्थामा २९ लाख ४८ हजार ७ सय रकम सहित १० जना जुवाडेलाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी गराउनुभयो । पक्राउ पर्नेमा बाँकेका प्रतिष्ठित व्यापारी तथा व्यक्तिहरु रहेको बताइएको छ । पक्राउ पर्नेहरुमा जिल्ला बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं.४ बस्ने सन्तोष थापा, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ बस्ने मेघनाथ कुचबन्दिया, नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ बस्ने नविन घिमिरे रहेका छन् ।त्यसैगरी, नेपालगन्ज उपमहानगरपालिका वडा नं. १० बस्ने टोप बहादुर शाही, ऐ.ऐ.वडा नं. ४ बस्ने पब्लु भण्डारी, ऐ.ऐ. बस्ने तरुण गौतम, ऐ...
आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

आजबाट क्वीक रेस्पोन्स टीम परिचालन

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ४ कार्तिक – जिल्ला प्रहरी कार्यालय बाँकेले चाडपर्वको बेला विशेष सुरक्षा योजना अन्तर्गत घटना भएको ३० सेकेन्डमा घटना स्थल पुग्ने गरी ‘क्यूआरटी’ क्वीक रेस्पोन्स टीम परिचायन गरेको छ । नेपालगन्जको धम्बोझी चोक र कोहलपुरको चौराहामा बेस बनाएर क्वीक रेस्पोन्स टीम परिचालन गरिने बाँके प्रमुख एसपी ओमबहादुर रानाले बताउनुभयो । घटना भएको थाहा पाएको ३० सेकेन्ड मै मूभ हुने गरी धम्बोझी चोकमा १२ वटा मोटरसाईकल र एउटा भ्यान स्टेण्डवाई राखिएको बताउनुभयो । प्रहरी प्रमुख एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाईकल यसरी स्टेण्डवाई राखिएको छ ।‘घटना भएको थाहा पाएको ३० सेकेण्डमा मोटरसाइकल मूभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मूभ हुन्छ,’ एसपी रानाले भन्नुभयो–, ‘धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्दार गर्नका लागि राखिएको छ ।’ बाँके प्रहरीले चाडपर्व लक्षित विभिन्न योजनाहरु सार्वजनिक...
गौ माताको दुर्दशा !

गौ माताको दुर्दशा !

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अजयकुमार गुप्तानेपालगन्ज, २ कार्तिक – नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ बुलबुलिया गाउँमा गौ माताको दुर्दशा गरिएको छ । बुलबुलिया गाउँमा करीब ९ दिनदेखि एक गौमाता अस्वस्थ्य रही बेवारिसे अवस्थामा खाल्डोमा परी जीवन मृत्युसँग संघर्ष गरिरहेकी छिन् । उक्त गौमाता बुलबुलिया गाउँ बस्ने एक जना जाकिर खाँ नामको व्यक्तिको रहेको बुझिएको छ । गर्भावस्थामा रहेकी उक्त गौमाताको पछाडिको बायाँ खुट्टा भाँचिएको अवस्थामा छ । गौमाता शारीरिक रुपमा अस्वास्थ्य बने पनि गाईको मालिक जाकिर खाँले उनीलाई घर निकासा गरेका छन् । सो गौमाता २ दिन अगाडी सम्म किशुनलाल यादवको चिसा पसलको छेउमा परेकी थिईन अहिले गौमाता बुलबुलिया स्थित तरकारी मण्डीको नजिक रहेको खाल्डोमा परेकी छिन् । गौमाता जीवन मृत्यु सँग संघर्ष गरिरहेकी छिन् । यसको जानकारी वडा नं. १३ का वडाअध्यक्ष वीरेन्द्र शाह र वडा सदस्य सत्यनारायण यादवसम्म लाई छ तर गौम...
बाँके प्रहरीको विशेष सुरक्षा योजना

बाँके प्रहरीको विशेष सुरक्षा योजना

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २५ असोज – जिल्ला प्रहरी कार्यालय बाँकेले आउँदै गरेको विजयादशमी, तिहार, छठ पर्वलाई लक्षित गरी विशेष सुरक्षा योजना सार्वजनिक गरेको छ ।जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालीहरुको ठूलो पर्वको रुपमा मनाईने विजयादशमी, तिहार, छठ जस्तो पर्वलाई लक्षित गरी बाँके जिल्ला भित्र हुन सक्ने अपराध र अपराधिक घटना लगायतलाई न्यूनीकरण तथा नियन्त्रण गर्नका लागि विशेष सुरक्षा योजना ल्याएको बाँके प्रमुख प्रमुख ओमबहादुर रानाले बताउनुभयो । आईतबार जिल्ला प्रहरी कार्यालयको प्राङणमा पत्रकार सम्मेलनको आयोजना गरी बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक रानाले १४ बुँदे विशेष सुरक्षा योजना सार्वजनिक गरेका छन् ।पिकेट, हाइवे चेकिङ, एम्बुस चेकिङ, डग स्न्यापिङ, विशेष टोली (सादा पोशाक), सरप्राइज चेकिङ, मोबाइल गस्ती, पैदल गस्ती, सिसिटिभी निगरानी, स्कटिङ, काउन्टर पार्ट्स, क्विक रिस्पोन्स टिम, भिग्रस चेकिङ र कमान्ड प...
एसपी रानाको सक्रियतामा धमाधम अपराधी पक्राउ गर्दै, दुई महिनापछि अपहरित बालिकाको उद्दार

एसपी रानाको सक्रियतामा धमाधम अपराधी पक्राउ गर्दै, दुई महिनापछि अपहरित बालिकाको उद्दार

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ असोज – विभिन्न अपराधमा घटनामा संलग्न भएकाहरुलाई बाँके प्रहरीले पक्राउ गरेको छ । आज बुधबार पत्रकार सम्मेलनको आयोजना गरी एसपी ओमबहादुर रानाले पक्राउ व्यक्तिहरुको बारेमा जानकारी गराउनुभयो । उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेहरुमा बालिका अपहरण गर्नेदेखि जंगली जनावर मार्नेसम्मका छन् । यसैगरी, दुई महिनादेखि अपहरित बालिकाको प्रहरीले उद्दार गरेको छ । ती बालिका अपहरणमा संलग्न बर्दिया बढैयाताल गाउँपालिका–७ का २१ बर्षीय मुकेश यादव, ५५ बर्षीय हरिराम अहिर र बढैयाताल–७ का ३५ बर्षीय अगलेश यादवलाई पक्राउ गरिएको छ ।अगलेश यादव समेतका ब्यक्तिहरु घरमा आई पीडित नाबालिकालाई डर त्रास देखाई अपहरण गरी भारत उत्तर प्रदेश, जिल्ला गौतम बुद्धनगर, थाना बादलपुर, दुजानामा बन्धक बनाई राखेको खुलेको छ । बाँके प्रहरीबाट प्रहरी निरक्षिक हृदेशकुमार सापकोटाको टोलीले भारतीय प्रहर...
मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

मन्दिर परिसरको जमिन खोस्ने प्रयासमा वडाध्यक्ष जुम्मन खाँ !

अपराध, प्रदेश ५, राजनीति, समाचार, समाज
नेपालगन्ज, १९ असोज – नेपालगन्ज उपमहानगरपालिका ७ नं. वडामा यतिखेर साम्प्रदायिक सौहार्द बिगार्नमा स्वयं वडाध्यक्ष नै सक्रिय रहेको देखिन्छन् ।७ नं. वडाको प्रगतिशील मार्गमा ऐतिहासिक भगवान तलाउ रहेको थियो । यो तलाउको पूर्वपट्टि २०४४ सालमा स्व. रामलाल पोरवाल, स्व. राम गोपाल पोरवालको स्मृतिमा सुन चाँदी व्यवसायी साँवली पोरवाल, राधेश्याम पोरवालले राम जानकी मन्दिरको निर्माण गराएका थिए । उत्तरपट्टिमा मन्दिरको परिसर छ । यहाँ दशकौंदेखि हिन्दुजनहरु फागू पूर्णिमा (होली)मा होलिका दहन, तिज व्रतमा विविध कार्यक्रमको आयोजना त्यस्तै बडादशैंमा दुर्गा प्रतिमा स्थापना गरी नवरात्रि पर्वसम्म दुर्गा स्तृति कार्यक्रमको आयोजना गर्दै आएका छन् । अहिले हिन्दु आस्थाको यस जमिनमाथि ७ नं. वडाका वडाध्यक्ष जुम्मन खाँको कुदृष्टि परेको छ ।नपढे लेखेका निरक्षर वडाध्यक्ष खाँले पहिले ऐतिहासिक भगवान तलाउको अस्तित्व समाप्त पार्...
बर्फानी बाबाद्वारा १३ जना आक्रमणकारी विरुद्ध किटानी जहिरी दर्ता

बर्फानी बाबाद्वारा १३ जना आक्रमणकारी विरुद्ध किटानी जहिरी दर्ता

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १९ असोज – बाँकेको नरैनापुर गाउँपालिका–४ उत्तमपुरको पहाडको चुचुरोमा रहेको वर्ष ८८ का केशव गिरी बाबा बर्फानीको मन्दिर र गौशालामा ०७७ भाद्र ३० गतेको दिन राती करीब ११ः३० बजेको समयमा अल्पसंख्यक समुदायका दर्जनौं व्यक्तिले बर्फानी बाबालाई ज्यानले नै मारी दिने उद्देश्यले सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट बर्फानी बाबाको टाउकोमा गहिरो चोट पटक लागेको थियो, उपचार गर्ने क्रममा बाबाको टाउकोमा करीब १७ वटा टाँका लगाइएको थियो । अहिले आफूमाथि अल्पसंख्यक वर्गका दर्जनौं व्यक्तिले आक्रमण गरी ज्यानले नै मारी दिने प्रयास गरेको भन्दै बर्फानी बाबा श्री १००८ केशव गिरी महाराजले प्रहरीमा किटानी उजुरी दर्ता गराएका छन् । जाहेरी पत्रमा उल्लेख छ कि, प्रहरी चौकी कार्यालय भगवानपुर, बाँकेमा २०७७ असोज ४ मा घटना अनुसन्धान गरी पाउँ भनी निवेदन दिएको हाल पत्ता लगाउँदा निज अन्यायीहरुले नै म जाहेरवालालाई ज्या...
दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव

दलित युवतीको सामुहिक बलात्कार, प्रहरीले रातारात जलाइदियो शव

अपराध, विदेश, समाचार, समाज
नयाँदिल्ली, १६ असोज – भारतमा प्रमुख प्रतिपक्षी कांग्रेस आईका नेता राहुल गान्धीलाई बिहीबार दिउँसो उत्तर प्रदेश प्रहरीले धक्कामुक्का ग¥यो ।हाथरस सामुहिक बलात्कारकी पीडित युवतीको परिवार भेट्न जान लागेका राहुल र उनकी बहिनी तथा कांग्रेसकी युपी नेतृ प्रियंका गान्धीको टोलीलाई प्रहरीले रोकेको थियो ।प्रहरीले गाडी रोकेपछि उनीहरू पैदलै हिँड्न थालेपछि प्रहरीले रोक्न खोजेको थियो । सोही क्रममा राहुलमाथि हातपात भएको हो । प्रहरीले धकेल्दा राहुल भुइँमा लडेका थिए । उनलाई प्रहरीले अहिले हिरासतमा लिएको छ । सामुहिक बलात्कारमा परेकी युवतीको शव जलाउँदै प्रहरी । हाथरसमा के भएको थियो ?उत्तर प्रदेशको हाथरसमा गत सेप्टेम्बर १४ मा २० वर्षीया दलित युवती घाँस काट्न गएकी थिइन् । धेरै समयसम्म उनी नफर्किएपछि आमाले खोजी गरेकी थिइन् । उनले छोरीलाई बोलाइन्, बेस्सरी चिच्याइन् ।एकछिन पछि बारीमा उनी विक्षिप्त अवस्थामा भेटि...
ड्रग्स केशमा नायक शाहरुख खानदेखि रणबीर कपूरसम्मको नाम जोडिंदै

ड्रग्स केशमा नायक शाहरुख खानदेखि रणबीर कपूरसम्मको नाम जोडिंदै

अपराध, विदेश, समाचार, समाज
नेपालगन्ज, १५ असोज – विगत ३ महिना अगाडी छिमेकी राष्ट्र भारतको बिहार प्रदेशका नायक सुशान्तसिंह राजपूतको ‘हत्या वा आत्महत्या’ घटनाको अनुसन्धानको क्रममा प्रहरीले ड्राग्स कनेक्सनको एंगलबाट घटनालाई अनुसन्धान गरिरहेको छ । सुशान्तसिंह राजपूतको प्रेमिका मानिएकी रिया चक्रवर्तीलाई २४ दिन अगाडी प्रहरीले पक्राउ गरी अनुसन्धानको थालनी गरेपछि हाल बलिउडका दिग्गज कलाकारहरु पनि त्यसमा जोडिंदै गएका छन् । बलिउडमा पहिलो पटक नायकहरु पनि जोडिएका छन् । नायकहरुको नाम आएको पहिलो पटक हो । यो घटनामा शाहरुख खान लगायत चार जना बलिउड नायकहरुको नाम एकैपटक जोडिएको छ । नाम जोडिने बलिउड नायकहरुमा शाहरुख खान, रणबीर कपूर, अर्जुन रामपाल र डिनो मोरिया रहेका छन् । दैनिक भाष्करले एनसीबीका अधिकारीको श्रोतलाई उदृत गर्दै जनाए अनुसार अर्जुन रामपालले शाहरुख खानलाई ड्रग्स सप्लाई गर्ने काम गर्दै आएका थिए । यसअघि बलिउ...