Friday, March 14सत्यम खबर
Shadow

दुई भारतीय एक ट्रक गाँजासहित पक्राउ

बर्दिबास, २४ साउन – भारततर्फ गाँजा तस्करी गरेको अभियोगमा दुईजना भारतीय नागरिक पक्राउ परेका छन् ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दिबास नगरपालिका–१४ मा ६११ किलो गाँजासहित उनीहरू बुधबार राति पक्राउ परेका हुन्।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सन्तुलाल जैसवारका अनुसार पक्राउ पर्नेहरूमा बिहारको मोतिहारीका २५ वर्षीय गुड्डुकुमार यादव र सोही ठाउँका २९ वर्षीय मनिषकुमार गिरी छन्।

उनीहरूलाई मिनि ट्रकमा भरी गाँजा राखेर तस्करी गर्न लागेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।

तस्करीमा प्रयोग भएको सवारी साधनलाई पनि नियन्त्रणमा लिइएको डिएसपी जैसवारले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *