Wednesday, April 15सत्यम खबर
Shadow

नेपालगन्जमा कन्ट्याक्ट ट्रेसिङ गरिने

नेपालगन्ज, ३१ बैशाख – नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमितहरुको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गराउने भएको छ ।

कन्ट्याक्ट ट्रेसिङमार्फत संक्रमितको अति नजिकको सम्पर्कमा रहेका ब्यक्तिहरुको पहिचान गरि परीक्षण गरिने भएको हो । उनीहरुका लागि पिसिआर र एन्टिजिन परीक्षण गरिनेछ । नगरमा कन्ट्याक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन लागिएको हो ।

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दका अनुसार नगरभित्र कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरिएको छ । समूहमा रहेका स्वास्थ्यकर्मी र प्राविधिकसहितको टोलीसहित शुक्रबार नेपालगन्जमा अन्तरक्रिया गरिएको छ ।

सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्याक्ट ट्रेसिङ अति आवश्यक रहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *