चिनियाँ अपराधमा माओवादीको संरक्षण, वर्षमानदेखि उपराष्ट्रपतिसम्म साँठगाँठ
काठमाण्डौ, २५ मंसिर – चिनियाँहरुले पछिल्लो समय नेपाललाई अपराधको थलो बनाएका छन् । विभिन्न आवरणमा नेपालमा आउने र नेपाली भूमि प्रयोग गरेर प्रविधिमार्फत ठगी र ब्ल्याकमेलसहित अपराध गर्ने गरेको विभिन्न अनुसन्धानले देखाएको छ । अनुसन्धान भएपछि नेपाली प्रहरी प्रशासनले राजनीतिक तथा नेतृत्व तहको संरक्षणका कारण चिनियाँ अपराधीलाई कारवाही गर्न सकेको छैन । चिनियाँ अपराधमा खासगरी माओवादी केन्द्रका नेताहरुबाट संरक्षण भएको घटनाक्रमले देखाएको छ । उपमहासचिव वर्षमान पुन, पूर्वसभामुख ओनसरी घर्ती, उपराष्ट्रपति नन्दबहादुर पुन, उनका पुत्र दिपेश पुन, पूवृगृहमन्त्री रामबहादुर थापा बादल, उनका पुत्र प्रतीक थापा चिनियाँ अपराधका नाइकेसँग प्रत्यक्ष जोडिएको प्रहरीको अनुसन्धानले देखाएको हो ।
चिनियाँ अपराधका केही घटनामा कारवाही नहुनुले यसमा राजनीतिक र उच्च प्रशासनिक संरक्षण रहेको प्रष्ट देखिन्छ । गत साउनमा प्रहरीले सिनाम...









