Sunday, May 25सत्यम खबर
Shadow

सन्त निरंकारी मण्डलद्वारा रक्तदान

नेपालगन्ज, ६ जेष्ठ – मानवीय सेवामा सदैव सर्मित सन्त निरंकारी मण्डलद्वारा मानव एकता दिवसको अवसरमा प्रत्येक वर्ष झै यस वर्षपनि रक्तदान कार्यक्रम सम्पन्न गरिरहेको छ ।
फुल्टेक्रा वडा नं. ६ स्थित फुल्टेक्रा गाउँमा रहेको सन्त निरंकारी मण्डलको आश्रममा आज बिहान ८ बजेदेखि रक्तदान कार्यक्रमको आयोजना गरी १० बजेसम्म २८ बढीले रक्तदान गरिसकेको फुल्टेक्रा आश्रमका अध्यक्ष (मुखी) शिवप्रसाद गोडियाले बताउनुभयो ।


हाल कोभिड–१९ कोरोना भाईरस संक्रमितहरुको लागि रक्तको अधिक आवश्यक रहेको बेला अवधी भाषी समाजका अगुवाहरुलाई रक्तदान गर्नु सराहनीय कार्य भएको नेपालगन्ज उपमहानगरपालिका वडा नं. ६ का वडाअध्यक्ष समिरप्रसाद सिंहले बताउनुभयो ।


हालसम्म ८ पटक रक्तदान गरिसकेको आफ्नो अनुभव बारे जानकारी गराउँदै २४ वर्षिय रक्तदाता सुष्मिता श्रेष्ठले आजको महासंकटको बेला रक्तदान गर्न पाउँदाको खुसी नै बेग्लै रहेको बताउनुभयो ।


सन्त निरंकारी मण्डलको अगुवा सद्गुरु माता सुदिक्षा महाराजको ‘रक्त नालीमा होईन नाडीमा बगाऔं’ बगाऔं भन्ने उद्देश्य राखी आजको रक्तदानको कार्यक्रम गरिएको आश्रमका सेवक खेलावन गोडियाले बताउनुभयो ।


५० बढीको रक्तदान गर्ने तयारी रहेको जानकारी गराउँदै हालसम्म २८ देखि ३० जनाले रक्तदान गरिरहेको रक्तदान व्यवस्थापन गरिरहेका समाजसेवी माधवराम वर्माले जानकारी गराउनुभयो ।

रक्तदान गर्नेहरुमा ६ नं.वार्डका वडाध्यक्ष समीर प्रताप सिंह, आश्रमका मुखी (प्रमुख) शिव प्रसाद गोडिया, पंकज निषाद, संजय श्रेष्ठ, अंकित कुमार निषाद, भरत किशोर गोडिया, सुजल श्रेष्ठ, रितिका गुप्ता, संजय सोनकर, संदिप कस्यप, गयाप्रसाद धोबी, धन बहादुर बिक, पुष्कर बहादुर माझी, कविता श्रेष्ठ, सचिन साहनी, सुशिला कस्यप, परमेश्वर गोडिया, मनोज कुमार गोडिया, नन्कु घरुक, कमल सिंह ठाकुर, निलम कस्यप, सुस्मिता श्रेष्ठ, ललिता घरुक, बविता घरुक, प्रिया कस्यप, आनन्द कनौजिया, पवन कस्यप, राहुल कस्यप, राजेन्द्र साहु, कृष्ण कनौजिया, रामसेवक बैश्य, रेखा निषाद, बिनिता सोनार, रुपेश झा, अनिकेत कस्यप, बिश्वास भण्डारी, करन प्रजापति, उत्तम कस्यप, कुलदीप शाही, सन्तोष मौर्य लगायत ४३ जनाले रक्तदान गर्नु भएको छ ।


नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित क्षेत्रीय रक्त संचार सेवा केन्द्रका होमराज गिरी, सोम प्रकाश सापकोटा, सुनिल रत्गैया लगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो । सो रक्तदान कार्यक्रममा रामखेलावन गोडिया, दिपक कुमार गुप्ता लगायत सेवकहरुले आफनो पोशाक सहित सेवामा खटिएका थिए । यसरी सन्त निंकारी मण्डल नेपाल शाखा नेपालगन्जले विभिन्न किसिमका कार्यहरु पनि गर्दै आई रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *