Saturday, June 27सत्यम खबर
Shadow

अपराध

३० किलो गाँजासहित धनीराम यादव नियन्त्रणमा

३० किलो गाँजासहित धनीराम यादव नियन्त्रणमा

अपराध, प्रदेश ५, समाचार, समाज
नरैनापुर, १८ मंसिर – बाँकेको नरैनापुर गाउँपालिका वडा नं. ४ जयरामपुरुवा स्थिति धनीराम यादवको घरबाट ठूलो मात्रामा ३० किलो गाँजा बरामद गरिएको छ ।गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भोजभगवानपुरबाट खटिएको प्रहरी टोलीले यादवको घरको खानतलासी गर्दा ३० किलो गाँजा ५ बोरामा बरामद भएको इलाका प्रहरी कार्यालय प्रमुख बसन्त गौतमले जानकारी गराउनुभयो । Man in handcuffs यादवले घरमै गोदाम बनाएर गाँजा राखि कारोबार गर्दै आएको स्रोतको दावी रहेको छ ।बारोमा प्याक गरेर राखिएको गाँजालाई प्रहरीले नियन्त्रणमा लिंंदै तौल गर्दा ३० किलो रहेको र यादवलाई नियन्त्रणमा लिई म्याद थप गरी आवश्यक कारवाहीको प्रक्रिया अघि बढाईएको इलाका प्रहरी प्रमुख गौतमले बताउनुभयो ।...
लोक सेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

लोक सेवाले लिएको नेपाली सेनाको लिखित परीक्षा दिने नक्कली परीक्षार्थी पक्राउ

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
धनगढी, १५ मंसिर १५– कञ्चनपुरमा एक नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले लोक सेवा आयोगले लिँदै गरेको नेपाली सेनाको सैन्य दर्जाको परीक्षामा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेका एक व्यक्तिलाई नियन्त्रणमा लिएको हो ।कञ्चनपुर भीमदत्त नगरपालिका वडा नम्बर ४ मा रहेको कञ्चन विद्या मन्दिर परीक्षा केन्द्रमा अर्कै व्यक्तिको नाममा परीक्षा दिइरहेको आरोपमा डोटी सायल गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय सुमन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मुकेश भण्डारी र सुमन खड्का उनले बझाङ दुर्गाथली गाउँपालिका वडा नम्बर ४ का २२ वर्षिय मुकेश भण्डारीको नाममा परीक्षा दिइरहेकोले पक्राउ गरिएको प्रहरीले जनाएको छ ।प्रहरीले वास्तविक परीक्षार्थी भण्डारीलाई पनि नियन्त्रणमा लिइसकेको छ ।‘अर्काको परीक्षा दिने र दिन लगाउने दुवैलाई कानुनअनुसार कारवाही हुन्छ । हामी थप अनुसन्धान गर्दैछौं,’...
सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सिद्धबाबालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

अपराध, समाचार, समाज
काठमाण्डौ, १५ मंसिर – .सर्वोच्च अदालतले बलात्कार आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेको छ ।न्यायाधीश डा. आनन्दमोहन भट्टराई र प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले शुक्रबार जारी गरेको आदेशमा तथ्य र प्रमाणका आधारमा निर्दोष नदेखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको हो । सिद्धबाबा भनिने कृष्णबहादुर गिरी । आदेशमा भनिएको छ, ’मिसिल हेर्दा पीडितको किटानी जाहेरीको अतिरिक्त निजले मौकामा गरेको कागज, वरदात भएको भनिएको समय, त्यसको अघिपछि पीडित प्रतिवादीको आश्रममै रहेको तथ्य, पीडित र प्रतिवादीबीच भएको मोबाइलको मेसेजबाट देखिएको सामिप्यता, अडियो मेसेजको प्रमाणिकता प्राविधिक जाँचबाट पुष्टि भएको अवस्थालगायत तत्काल प्राप्त प्रमाणको आधारमा निज अहिले नै निर्दोष रहेछन् भन्न सकिएन ।’आफ्नै शिष्यलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत सुनसर...
अवैध बल्बसहित ३ जना प्रहरी नियन्त्रणमा

अवैध बल्बसहित ३ जना प्रहरी नियन्त्रणमा

अपराध, प्रदेश ५, समाचार
नेपालगन्ज, ७ मंसिर – जिल्ला प्रहरी कार्यालय बाँकेले अबैध रुपमा नेपाल भिœयाउँदै गरिएको अवस्थामा ठुलो परिमाणमा विद्युतीय बल्ब नियन्त्रणमा लिएको छ ।शनिबार बेलुका ७ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुर (ईतराम बाबाको मन्दिर नजिक) मा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको २०० वाडको ६० कार्टुन (३००० पिस) साधारण विद्युतीय बल्ब नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । गस्तीमा खटीएको प्रहरी टोलीले अवैध बल्बसहित नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ जयसपुर बस्ने १७ वर्षिय दिनेश वर्मा, सोही ठाउ“का १७ वर्षिय अनिलकुमार गोडिया र मोबिन कबडियालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।...
प्रहरी हिरासतमा बालक हत्या तथा अपहरण मुद्दाका अभियुक्त मृत फेला

प्रहरी हिरासतमा बालक हत्या तथा अपहरण मुद्दाका अभियुक्त मृत फेला

अपराध, प्रदेश ५, समाचार
नेपालगन्ज, ५ मंसिर – जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा बिहीबार राती बालक हत्या तथा अपहरण काण्डका एकजना अभियुक्त व्यक्ति झुण्डीएको अवस्थामा मृत फेला परेका छन् ।बाँकेको वनकट्टीमा भएको बालक अपहरण तथा हत्या काण्ड मध्येका एक अभियुक्त बावुलाल रैदासले जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासत कक्षको शौचालयमा झुण्डीएर मुत्यु भएको अवस्थामा शुक्रवार बिहान भेट्टिएका छन् । बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले बालक अपहरण तथा हत्या काण्डका अभियुक्त रैदास प्रहरीको हिरासत कक्षको शौचालयको झ्यालको डण्डीमा टाउकोमा बाँधेको कपडाको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको बताए । उनका अनुसार रैदासमाथि अभद्र तथा कर्तव्य ज्यान मुद्दामा समेत अदालतबाट म्याद थपेर अनुसन्धान भैरहेको थियो ।शुक्रबार बिहानै हिरासत कक्षको शौचालयमा झुण्डीएको अवस्थामा रैदास फेला परेपछी हिरासत कक्षमा सँ...
भेरी गेष्ट हाउसबाट ७ किलो अफिम सहित २ जना पक्राउ

भेरी गेष्ट हाउसबाट ७ किलो अफिम सहित २ जना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २६ कार्तिक – बाँके प्रहरीले दुई जनालाई ठुलो परिमाणमा अफिम पक्राउ गरेको जनाएको छ । मंगलबार बेलुका ५ बजेको समयमा कोहलपुर नगरपालिका २ बसपार्कको भेरी गेष्ट हाउसबाट ७ किलो अफिमसहित जाजरकोट नलगाढ नगरपालिका–९ का ४५ वर्षिय जयबहादुर सिंह र सोही ठाँउका ३३ वर्षिय बिरेन्द्रमान सिंह पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।लागु औषध अफिमको कारोबार भईरहेको सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगन्ज तथा जिल्ला कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भेरी गेष्ट हाउसको १०५ नम्बर कोठामा छापा मारेको थियो । सोही कोठामा रहेका दुईजनालाई खानतलासी गर्ने क्रममा उनीहरुको साथमा रहेको कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ७ किलो अफिम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारवाही...
५ लाख बराबर अवैध पटाका बरामद

५ लाख बराबर अवैध पटाका बरामद

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, २१ कार्तिक – बा“के प्रहरीले ठुलो मात्रामा पटाका बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले शुक्रबार पत्रकार सम्मेलनमार्फत ५ लाख मूल्य बराबरको अवैध पटका सार्वजनिक गरेको छ ।तिहार नजिकिएसँगै भारतबाट पटका ल्याउने क्रम पनि बढेको छ । बाँकेका प्रमुख एसपी ओमबहादुर रानाले नौ पेटी पटाका बरामद गरेको बताउनुभयो । प्रहरीका अनुसार जमुनाहा भएर मोटरसाईकलमा पटाका ल्याइएको थियो ।त्यस्तै दश किलो चार सय ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको जनाएको छ ।लागु औषध नियन्त्रण व्यूरोको टोलीले बाँकेको खजुरा गाउँपालिका वडा नं–८ को सनौलो टोलबाट अफिमसहित तिलकबहादुरा शाही पक्राउ परेका छन् ।...
मृत फेला परे गैँडाको माउ र बच्चा

मृत फेला परे गैँडाको माउ र बच्चा

अपराध, समाचार
नवलपुर, २० कार्तिक – चितवन राष्ट्रिय निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको माउ र बच्चा मृत फेला परेका छन् । निकुञ्जको लौखानी भन्ने स्थानमा गैँडाको माउ र बच्चा मृत अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत अशोक रामले जानकारी दिए ।निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको टोलीले गस्ती गर्ने क्रममा बुधबार दिउँसो गैँडाको माउ र बच्चा मृत फेला पारेको उनले बताए । मृत पोथी गैँडाको खाग नभेटिएका कारण तस्करले मारेको हुनसक्ने आशङ्का गरिएको सूचना अधिकारी रामको भनाइ छ । उनका अनुसार गएको भदौमा मृतावस्थामा भेटिएको गैँडा र बुधबार मृतावस्थामा भेटिएको गैँडाको मृत्युको प्रकृति एउटै छ ।यस आर्थिक वर्षमा मात्रै चितवनमा ११ वटा गैँडाको मृत्यु भइसकेको छ । नौ वटा गैँडा कालगतिले मरेका निकुञ्जले जनाएको छ । सन् २०१५ को गैँडा गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जका ६०५ सहित नेपालमा ६४५ वटा गैँ...
चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

चालिस लाख नगदसहित ३ जना प्रहरी फन्दामा

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १८ कार्तिक – बहुमूल्य नागमणि छ भन्दै एक करोड ८९ लाख ५० हजार ठगी गर्ने तीन जनालाई बाँके प्रहरीले पक्राउ गरेको छ ।दाङ घोराही उपमहानगरपालिका वडा नं. १७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैया ठगेका थिए । बाँके प्रहरीको टोलीले यी तीन जनालाई नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ बाट चालिस लाख रुपैयासहित नियन्त्रणमा लिएको छ । बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाका अनुसार, तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने, घरमा लक्ष्मीको बास हुने, परिवारका सदस्यको आयु लामो हुने, घरपरिवारमा सुखशान्ति, सम्बृद्धि हुने भन्दै प्रलोभनमा पारेका थिए ।यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म...
रेड पाण्डाको छालासहित ४ जना पक्राउ

रेड पाण्डाको छालासहित ४ जना पक्राउ

अपराध, प्रदेश ५, समाचार
नेपालगन्ज, १८ कार्तिक – जिल्ला प्रहरी कार्यालले दुर्लभ वन्यजन्तु रेड पाण्डा (रातो हाब्रे) को छालासहित चार जनालाई आज पक्राउ गरेको छ । कोहलपुरस्थित न्यू राप्ती गेष्टहाउसबाट बिहान करिब साढे १० बजेतिर रेडपाण्डाको छालासहित अभियुक्तलाई नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुभाष खड्काका अनुसार होटलमा रेडपाण्डाको छालाको मोलमोलाइ भइरहेको सूचनाका आधारमा ग्राहक बनेर सादा पोशाकमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा लालबहादुर नेपाली, गणेश नेपाली, उमेशबहादुर थापा र दिनेश कार्की छन् .यसअघि गत भदौ २८ गते बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली घरबासबाट रेडपाण्डाको छालासहित चार जनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरेको थियो ।...