Thursday, May 22सत्यम खबर
Shadow

CoVid19

लक्षित वर्गलाई योजना प्रक्रियामा सहभागी गराउनमा जोड

लक्षित वर्गलाई योजना प्रक्रियामा सहभागी गराउनमा जोड

CoVid19, आस्था, प्रदेश ५, श्रम/रोजगार, समाचार, समाज
नेपालगन्ज ११ जेष्ठ – स्थानीय तहको योजना तर्जुमा प्रक्रियामा समुदायका लक्षित वर्गका सवाल समेटनुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । लक्षित वर्ग अन्तर्गत महिला, बालबालिका, युवा, अपागंता भएका व्यक्ती तथा पछाडी पारिएका समुदायको अर्थपूर्ण सहभागितामा योजना निमार्ण गर्नुपर्ने उनीहरुले माग गरेका छन् ।पारस्परिक जवाफदेहिता परियोजना अन्तर्गत सूचना र मानवअधिकार अनुसन्धान केन्द्रले बाँके डुडुवा गाउँपालिकाका जनप्रतिनिधी र नागरिकबिच आज गरेको भर्चुअल छलफलका सहभागिहरुले समुदायमा रहेका समस्यालाई पहिचान गरि त्यसका आधारमा योजना बनाउन सुझाव दिएका थिए । उनीहरुले समुदायको विकासका लागि भौतिक पुर्वाधार मात्र नभई लक्षित वर्गका सवाललाई पनि प्राथमिकतामा राख्नुपर्ने सुझाव दिंदै योजना तर्जुमा प्रक्रियामा आफुहरुलाई पनि सहभागि गराउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा गाउँपालिकाका योजना शाखा प्रमुख ओमबहादुर रा...
राष्ट्रपतिको गैरसंवैधानिक कदमको विरोधमा नागरिक समाज बाँके

राष्ट्रपतिको गैरसंवैधानिक कदमको विरोधमा नागरिक समाज बाँके

CoVid19, प्रदेश ५, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको कार्य गैरसंवैधानिक कार्य भएको भन्दै नागरिक समाज बाँकेले गम्भीर ध्यानाकषर्ण भएको जनाएको छ ।संविधानको भावना मूल्य र मान्यतालाई अक्षरस पालना नै नगरि संविधानको धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधी सभा विघटन गर्ने र अर्को प्रतिनिधी सभाको निर्बाचनको मिति तोक्न मन्त्रीपरिषदबाट २०७८ जेठ ८ गते निर्णय भई प्रधानमन्त्रीबाट राष्ट्रपति समक्ष सिफारिस भएकोमा सोही बमोजिम राष्ट्रपतिद्वारा मध्यरातमा संसद विघटन गरिएको थियो । संविधानको धारा ७६ को उपधारा १, २, ३ र ५ बमोजिमको प्रक्रिया अवलम्बन गर्दा समेत प्रधानमन्त्री नियुक्त हुन नसकेपछि वा नियुक्त प्रधानमन्त्रीले संसदबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि प्रतिनिधी सभाका अरु कुनै सदस्य प्रधानमन्त्री नियुक्त हुने विकल्प समाप्त भए पश्चात मात्र धारा ७६ को उपधारा ७ बमोजिम प्रतिनिधी सभा विघटन ह...
अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

अन्जनी माता रसोईलाई भट्टराईको सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – सहयोगी मनका धनीहरुलाई पनि सहयोगको लागि विभिन्न बहाना चाहिन्दो रहेछ, कसैले जन्मदिनको नाममा, कसैले आमाबुवाको नाममा, कसैले छोराछोरीको नाममा सहयोग गर्ने गरेका छन् । यस्तो सहयोगी हातहरुलाई म सलाम गर्छु, भनी अन्जनी माता रसोई घरका सञ्चालक जितेन्द्रसिंह ठाकुरले भन्नुभयो– ‘सहयोगी हातहरुले जुन सुकै मौका भएपनि सानो वा ठूलो सहयोग गरि मानवीय सेवामा समर्पित भएको भावना दिएका छन् ।’ त्यसमा यो वा त्योभन्दा पनि उनले मानवीय सेवा गरेकोप्रति म सलाम गर्छु ।’ भनी बताउनुभयो । आज सोमबार काठमाण्डौ बस्ने सृजना भट्टराईले आफ्नो जन्मदिनको अवसरमा कसैलाई सहयोग गरौं भनी कोहलपुरमा रहेको नवजीवन केन्द्रमार्फत अन्जनी माता रसोई घरलाई भेरी अस्पताल परिसरमा रहेका बिरामी, कुरुवाहरुका लागि फलफुल तथा अण्डा सहयोग गरेका छन् । त्यसैगरी उनले पठाएको नगद ४० हजार मध्ये अन्जनी माता रसोई घरका लागि १...
दोस्रो वार्षिक उत्सवमा आर्थिक सहयोग

दोस्रो वार्षिक उत्सवमा आर्थिक सहयोग

CoVid19, आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – नेपाल पत्रकार महासंघ बाँके शाखाको एम्बुलेन्स खरिद अभियानमा योग समिति नेपालेले आफ्नो दोस्रो वार्षिक उत्सवको अवसरमा आर्थिक सहयोग गरेको छ । सोमबार बिहान भेरी अस्पताल परिसरमा योग समितिका कोषाध्यक्ष अम्बिका कोइरालाले महासंघको एम्बुलेन्स खरिदका लागि ५ हजार १ सय बराबरको चेक प्रदान गरेको हो । योग समितिका अध्यक्ष गिरिराज भट्टराई लगायत पदाधिकारीको उपस्थितिमा नेपाल पत्रकार महासंघ बाँके शाखाका कार्यसमिति सदस्य भिष्म लोधलाई सहयोग रकमको चेक हस्तान्तरण गरिएको थियो । पत्रकार महासंघको एम्बुलेन्स खरिद सामाजिक कार्य भएकाले सहयोग गरिएको अध्यक्ष भट्टराई बताउनुभयो ।यस्तै सो अवसरमा योग समितिले अस्पताल परिसरमा संचालित अन्जनी माता रसोई घरलाई ३५ पेटी पानी प्रदान गरेकोे छ । समितिका अध्यक्ष भट्टराईले रसोई घरका संचालक जितेन्द्रसिंह ठाकुरलाई पानी हस्तान्तरण गर्नुभएको थियो । सहयोग गरेकोप्रति...
फिलिस्तीन–इजरायलबीचको धार्मिक विवाद

फिलिस्तीन–इजरायलबीचको धार्मिक विवाद

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता
मिति : २०७८ जेष्ठ १० गते– विद्रोहीकरिब ११ दिनदेखि इजरायल र फिलिस्तीनबीच चलेको युद्ध भर्खरै विश्व समुदायको दबावमा युद्ध विराम गरिएको छ तर त्यहाँ स्थित गाजापट्टीमा आज पनि दुवै देशबीच तिव्र झडप हुँदैछ । धार्मिक कारणले त्यहाँ केही हप्ता अघि विवाद चर्की एक आपसमा युद्ध शुरु भएको थियो दुवै देशबीच चलेको युद्धमा इजरायलतर्फ ७ जना र फिलिस्तीनतर्फ २०० भन्दा बढी जनाको मृत्यु भएको छ । मर्नेहरुमा अधिकांश महिला र बच्चाहरु छन् । इजरायलले गरेको आक्रमणमा परी फिलिस्तीनको पक्षबाट युद्ध गरी रहेका १६ जना भन्दा बढी हमासका माथिल्लो स्तरका कमाण्डरहरुको पनि मृत्यु भएको छ । विद्रोही इजरायल र फिलिस्तीनबीच चलेको युद्धको कारण हामीले बुझ्न पर्ने जरुरी छ यस युद्धको कारण हो धार्मिक । पूर्वी येरुशलेमको नजीक एउटा धार्मिक स्थान छ बैतुल मुकद्दस यो स्थान यहुदी, इसाई र मुस्लिमको महत्वपूर्ण धार्मिक स्थल हो । किम्वदन्ती अनुस...
राजनीतिक दाउपेच चल्दै जनता कोरोनाबाट मृत्युवरण गर्दै

राजनीतिक दाउपेच चल्दै जनता कोरोनाबाट मृत्युवरण गर्दै

CoVid19, प्रदेश ५, बिचार, विचार/अन्तर्वार्ता, समाज
मिति २०७८ जेष्ठ १० गते – मनोजकुमार कौशलनेपाली जनता नयाँ भेरियन्टको दोस्रो वेभको कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट भारी संख्यामा मृत्युवरण गर्दैछन् तर प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा एमाले राजनीतिक दाउपेच जारी राखी सिंगो मुलुकलाई यस विषम परिस्थितिमा बिचल्लीमा पारेको देखिन्छ । मनोजकुमार कौशल प्रधानमन्त्री केपी शर्मा ओलीको असक्षमताको कारण नेपाली जनता अक्सिजन सिलिण्डर, कोरोनाको भ्याक्सिन बेगर असमय मृत्युवरण गरी रहेका छन् तर प्रम यस्तो विषम परिस्थितिमा जनताको ज्यान बचाउने ध्यान नदिई एक पटक पुनः प्रतिनिधि सभा विघटन गरी राजनीतिक अन्यौलता थपी दिएका छन् ।राष्ट्रपति विद्यादेवी भण्डारीको सहारा लिई उनीले प्रतिनिधिसभा विघटन गरी कार्तिक, मंसिरमा चुनाव गराउन हठ गरेका छन् । अब कार्तिक र मंसिरमा चुनाव हुने भएको छ । यस महिनामा चुनाव हुनै सक्दैन किनकी कोरोनाको दोस्रो वेभपछि तेस्रो वेभ...
२४ लाखबढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

२४ लाखबढिको स्वास्थ्य सामाग्री हस्तान्तरण

CoVid19, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, १० जेष्ठ – बाँके जिल्लामा कोरोना महामारी नियन्त्रणका लागि भेरी वातावरणीय बिशिष्टता समूह (बि–ग्रुप) बाँकेले २४ लाख बढिको स्वास्थ्य तथा सरसफाईका सामाग्री सहयोग हस्तान्तरण गरेको छ ।बाँकेमा कोभिड महामारी नियन्त्रणका लागि आइतबार बि–ग्रुपले बाँकेले २४ लाख ६१ हजार ६ सय ६१ रुपैया मुल्य बराबरको स्वास्थ्य तथा सरसफाईका सामाग्री बाँकेका प्रमुख जिल्ला अधिकारी एव जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेका अध्यक्ष शिवराम गेलाललाई हस्तान्तरण गरेको हो । युकेएडको आर्थिक सहयोगमा सेफ द चिल्डेन कन्सोर्टियम अन्तर्गत केयर नेपालमार्फत बि–गु्रपका सचिव टेकबहादुर पुन र निर्देशक डम्वर सुनार सो सामाग्री हस्तान्तरण गर्नु भएको थियो ।सो स्वास्थ्य सामाग्री बुझ्दै प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपत ब्यवस्थापन समिति, बाँकेका अध्यक्ष गेलालले विपतको बेलामा बि–ग्रुपले कोभिड शुरुवाती चरणदेखि नै बाँकेमा स्वास्थ्य...
अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

अन्जनी माता रसोईलाई कृष्णा कृषक समुहले हरियो तरकारी दैनिक उपलब्ध गराउने

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ – “जहाँ आश हुन्छ त्यही निकास हुन्छ“ हाल कोभिड–१९ कोरोना भाईरसको महामारीका बीच सहयोगी हातहरूले माथि उल्लेखित भनाई सही सावित भएको छ ।हामी आशावादी सदैव हुनुपर्छ, निकास आवश्य देखिन्छ । अन्जनी माता रसोई घरलाई हाल सहयोगी हातहरूले हातेमालो गरेकै हुँदा दैनिक ३ सय ५० बढी कोरोना संक्रमित र उनका कुरूवाहरूले साँझ–बिहान खान खाईरहेका छन् । केही समय अगाडि बिहानको छाक रू. २० र साँझको छाक रू. ८० मा खुवाउँदै आईरहेको अन्जनी माता रसोई सहयोगी हातहरूले हातेमालो गरेकै कारण हाल साँझ–बिहानको खाना रू. २० मै खुवाउने कार्य जारी राखेको देश मै पहिलो भान्सा घर हुन पुगेको छ । मानवीय सेवामा समर्पित अन्जनी माता रसोई घरलाई अझ सजिलो होस भनी आज आईतबार कृष्णा कृषक सहकारी समुहले १ सय ५० केजी फर्सी र ७० के.जी. आलु सहयोग गरेको समुहका अशोककुमार मौर्यले बताउनु भयो । आज गरिएको सहयोग कार्यक्रमम...
पन्चसिलद्वारा ५ थान अक्सिजन ग्यास सिलेण्डर सहयाेग

पन्चसिलद्वारा ५ थान अक्सिजन ग्यास सिलेण्डर सहयाेग

CoVid19, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसकाे महामारीकाे संकटबाट निकासका लागि बाँकेबासी सहयाेगी मनकारी हातहरूले आ-आफ्नाे स्तरबाट सहयाेग गरिरहेका छन् ।नेपालगन्ज उपमहानगरपालिका वडा नं. १२ बाट सञ्चालित वडा कार्यालयमा आईसाेलेसन वार्डका लागि लायन्स क्लब अफ नेपालगन्ज पन्चसिलले ५ थान अक्सिजन ग्यास सिलेण्डर उपलब्ध गराई सहयाेग गरेकाे पन्चसिलका कृष्णादेवी पाण्डेयले बताउनु भएकाे छ ।नेपालगन्जमा विगत केही दिन अगाडीदेखि नै अक्सिजन ग्यास तथा ग्यास भरिने सिलेण्डरकाे कमी हुँदै आईरहेकाे अवस्थामा भेरी अस्पताल भित्र रहेका काेराेना संक्रमित करीब २ सय ५० बढी बिरामीहरूकाे लागि अक्सिजन लिक्युडकाे व्यवस्था गरिएकाे छ ।तर नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित आईसाेलेसन वार्डहरूमा हाल पनि चाहिए जति अक्सिजन ग्यास उपलब्ध नभएकाे अवस्थामा पन्चसिलद्वारा वडा नं. १२ काे आईसाेलेसन वार्डलाई उपलब्ध गराईएकाे ५ थान अक्सिजन ...
नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ

नेपालगन्जमा क्षमाप्रार्थना तथा महायज्ञ

CoVid19, अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज
नेपालगन्ज, ९ जेष्ठ - काेभिड-१९ काेराेना भाईरसबाट विश्व त्राहीत्राही गरिरहेकाे बेला नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा क्षमाप्रार्थना तथा महायज्ञ गरिएकाे छ । वडा नम्बर ८ नेपालगन्ज एकलैनी स्थित माता महाकालीको मन्दिरमा शानिबार सांझ ६ बजे कोरोना महामारीको रोकथामका लागि माता महाकाली क्षमाप्रार्थना तथा महायज्ञ गरिएको छ । बाँके जिल्ला तथा देशभर कोरोना महामारी बढेकोले महामारीबाट जिल्ला, देश वा समुदायलाई सुरक्षित राख्न क्षमाप्रार्थना तथा महायज्ञको कार्यक्रमलाई जय श्रीराम लाठी क्लबले आयोजना गरेको थियो । लाठी क्लबका पदाधिकारीहरुको सहयोगमा क्षमा पुजा तथा महायज्ञ समापन भएको थियो । क्षमाप्राथना तथा महायज्ञ कार्यक्रम स्थानीय अगुवा रमेशचन्द्र कुमालको संयोजकत्वमा सम्पन्न भएको थियो । यसैगरी कुमालले सो अवसरमा सहयोग गर्नुहुने सम्पूर्णलाई हार्दिक आभार व्यक्त गरेका छ्न् ।...