Thursday, March 13सत्यम खबर
Shadow

स्रोत नखुलेको २४ लाखसहित ५ भारतीय पक्राउ

नेपालगन्ज, २४ साउन – नेपालगन्ज विमानस्थलबाट जहाजमा काठमाण्डौ आउन तयार पाँच जना भारतीयलाई अवैध २४ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
राँझा एयरपोर्टबाट काठमाण्डौ उड्न तयार रहेका उनीहरूलाई स्रोत नखुलेको उक्त परिमाणको रकमसहित बुधबार दिउँसो पक्राउ गरिएको छ ।


पक्राउ पर्नेमा भारत घर भएका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आषिश गुप्ता, ४६ वर्षीय विमल गुप्ता र ३९ वर्षीय पंकज जैसवाल रहेका छन् ।
राँझा एयरपोर्टबाट काठमाण्डौ जान लागेका उनीहरूलाई प्रस्थान कक्षमा खटिएको प्रहरीले जाँच गर्ने क्रममा स्रोत नखुलेको रकमसहित पक्राउ गरेको हो ।
बाँके जिल्ला प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले दिएको जानकारी अनुसार २४ लाख स्रोत नखुलेको रकमसहित ५ जनालाई पक्राउ गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *