Saturday, June 27सत्यम खबर
Shadow

अपराध

फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक

फेरि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा, औषधि व्यवस्था विभागले लगायो विक्री वितरणमा रोक

अपराध, आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १२ असोज – स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत औषधि व्यवस्था विभागले विषाक्त रसायन मिश्रित ह्यान्ड सेनिटाइजर विक्री वितरणमा रोक लगाएको छ ।राष्ट्रिय औषधि प्रयोगशालामा गरिएको सेनिटाइजरको नमूना परीक्षणमा विषाक्त रसायन मेथानल मिश्रण गरेको भेटिएकोले मानव स्वास्थ्यमा हानी पु¥याउने भन्दै विभागले त्यस्ता सेनिटाइजर प्रयोग नगर्न भनेको हो । गोरखापत्रमा सोमबार सूचना निकालेर विभागले विषाक्त रसायन मेथानल समावेश भएको तथा मापदण्ड विपरीतका समिश्रण सेनिटाइजरमा पाइएकोले त्यसले मानव स्वास्थ्यमा गम्भीर नकारात्मक असर पार्ने उल्लेख गरेको छ ।त्यस्ता सेनिटाइजर सर्वसाधारणहरूले प्रयोग नगर्न, नगराउनु हुन र त्यस्ता सेनिटाइजरहरूको उत्पादन तथा विक्री वितरण अविलम्ब रोक्का राख्नसमेत विभागले आग्रह गरेको छ ।यसअघि पनि मापदण्ड विपरीतका सेनिटाइजर बजारमा आएपछि विभागले विक्री वितरणमा रोक लगाएको थियो ।कोरोन...
धमाधम लागुऔषध सम्बन्धी अनुसन्धानमा तानिदैं बलिवुडका चर्चित नायिकाहरू ! यस्तो छ वास्तविकता

धमाधम लागुऔषध सम्बन्धी अनुसन्धानमा तानिदैं बलिवुडका चर्चित नायिकाहरू ! यस्तो छ वास्तविकता

अपराध, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
अभिनेता सुशान्त सिंह राजपुतको रहस्यमय मृत्युभारत, १२ असोज – दीपिका पादुकोण बलिवुडकी सबभन्दा धेरै पारिश्रमिक पाउने कलाकार मध्ये एक हुन् । बलिवुडकी चर्चित अभिनेत्री दीपिका पादुकोणसँग भारतको नार्कोटिक्स बोर्डले सोधपुछ गरेको छ । गत जुन महिनामा मृत्यु भएका चर्चित अभिनेता सुशान्त सिंह राजपूतको मृत्युको अनुसन्धान भइरहँदा त्यसैसँग सम्बन्धित भएर पादुकोणमाथि शनिवार बोर्डले सोधपुछ गरेको हो । उक्त मुद्दामा बोर्डले दीपिका र अन्य तीन अभिनेत्रीसहित जम्मा ६ जनालाई बयानका लागि बोलाइसकेको छ। यसै महिनाको सुरुमा राजपूतकी केटी साथी र प्रेमिका रिया चक्रवर्तीलाई पक्राउ गरिएको थियो । उनीमाथि राजपूतका लागि लागुऔषध खरिद गरिदिने गरेको आरोप छ जुन उनले अस्वीकार गर्दै आएकी छन् । राजपूतको मृत्यु बारेका समाचार भारतीय सञ्चारमाध्यममा व्यापक रुपमा आएका छन् र घटना बारे थुप्रै खालका अनुमानहरू गरिएका छन् । नार्कोटिक्स क...
विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएपछि प्रमुखसहित ३ जना फरार

विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएपछि प्रमुखसहित ३ जना फरार

