Tuesday, June 30सत्यम खबर
Shadow

अपराध

अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप

अमेरिकामा चिनियाँ नागरिकलाई जासुसी गरेको आरोप

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ६ भाद्र – अमेरिकी वकिलहरूले एक चिनियाँ नागरिकविरुद्ध आपराधिक अभियोग दायर गरेका छन् । अमेरिकामा बस्ने यी चिनियाँ व्यक्तिलाई चीनको गुप्तचर एजेन्सीको जासूस भएको आरोप लागेको छ ।   अमेरिकी न्याय मन्त्रालयले ६७ वर्षीय चिनियाँ नागरिक युआनजुन ताङलाई बुधबार न्यूयोर्कबाट पक्राउ गरिएको जनाएको छ । चिनियाँ नागरिक युआनजुन ताङलाई पनि एफबीआई विरुद्ध गलत बयान दिएको आरोप लागेको छ । जारी गरिएको एक विज्ञप्तिमा अमेरिकी न्याय विभागले भनेको छ, 'ताङलाई चीनको एजेन्टको रूपमा काम गरेको, षड्यन्त्र गरेको र एफबीआईलाई गलत बयान दिएकोमा आपराधिक आरोप लगाइएको छ ।' ताङमाथि इ-मेल, इन्क्रिप्टेड च्याट र अन्य माध्यमबाट लगातार सन्देश पठाएको आरोप छ।   यसबाहेक, उनले लगातार एमएसएस अर्थात् राज्यको सुरक्षा गुप्तचर अधिकारीबाट निर्देशनहरू प्राप्त गर्दै गरेको समेत रिपोर्टमा उल्लेख छ ।  नेपाल पाना...
चिनियॅा फुटबल संघका पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

चिनियॅा फुटबल संघका पूर्वपदाधिकारीलाई भ्रष्टाचारको आरोपमा ११ वर्षको जेल सजाय

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ४ भाद्र – चीनको एक अदालतले सोमबार देशको फुटबल संघका एक उच्च पूर्वपदाधिकारीलाई घुस लिएको अभियोगमा ११ वर्षको जेल सजाय सुनाएको छ । चिनियाँ फुटबल संघ (सीएफए)का पूर्वउपाध्यक्ष ली युयीलाई हुबेई प्रान्तको जिङझोउस्थित एक अदालतले दोषी ठहर गरेको हो । उनलाई एक लाख ४० हजार अमेरिकी डलर जरिवानासमेत गरिएको छ भने भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति जफत गरी राज्यलाई हस्तान्तरण गरिने अदालतले जनाएको छ । सन् २००४ देखि २०२१ को बीचमा १७ लाख अमेरिकी डलर बराबरको रकम र उपहार जम्मा गर्न सीएफएमा आफ्नो ओहदाको दुरुपयोग गरेको अभियोगमा ली मार्चमा दोषी ठहर भएका थिए । लीले सन् २०१५ देखि २०१९ सम्म सीएफएको उपाध्यक्षको रूपमा काम गरेका थिए । त्यसअघि उनी सांघाईको खेलकुद प्रशासनको प्रमुख थिए । राष्ट्रपति सी चिनफिङको शासनकालमा अधिकारीहरूले चीनको खेलकुद उद्योग, विशेष गरी फुटबलमा हुने भ्रष्टाचारविरुद्ध कडा कदम चालेका ...
शेख हसिनाविरूद्ध बंगलादेशमा १६ वटा मुद्दा

शेख हसिनाविरूद्ध बंगलादेशमा १६ वटा मुद्दा

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३ भाद्र – बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको छ। सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको बंगलादेशी अखबार द डेली स्टारले जनाएको छ। आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनकैबीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो। त्यसदिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् न अवामी लिगका कार्यकर्ता नै थिए। त्यसदिन माछा फार्मबाट फर्किँदै गर्दा उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए। सुरक्षाकर्मीले चलाएको गोली छातीमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो। मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा द...
इजरायली आक्रमणमा अक्टुबर ७ यता ४० हजार प्यालेस्टिनी मारिए

इजरायली आक्रमणमा अक्टुबर ७ यता ४० हजार प्यालेस्टिनी मारिए

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, ३१ साउन – इजरायलले प्यालेस्टाइमा गरेको पछिल्लो आक्रमणमा ज्यान गुमाउनेको संख्या ४० हजार नाघेको छ । हमासद्वारा संचालित स्वास्थ्य मन्त्रालयका अनुसार करिब दश महिना लामो इजरायली आक्रमणमा बिहीबारसम्म ४० हजार ५ जनाले ज्यान गुमाएका हुन् । मारिएका मध्ये अधिकांश महिला र बालबालिका रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । इजरायली आक्रमणमा अक्टुबर ७ यता ४० हजार प्यालेस्टिनी मारिए मृत्यु हुनेको संख्या प्यालेस्टाइनको कूल जनसंख्याको १.७ प्रतिशत हो । बीबीसीका अनुसार इजरायली सेनाको आक्रमणका कारण गाजा क्षेत्रका करिब ६० प्रतिशत भवन क्षतिग्रस्त भएका छन् । विद्रोही समूह ‘हमास’ले २०२३ अक्टोबर ७ मा इजरायलविरुद्ध इतिहासकै भयानक आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनविरुद्ध तनाव उत्कर्षमा पुगेको हो । उक्त आक्रमणका कारण करिब १ हजार ३ सय जनाले ज्यान गुमाएका थिए । आक्रमणपछि हमासले २ सय ५० जनाभन्द...
हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता

हसिनाविरुद्ध बंगलादेशमा ९ बर्ष पुरानो अपहरण मुद्दा दर्ता

अपराध, आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार
काठमाण्डौ, ३१ साउन – बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाविरुद्ध ९ वर्ष पुरानो अपहरणको मुद्दा दर्ता भएको छ । उजुरीकर्ता सोहेल राणा सर्वोच्च अदालतका वकिल हुन् । २०१५ जुन ६ को राति साथीसँग हिँडिरहेको अवस्था थियो । त्यसपछि र्‍यापिड एक्सन बटालियनका केही सिपाहीहरूले उनलाई अपहरण गरेका थिए। उनीहरुलाई कुटपिट गरी बिजुलीको झटका दिइयो । उनी ३८ दिनपछि १३ अगस्टमा रिहा भएका थिए । सोही बिषयलाई लिएर अहिले हसिना बिरुद्ध मुद्धा हालेका हुन् । नेपाल पाना...
पुष्पलालको सम्मानमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ परिसम्बाद

पुष्पलालको सम्मानमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ परिसम्बाद

अपराध, आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २८ साउन – कमरेड पुष्पलालको जन्म शत बार्षिकीका सन्दर्भमा ‘बढ्दो भ्रष्टाचार र महिला सचेतना’ बिषयमा एक बिशेष परिसम्बाद कार्यक्रम हिजो काठमाण्डौमा सम्पन्न भयो । भ्रष्टाचार सम्बन्धि ज्ञाता तथा टूान्स्परेन्सी इण्टरनेशनल(टिन)का अध्यक्ष पद्मिनी प्रधानाङ्गको बिशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा भ्रष्टाचारका राष्ट्रिय अन्तराष्ट्रिय तथ्य तथ्यांकको तुलनात्मक प्रस्तुतिका साथ बोल्नु हुदै प्रथानाङ्गले भन्नु भयो –सही कानुन र त्यसको सही कार्यान्वयनको अभाव, दण्डहीनता तथा देश र जताप्रतिको गैरजिम्मेवारीले गर्दा भ्रष्टचार उत्पन्न हुन्छ, बढ्छ र फैलिन्छ । आज हाम्रो देशमा भ्रष्टाचार ब्याप्त छ । राजनीतिक, नीतिगत भ्रष्टाचारका डरलाग्दा काण्डहरु दिनदिनै बढेका छन् । यो आर्थिक कुरा मात्र होइन, चिन्तन, चरित्र र ब्यवहारमा आएको स्खलनको कुरा पनि हो । महिलाहरुले यसका बिरुद्ध खडा हुन सचेत, संगठित र संघर्षशील हुनै प...
पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

पोखरा विमानस्थल छानबिन र नागरिक उड्डयन प्रमुखको बर्खास्तीको माग गर्दै काठमाडौंमा रैली

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाडौं, २७ साउन - राष्ट्रिय एकता अभियानको आयोजनामा आज माईतिघर मण्डलामा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसम्बन्धी सत्यतथ्यको छानवीन र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको बर्खास्तीको माग गर्दै विशाल रैली सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा सम्पन्न यस रैलीमा सयौंको संख्यामा नागरिक, विद्यार्थी, तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सहभागिता जनाए। रैलीमा पोखरा विमानस्थल चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को हिस्सा नभएको र विमानस्थल निर्माणमा प्राविधिक त्रुटीहरूलाई तुरुन्त समाधान गर्नुपर्ने माग गरियो। प्रदर्शनकारीहरूले “पोखरा विमानस्थल बीआरआईको भाग होइन”, “प्राविधिक त्रुटीको समाधान गर, चीनको हस्तक्षेप रोक!” जस्ता नारा लगाउँदै विमानस्थलसँग सम्बन्धित विभिन्न मुद्दाहरूमा सरकारको ध्यानाकर्षण गराए। उनीहरूले चिनियाँ राजदूतले माफी माग्...
माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

माइतीघरमा बंगलादेशमा हिन्दु तथा बौद्धमाथि हिंसा विरुद्ध विरोध प्रदर्शन सम्पन्न

अपराध, आस्था, धार्मिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज
काठमाडौं, श्रावण २६ – बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि जारी हिंसा विरुद्ध काठमाडौंको माइतीघर मण्डलामा एक व्यापक विरोध प्रदर्शन सम्पन्न भएको छ। राष्ट्रिय एकता अभियानको आयोजनामा सम्पन्न यस कार्यक्रममा विभिन्न धार्मिक तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। कार्यक्रमको समन्वय अभियानका अध्यक्ष विनय यादवले गरेका थिए। प्रमुख वक्ताका रूपमा अभियानका वरिष्ठ नेता बीपी यादवले बंगलादेशमा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूमाथि भइरहेको हिंसालाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने आवश्यकता औंल्याए। उनले भने, "धार्मिक असहिष्णुताको यो घटना मानवीय हकका लागि घातक हो। यसमा हाम्रो सरकारले पनि चुप लागेर बस्नु हुँदैन।" विश्व हिन्दू महासंघका महासचिव रामचन्द्र तिवारीले पनि बंगलादेशमा भइरहेको हिंसाको कडा निन्दा गर्दै नेपालका हिन्दूहरूले एकजुट भएर अन्तर्राष्ट्रिय दवाव सृजना गर...
सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

सन्दिग्ध चिनियाँ ह्याकरहरूद्वारा ताइवानको अनुसन्धान केन्द्रमा आक्रमण

अपराध, आर्थिक, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २५ साउन – चिनियाँ सरकारसँग जोडिएको एक ह्याकिङ समूहले कम्प्युटिङमा विशेषज्ञता राख्ने ताइवान सरकारसँग सम्बद्ध अनुसन्धान केन्द्रबाट पासवर्ड र कागजातहरू चोरेको छ, सिस्को सिस्टम्सका साइबरसुरक्षा अनुसन्धानकर्ताहरूले बिहीबार बताएका छन् । आक्रमणकारीहरूले एक प्रकारको द्वेषपूर्ण सफ्टवेयर उपकरण प्रयोग गरे जुन लगभग पूरै चीनमा आधारित समूहहरूले प्रयोग गरेको थियो । उनीहरूले जुलाई २०२३ को शुरुमा अज्ञात अनुसन्धान केन्द्रमा पहुँच प्राप्त गरेपछि, सिस्कोको टालोस खतरा खुफिया समूहले एक रिपोर्टमा भन्यो। त्यो र अन्य प्रविधिहरूको आधारमा, सिस्कोले ‘मध्यम आत्मविश्वास’ संग विश्वास गर्दछ कि ह्याकरहरू APT41 भनिने राज्य-प्रायोजित जासुसी समूहको हिस्सा हुन्, जसलाई अमेरिकी अधिकारीहरूले चीनको राज्य सुरक्षा मन्त्रालयसँग जोडेका छन्। यस आक्रमणले संदिग्ध चिनियाँ साइबर हमलाहरूले ताइवानलाई निम्त्याउने खतरालाई हाइ...
पोखरा विमानस्थलको भ्रष्टाचारमा मुछिएका क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्दै सरकार

पोखरा विमानस्थलको भ्रष्टाचारमा मुछिएका क्यानका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्दै सरकार

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज
काठमाण्डौ, २५ साउन – सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अनियमिततामा मुछिएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बर्खास्त गर्ने भएको छ । त्यसका लागि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रक्रिया सुरु गरिसकेको छ। चिनियाँ ऋण लगानीमा बनेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ठूलो भ्रष्टाचार रहेको पाइएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिहेको छ। अख्तियारले अधिकारीको बयानसमेत लिइसकेका बेला सरकारले उनलाई बर्खास्त गर्न लागेको हो। अधिकारी पोखरा अन्तर्राष्टिन्य विमानस्थल बन्दा त्यहाँका आयोजना प्रमुख थिए। यसका लागि संसदीय छानबिन समिति पनि बनेको थियो। राजेन्द्र लिङदेनको नेतृत्वमा रहेको संसदीय उपसमितिले छानबिन गरिरहेको छ। समितिले छानबिन गरिरहेका बेला अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बिहीबार पर्यटनमन्त्री बद्री पाण्डेलाई डाकेको थियो। पाण्डेले पन...