मानव बेचबिखनमा चिनियाँ नागरिक पनि…
काठमाण्डौ, १५ पौष – प्रविधिको दुरुपयोग गरी बैंकिङ प्रणाली ह्याक गर्नेदेखि विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर मानिस ठगी गर्ने गैरकानूनी कार्यमा संलग्न रहेका धेरै चिनियाँ नागरिकलाई यसअघि प्रहरीले पक्राउ गरी कानूनी दायरामा ल्याएको थियो ।
चिनियाँ नागरिक आर्थिक अपराधमा मात्रै नभई मानव बेचबिखन जस्तो जघन्य अपराधमा समेत संलग्न भएको पाइएको छ । पछिल्लो घटनाले भने मानव बेचबिखनमा पनि चिनियाँ नागरिक सक्रिय हुन थालेको पाइएको हो ।
मानव बेचविखन अनुसन्धान ब्युरो काठमाडौँका अनुसार मानिसलाई धेरै तलब (डलरमा) प्राप्त हुने लोभ देखाएर एजेण्टमार्फत सम्पर्कमा आएका युवालाई विदेश पु¥याउने र गैरकानूनी गतिविधिमा लगाउने कार्यमा चिनियाँ नागरिक पनि संलग्न रहेको फेला परेको हो ।
यसरी दुई चिनियाँ नागरिकले १० जना नेपाली युवालाई लोभमा फसाएर बिक्री गरेको खुलेको र उनीहरूले अझै धेरै नेपाली युवालाई विदेशमा पठाएको आशङ्क...