अपराध, आर्थिक, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काभ्रेपलाञ्चोक, १० असोज – ठगीको उजुरी परेपछि बनेपा नगरपालिका बुडोलस्थित काभ्रे बहुमुखी क्याम्पसका प्रमुखसहित तीन जना फरार भएका छन् । उनीहरू विरूद्ध साता दिन अघि विद्यार्थी र अभिभावकले ठगीको उजुरी दिएका थिए ।गत शैक्षिक सत्रमा कक्षा ११ र १२ मा अध्ययनरत कम्प्यूटर इन्जिनियरिङ संकायमा भर्ना भएका विद्यार्थी तथा उनका अभिभावकले क्याम्पसबाट आफूहरु ठगिएको जनाउँदै बिगो दाबीसहित यही असोज १ गते मुद्दा दर्ता गरेका हुन् । इलाका प्रहरी कार्यालय बनेपाले यही असोज २ गते क्याम्पस प्रमुख के जी बैदार, व्यवस्थापन समितिका अध्यक्ष लम्बोदर कायस्थ र व्यवस्थापन समिति सदस्य कृपेन्द्र श्रेष्ठविरुद्ध पक्राउ पूर्जीसमेत जारी गरेको छ ।‘पक्राउ पुर्जी जारी भएपछि फरार तीन जनाको खोजी भइरहेको छ’, इप्रका बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिनाले भने ।उनका अनुसार अनुसन्धानका लागि जिल्ला अदालतबाट तीनै जनाको नाममा पक्राउ...
बर्फानी बाबामाथिको घटनाप्रति संघ संगठनहरुद्वारा ज्ञापन–पत्र

बर्फानी बाबामाथिको घटनाप्रति संघ संगठनहरुद्वारा ज्ञापन–पत्र

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – नरैनापुर गाउँपालिका वडा नं–३ बाँके जिल्ला स्थित बाबा बर्फानी मन्दिरका बाबा बर्फानीमाथि भएको सांघतिक हमलाप्रति हिन्दूवादी संघ, संस्थाहरुले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । बुधबार हिन्दुवादी संघ, संगठनले घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्रमा नेपालमा साधु सन्तसहित सर्वसाधारण समेत सुरक्षित नरहनु दुभाग्र्यपूर्ण भएको उल्लेख गरिएको छ । हिन्दु धर्मालम्बीहरुको आस्थासँग जोडिएको मर्ममाथि भएको आक्रमणले सम्पूर्ण हिन्दु समाज मर्माहित भएको भन्दै घट्नाको घोर निन्दा गर्दै उक्त घट्नामा संलग्न व्यक्तिहरुलाई यथाशिघ्र कानूनको घठघरामा ल्याई प्रशासनमार्फत सार्वजनिक गर्न माग गरिएको छ । साथै बाबा बर्फानीको सुरक्षा व्यवस्था मिलाउन माग गर्दै निरन्त...
कोरेक्ससहित दुई जना पक्राउ

कोरेक्ससहित दुई जना पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ७ असोज – बाँके प्रहरीले अबैध लागुऔषध कोरेक्स र सुर्तिजन्य पदार्थसहित २ जनालार्ई नियन्त्रणमा लिएको जनाएको छ । मंगलबार बेलुका डुडुवा गाँउपालिका ५ मिलनचोक स्थित ईलाका प्रहरी कार्यालय बनकट्टी (क) बाँकेबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा अबैध लागुऔषध सहित २ जनालाई नियन्त्रणमा लिएको हो ।पक्राउ पर्नेहरुमा नेपालगन्ज उपमहानगरपालिका १८ लग्दहवा बस्ने ३२ वर्षिय पप्पु बेहना र सोही ठाँउका ३५ वर्षिय जिलेदार हरीजन रहेको प्रहरीले जनाएको छ ।प्रहरीले उनीहरुको साथबाट २८ सि.सी. कोरेक्स, ५ पोका सुपर पावर सुर्ति र ५ पोका बिडी बरामद गरेको हो । पक्राउ परेको दुबै जना बिरुद्ध थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।...
सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्याः दुई मुख्य आरोपी पक्राउ

सप्तरीमा सामूहिक बलात्कारपछि आत्महत्याः दुई मुख्य आरोपी पक्राउ

अपराध, शिक्षा/स्वास्थ्य, समाचार, समाज
सप्तरी, २ आश्विन – सप्तरी डाक्नेश्वरी–७ की संगीता मण्डललाई बलात्कार गर्ने चार जनामध्ये दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । रञ्जित भनिने १८ वर्षीय सरोजकुमार मण्डल र बब्लु भनिने १९ वर्षीय सुमनकुमार मण्डललाई प्रहरीले बिहीबार राति पक्राउ गरेको हो । उनीहरू बलात्कारका मुख्य आरोपी हुन् । अन्य दुई जना अझै फरार रहेको सप्तरी प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले बताए । दुवै जनालाई सप्तरीको बलान–बिहुल गाउँपालिका–४ बाट पक्राउ गरिएको भारतीले बताए । घरदेखि पाँच सय मिटर टाढा खेतमा संगीतामाथि सोमबार सामूहिक बलात्कार भएको थियो । बलात्कार भए पनि न्याय नपाएपछि उनले त्यही दिन राति घरमै आत्महत्या गरेकी थिइन् । पञ्चायती गराएर जनहीँ २५–२५ हजार रुपैयाँ तिराउने फैसला गाउँलेले गरेपछि उनले आत्महत्या गरेकी थिइन् । पञ्चायती गराउने तीन जनालाई यसअघि नै प्रहरीले पक्राउ गरेको थियो । बिही...
न्यायको प्रतिक्षामा सांघातिक आक्रमणका पीडित सागर विक

न्यायको प्रतिक्षामा सांघातिक आक्रमणका पीडित सागर विक

अपराध, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
खजुरा, २ आश्विन – बाँकेको खजुरा स्थित ए गाउँ बस्ने १९ वर्षिय सागर वि क माथि साउन ८ गते साँझ ५ बजे सांघातिक आक्रमण भएको थियो । दलित सागर माथि आक्रमण गर्नेलाई बाँके प्रहरीले पक्राउ गर्न नसकेको हुनाले पीडित परिवारको सुरक्षा निकायप्रति बिश्वासको दुरि कम हुँदै गएको बताउनुभएको छ । पीडित सागर विक र उनका आमा चन्द्रदेवी विक प्रेस मिटमा पीडा बताउँदै । तस्वीरः सत्यम खबर बुधबार खजुराको ए गाउँस्थित आफ्नै घरमा पत्रकार सम्मेलन गर्दै पीडित परिवारले गुनासो व्यक्त गरेका छन् । खजुरामा दलित सागर माथी सांघातिक आक्रमण भयो । पीडितले किटानी जाहेरी दिंदा पनि सुरक्षा निकाय मौन बसेको छ ।पत्रकार सम्मेलनमा बोल्दै सागरकी आमा चन्द्रादेवि विकका अनुसार छोरालाई धनीमानी तथा माथिल्लो जातका ७ जना युवाहरू मिलेर मरणासन्न हुनेगरी आक्रमण गर्ने विरुद्ध किटानी जाहेरी दियौं । जाहेरी दिएको दुई महिना बित्दासम्म प्रहरीको ढिला सुस...
उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

उदयसिंह श्रेष्ठ बिरुद्ध उजुरी दर्ता, पक्राउ गर्न प्रहरीलाई निर्देशन

अपराध, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – विद्युत चोरीको आरोप खेपिरहेका नेपालगन्ज १० का उदयबहादुर सिंह श्रेष्ठ विरूद्ध बाँकेका १८ जना सक्रिय पत्रकारले मुद्दा दायर गरेका छन् । श्रेष्ठले यहाँका पत्रकारलाई लगातार चार दिनदेखि गालीगलौजका साथै अपमान र असभ्य व्यवहार गर्दै सार्वजनिक रुप मै बदनाम गरेका कारण उनीमाथि तत्काल कानूनी कारवाहीको माग गर्दै पत्रकारहरूले बुधबार जिल्ला प्रशासन कार्यालय बाँकेमा मुद्दा दर्ता गरेका छन् । नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारू र प्रेस संगठनका अध्यक्ष डक्ट धितालको नेतृत्वमा प्रशासन कार्यालय पुगेका १८ जना पत्रकारहरूको टोलीले संयुक्त निवेदन दिंदै मुद्दा दर्ता गरेको छ । पत्रकारले श्रेष्ठमाथि कारवाहीको माग गर्दै मुद्दा नै दर्ता गराएपछि बाँके प्रशासनले विद्युत चोरीको अरोपित उदय सिंह श्रेष्ठलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको छ । तोकिएको समयअवधी भित्र उनी सम्पर्...
कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त आजात खाँ पक्राउ

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त आजात खाँ पक्राउ

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३१ भाद्र – २०५४ सालदेखि कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २३ वर्षपछि पक्राउ परेका छन् । कर्तब्य ज्यान मुद्दाका फरार बाँकेको खजुरा गाउँपालिका वडा नं–८ रनियापुरका ३८ वर्षीय आजात खाँलाई प्रहरीले २३ वर्षपछि पक्राउ गरेको छ । घट्नाको २३ वर्षपछि जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय धनौलीको संयुक्त प्रहरी टोलीले भाद्र २८ गते घरमा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरी प्रमुख ओमबहादुर रानाले जानकारी गराउनुभयो । प्रहरी प्रमुख रानाका अनुसार सोही मुद्दाका एक जना अभियुक्त अझै फरार रहेका छन् ।पक्राउ परेका २०५४ साल फागुन ७ गते सोही वडाका १९ वर्षीय नूर सलाम खाँलाई छातीमा गोली हानी र घाँटी रेटेर हत्या गरेका थिए । सोही मुद्दामा फरार अभियुक्त २०७२ अजोज १७ गते बाँके जिल्ला अदालतले २० वर्षको सजाय सुनाएको थियो ।...
पत्रकारहरुद्वारा बिद्युत चोरीका आरोपित उदयसिंह श्रेष्ठलाई कानुनी कार्यवाहीको माग

पत्रकारहरुद्वारा बिद्युत चोरीका आरोपित उदयसिंह श्रेष्ठलाई कानुनी कार्यवाहीको माग

अपराध, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, ३० भाद्र – विद्युत चोरीको आरोप खेपिरहेका पुर्व मिटर रिडर नेपालगन्ज उपमहानगरपालीकाका वडा नंं. १० का उदयबहादुर सिंह श्रेष्ठले बाँकेका १८ जना पत्रकारलाई समाचार सम्प्रेशण गरे कै कारण धम्काएका छन् । भदौ २४ गतेका नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण शाखाले नेपालगन्ज उपमहानगरपालिका वडा नंं. १० बिपीचोक नजिकै रहेको श्रेष्ठको घरमा छापामारेको थियो । सो क्रममा कृषि मिटर जडान गरी विद्युत चोरी गरेको फेला पारेको थियो । प्राधिकरणले सोही विषयमा तीन दिने म्याद सहित विद्युतमा उपस्थिती हुन पत्र काटेको छ । विद्युतले घरमा छापामारी कृषि मिटर र व्यवसायीक मिटरको दुरुपयोग गरेको पाइएको भन्दै विद्युत लाइन काटेर मिटरहरु आफ्नो नियन्त्रणमा लिएको थियो । औषत मासिक खपत १०६९ यूनिट खपत देखिएको र कृषि कार्यमा उक्त मिटर प्रयोग गरेको नपाइएकोले कृषि मिटरको दुरुपयोग गरेको प्राधिकरणको ठहर थियो ।सोही सम्बन्धी स...