बादशाह कुर्मीलाई मन्त्रीबाट नहटाएसम्म माइतीघरमा धर्नामा बस्छौं: रूबी खान
काठमाण्डौ, २५ साउन – बादशाह कुर्मीलाई मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गरिएको छ।
बाँकेकी निर्मलादेवी कुर्मीको हत्या आरोपी बादशाह कुर्मीलाई लुम्बिनीमा कांग्रेसले मन्त्री बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन भएको हो।
शुक्रबार अभियन्ता रूबी खानसहित मानव अधिकारकर्मी र पीडितका आफन्तहरू काठमाडौंको कलंकीदेखि खाली खुट्टा हिँडेर माइतीघर आएका छन्।
माइतीघरमा आजैदेखि अनिश्चितकालीन धर्ना बस्ने रूबी खानले बताइन्।
'जघन्य अपराधको आरोप लागेका व्यक्तिलाई मन्त्री बनाइएपछि उनीमाथि लागेको आरोप कसले छानबिन गर्ने र पीडितले न्याय पाउने सुनिश्चित नभएकाले हामीले आजैदेखि धर्ना सुरू गरेका छौं,' खानले सेतोपाटीसँग भनिन्।
यसअघि गृह मन्त्रालय र पीडित परिवारबीच कुर्मीको मुद्दा अदालत पठाउन सहमति भएपछि आन्दोलन फिर्ता भएको थियो। तर मुख्य आरोपीलाई नै प्रदेशको मन्त्री नियुक्त गरेपछि सत्ताधारी पार्टील...









