७२ हजार नक्कली भारतीय रुपैयाँसहित एक जना पक्राउ
नेपालगन्ज, १४ साउन – नेपाल भारत सीमा तस्कर र नक्कली रुपैयाँका व्यापारीहरुको लागी सुविधाजनक साबित भएको छ । यस सिमानामा लामो समयदेखि भारतीय नक्कली नोटको कारोबार हुने गरेको छ भने नक्कली नोटको कारोबार गर्नेहरूलाई सुरक्षा निकायले पक्राउ हुँदै आएका छन् ।
सोही क्रममा गोप्य सूचनाको आधारमा रुपिधा प्रहरीले ७२ हजार भारतीय नक्कली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । रुपैडिहा प्रहरी चौकीका इन्चार्ज इन्स्पेक्टर शमशेरबहादुर सिंहले गोप्य सूचनाका आधारमा प्रहरी वरिष्ठ प्रहरी निरीक्षक अनिलकुमार यादव र चौकी इन्चार्ज बाबागञ्ज आईपीसी रामगोविन्द वर्मासहित प्रहरी बल र गोप्य निकायलाई समेत गठित गरेको प्रहरी टोलीले बताए ।
भारत–नेपाल सीमा सडकमा विशेष सूचनाको आधारमा मिरानपुरवा प्रहरी चौकी मोतीपुर बहराइच बस्ने ४० वर्षीय कैलाश छोरा रंगीलाललाई पक्राउ गरी खोजी गर्दा ५ सय रुपैयाँका दुई थान बन्डल बरामद भएको हो ।
...









