Monday, May 4सत्यम खबर
Shadow

अवधी पत्रकार संघलाई आर्थिक र स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज, ७ जेष्ठ – कोरोना भाइरस संक्रमण महामारीको दोस्रो लहरले पत्रकारिता क्षेत्रलाई समेत प्रभाव पारेको छ । कोभिड संक्रमित अवधी भाषी पत्रकारलाई चिकित्सकसहितको निशुल्क सेवा, तथा स्वास्थ्य परामर्श सेवा र कोभिड संक्रमणका बेला पत्रकारहरुलाई सुरक्षित तरिकाले रिपोटिङ्गका लागि अवधी पत्रकार संघ नेपालले व्यवस्थापन गरेको छ ।
यसैक्रममा कोभिड संक्रमणका बेला नेपालगन्जको त्रिभुवन चोकस्थित क्वालिटी केक एण्ड बेकरीले अवधी पत्रकार संघ नेपाललाई आर्थिक सहयोग उपलब्ध गराएको छ ।


बेकरीका प्रोप्राइटर सुरेश बर्माले आज शुक्रबार संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्र, जिल्ला अध्यक्ष चन्द्रेश्वरराज त्रिपाठीलाई नगद रु २१ हजार सहयोग हस्तान्तरण गर्नुभयो ।
हस्तान्तरणका क्रममा केन्द्रीय महासचिव गुरुमुरत यादव, केन्द्रय सदस्य भरतकिशोर बैश्य र जिल्ला उपाध्यक्ष नन्दलाल शाहुको उपस्थिति रहेको थियो । प्राप्त भएको रकमलाई अहिलेको कोभिड संक्रमणको महामारीका बेला मानविय सेवामा खर्च गरिनेछ ।
यसैगरी नेपालगन्ज उपमहानगरपालिका वार्ड नंं. १८ का अध्यक्ष दिपक बर्माले स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । बर्माले संघका केन्द्रीय अध्यक्ष राकेशकुमार मिश्रलाई ३० सेट सर्जिकल मास्क र हैण्ड सेनीटाइजर हस्तान्तरण गर्नुभएको छ ।


बर्माले प्रदान गर्नुभएको स्वास्थ्य सामाग्री बाँके जिल्लामा सक्रिय रुपमा कार्यरत अवधी भाषी पत्रकारहरुलाई संक्रमणको जोखिमबाट बच्नका लागि प्रदान गरिनेछ ।
अहिलेको विषम् परिस्थितिमा पत्रकारहरुले आफ्नो जीउ ज्यानकोे समेत सुरक्षा नगरी रिपोर्टिङ्गमा खटिने पत्रकारहरुको सुरक्षाका लागि स्वास्थ्य सामाग्री सहयोग गरेको सहयोगी निकायले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *