Friday, May 16सत्यम खबर
Shadow

१८ लाख बढी घटनामा किन अपराधी जोगाउन खोजिएको छ ?

नेपालगन्ज, १६ साउन – घटना मिति २०८१ साउन ९ गतेको हो । जहाँ क्यासिनोका केही बाउन्उसरहरुले सीमानाकाबाट करीब १८ लाख रुपैया ओहोर–दोहोर गर्न लागेको सूचना पाउन साथ उनलाई पक्राउ गरी माथिल्लो तहका हाकिमलाई खबर गरिएको जानकारी राष्ट्रिय अनुसन्धानका अनुसन्धानकर्ता अर्जुन खड्काले दिए ।
अनुसन्धानकर्ता खड्काले थप जानकारी दिंदै आफूले उक्त पैसा तथा व्यक्तिहरुलाई पक्राउ गरी थैला भित्र रहेको पैसा गन्ती समेत गरेको बताउँदै केही समय भित्र होटल कल्पतरुमा सञ्चालित एसएन ब्लू क्यासिनोका जिएम अर्जुन खनाल सीमानाका जमुनाहमा आफ्नो केटाहरुसित पुगेर हातहतियार सहित मलाई हात पात गर्दै पैसासहित पक्राउ गरिएको व्यक्तिलाई समेत फरार गराएको जानकारी गराए ।

उनले आफूलाई हतियारले कुटपिट गरेको भिडियो पुटेजहरु सीमानाका जमुनाहमा सिसि टिभिमा रहेको जानकारी गराउँदै उक्त भिडियो पुटेजबाट सम्पूर्ण जानकारी पाउन सकिने बताए ।
यता घटना भएकै राती जिल्ला प्रहरी कार्यालय बाँकेले सक्रियता देखाउँदै होटल कल्पतरुमा सञ्चालित क्यासिनोका जिएम अर्जुन खनाललाई पक्राउ गरी हिरासतमा राखे पछि दुई दिनसम्म कसैले जाहेरी दर्ता नगरेको हुँदा आफूहरुले उनलाई छोडेको जानकारी गराए ।
यसबारे जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुखले दिएको जानकारी अनुसार सम्बन्धित अनुसन्धानकर्ता खड्काले जाहेरी नदिंदा आफूहरुले पक्राउ गरिएको अर्जुन खनाललाई छोडेको बताउँदै १८ लाख बारे केही जानकारी समेत नभएको बताए ।
खास घटनाको सेरोफेरो हेर्दा, बुझ्दा यसमा राजनीतिक दलका प्रतिनिधिहरुको समेत संलग्नता देखिएको स्रोतको दाबी रहेको छ । स्रोतले दिएको जानकारी अनुसार राष्ट्रिय अनुसन्धानका प्रमुखदेखि अनुसन्धानकर्ताहरुको समेत मिलेमतो हुन सक्नुका साथै पैसाको ठूलो चलखेल भएको बताउँछन् ।

केही समय अगाडी मात्र राष्ट्रिय अनुसन्धानका बाँके प्रमुख ओम खड्काले एक जना मिडियाकर्मीलाई फोनबाटै फलानो–फलानोको नाम आएको तथा एक जना पक्राउ समेत परिसकेको बताएको पाईन्छ तर हाल पक्राउ गरेका होटल कल्पतरु एसएन ब्लू क्यासिनोका जिएम खनाललाई केही दिन अगाडी छोडिएको छ ।
अनुसन्धान प्रमुख खड्काबाटै पैसा गन्ती गर्दा १८ लाख बराबर रहेको तथा थप अर्को झोलामा पैसा भएको बताएको पाईन्छ । तर यस बारे जिल्ला प्रहरी कार्यालय बाँके प्रमुख तुलबहादुर कार्की वा प्रवक्ता डिएसपी नारायण डाँगीको भनाई छुट्टै रहेको पाईन्छ । उहाँहरुले व्यक्ति पक्राउ परेपनि पैसा नभेटिएको तथा कुनै उजुरी नआएको हुँदा उनलाई छोडिएको बताउँछन् ।
प्रवक्ता डाँगीले घटनालाई अर्कैतिर मोड्ने जस्तो समेत बताएका छन् । प्रवक्ता डाँगीले दुई पक्ष बीच सीमानाकामा केही विवाद भएको तथा दुबै पक्ष मिलेर जाने भनेपछि घटना दर्ता नभएको बताउँदै हामी कहाँ पैसा बारे कुनै जानकारी नभएको बताउँछन् ।

आम नेपालगन्जबासीहरुको प्रश्न सम्बन्धित सुरक्षा प्रमुखहरुसित रहेको पाईन्छ । आप्mनै सुरक्षाकर्मीहरुको सुरक्षा गर्न नसक्ने सुरक्षा निकायले आम सर्वसाधारण नेपाली जनताको सुरक्षा कसरी गर्न सक्छन् ? भिडियो पुटेजमा देखाईएको १८ लाख बढी रकम को सित छ ? पक्राउ गरेपनि सम्बन्धित अनुसन्धानकर्ता अर्जुन खड्काले जाहेरी किन दिएनन् ? कसको दबावमा जाहेरी दर्ता भएन ? के कानून सामान्य व्यक्तिको लागि मात्र हो ? दबाव र राजनीतिक पावर भएकोहरुलाई कानून लाग्दैन ? यत्रो ठूलो घटना हुँदा हालसम्म के कति अनुसन्धान भएको छ ? सीमानाकामा लगाईएको सिसि टिभिको पुटेजमा के देखाईएको छ ? यी यावत प्रश्न हाल सर्वसाधारणहरुले उठाएका छन् ।


सामान्य खाद्यान्न लगायतको तस्करी हुने क्रम जारी रहेको घटना विभिन्न सञ्चार माध्यमहरुले दैनिक देखाउने गरेका छन् । तर वास्तविकता त्यति मात्र नभई बिगत केही बर्ष यता नेपालगन्ज र यस वरपरका नाकाबाट हुण्डी कारोबार, सुन तस्करी, क्यासिनोमा पुग्न पैसा ओहोर–दोहोर, लागू औषधि लगायत अन्य बिभिन्न बहुमुल्य बस्तु तथा सामानहरु समेत तस्करी हुने गरेको बेलाबखत उजागर हुँदै आईरहेको हुन्छ ।
त्यति मात्र नभई पैसाको बार्गेनि· नमिले पछि कति पटक नेपालगन्जबाट समेत छापा मारी ६० लाख, ३८ लाख, १० लाख, २० लाख गरी सामानहरु जफत गरिएको तथ्यांक जिल्ला प्रहरी कार्यालय तथा भन्सार कार्यालयमा सुरक्षित रहेको पाईन्छ । हाल नेपालगन्जमा सञ्चालित क्यासिनोहरुको नाममा दैनिक सिमानाका जमुनाहामा सटरमा दोकान खोल्ने र त्यहाँबाट क्यासिनोका खेलाडी बोक्ने नाममा अवैध सामानहरु बोक्ने सम्म देख्न पाईन्छ ।

नेपालगन्जमा क्यासिनोको नाममा अनेकौ बेथितीहरु मौलाएर गएको अवस्थामा पछिल्लो पटक सरकारी कर्मचारीहरु समेत कुटिन थालेपछी टोले गुण्डा र तिनका नाईकेहरुको मनोबल बृद्धि भएर थप अन्य अपराधमा समेत संलग्न हुने अवस्था सृर्जना भएको सुरक्षा स्रोत कै दाबी रहेको छ ।
यसबारे थप जानकारीको लागि राष्ट्रिय अनुसन्धान बाँके प्रमुख खड्का तथा अनुसन्धानकर्ता अर्जुन खड्कालाई पटक पटक फोन सम्पर्क गर्दा फोन उठेन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *