Monday, April 27सत्यम खबर
Shadow

न्यायको गुहार गर्दै सञ्चार समक्ष पुगे पीडित खान

नेपालगन्ज, १८ मंसिर – मृतक अफसरुल खाँका बुवाले न्याय नपाएको भन्दै विभिन्न आरोप लगाउँदै सञ्चारकर्मीहरु समक्ष गुनासो पोखेका छन् ।
पीडक मृतक खाँका बुवा वहाबका अनुसार कार्तिक १६ गते बिहान ६ गते राप्ती सोनारी गाउँपालिका वडा नं. ७, पिप्रहवा ससुरालीमा रहेको मेरो छोरी अफसरुल खाँलाई परिवारले हत्या गरेर आफ्नै घरको कोठामा झुण्डियाइएको बताउँदै हत्याको जाहेरी लिएर जाँदा पनि प्रहरीको दवावमा मृतक अफसरुलका श्रीमान मेराज शेष र श्रीमानका दाई (जुठाजु) आलमिन शेषमाथि आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गराउन बाध्य भएको जानकारी गराउनुभयो ।
छोरीको मृत्युबाट पीडा खेपी रहेका पीडित खानले आँखामा गहभरी आँशु छल्काउँदै उनी दुबै जना हाल प्रहरीको हिरासतमा रहेका छन् । मैले प्रहरीलाई पटक–पटक मेरी छोरीले आत्महत्या नगरेर उसलाई उनको परिवारले मारेको बताउँदा पनि जिल्ला प्रहरी कार्यालय बाँकेमा कर्तब्य ज्यान सम्बन्धी मुद्दा दर्ता गराउन खोज्दा जिल्ला प्रहरी कार्यालयले जबरजस्ती आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न लगाएको प्रहरीमाथि आरोप लगाए ।
विवाहमा २५ लाख रुपैयाँ खर्च, सो २५ लाखमध्ये २० लाख रुपैयाँको नगद तथा विभिन्न सामान दाइजोको रुपमा केटा पक्षलाई दिएपनि छोरी घरमा बस्न नसक्ने स्थिति भएको पत्रकार सम्मेलनमार्फत जानकारी गराउँदै खानले छोरीको भनाई नसुनी उल्टै छोरीलाई सम्झाई बुझाई ससुराली पठाउने गरेको बताए ।


छोरी अफसरुलको माध्यमबाट उनका घरपरिवारले थप दाइजोका लागि दबाव दिने गरेको मृतक अफसरुलका पीडकहरु बचाउन राजनीतिक दलका नेताले मलाई दबाव दिएको, कर्तब्य ज्यानमा प्रहरीले मुद्दा दर्ता नगरेको, प्रहरीले तयार गरेको शब मुचुल्का अपूर्ण रहेको, आशंका हुने विभिन्न विषय भएपनि जिल्ला प्रहरी कार्यालय बाँकेको घटनास्थल लाश जाँच मुचुल्कामा सबै कुरा उल्लेख नभएको लगायत आरोप प्रहरीमाथि पीडित खानले लगाएका छन् ।


पीडित खानका अनुसार प्रहरीको लाशजाँच मुुचुल्कामा मृतक अफसरुलको ढाड, पिठ्युको बीच भागमा हत्केलाले हानेको जस्तो निलो ४ वटा डामहरु रहेको बताए । जुन हत्केलाले नभई केही वस्तुले प्रहार गरेको जस्तो हुन सक्ने आशंका व्यक्त गर्नुका साथै मृतक अफसरुलको दायाँपट्टीको कान र पाखुरामा देखिएको घाउ भने मुचुल्कामा प्रहरीले उल्लेख समेत नगरेको आरोप लगाउँदै उक्त घाउ चोट धारिलो हतियारले प्रहार भएको आशंका व्यक्त गरे ।
मृतकका बुवा वहाब खानले मुद्दा मिलाउन विभिन्न नेताहरुको दबाव हुनुका साथै जिल्ला प्रहरी प्रमुखले समेत न्यायको लागि सहयोग गर्नु तथा पीडित पक्षलाई पैसा लिएर मेलमिलाप गराउने प्रयास गर्दा समेत प्रहरी प्रमुखद्वारा अब न्याय नपाउने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *