Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स, साढे १२ महिनालाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

१० महिनामा १२ खर्ब भित्रियो रेमिट्यान्स, साढे १२ महिनालाई धान्न पुग्ने विदेशी मुद्रा सञ्चिति

आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २८ जेठ – चालु आर्थिक वर्ष (आव) को १० महिना अर्थात् वैशाख मसान्तसम्म झण्डै १२ खर्ब रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु आवको १० महिनामा नेपालमा ११ खर्ब ९८ अर्ब रेमिट्यान्स भित्रिएको हो । समीक्षा अवधिमा विप्रेषण आप्रवाहमा १९.२ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३.४ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.१ प्रतिशतले वृद्धि भई ९ अर्ब २ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.४ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकको प्रतिवेदनअनुसार नेपालमा साढे १२ महिनालाई वस्तु तथा सेवा धान्न पुग्ने वैदेशिक मुद्राको सञ्चिति भएको छ । २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६....
सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

सार्वजनिक जग्गा कब्जा र दुरुपयोग गर्नेलाई कारबाही गर्न लेखा समितिको निर्देशन

अपराध, आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २५ जेठ – प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिले सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवं निजी जग्गाको अभिलेख संरक्षण गर्न निर्देशन दिएको छ । शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सार्वजनिक जमिनको अभिलेखीकरण, प्रयोग तथा संरक्षण कार्यसूचीमाथि छलफल भएको थियो । बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी, मन्त्रालयका सचिव गोकर्णमणी दुवाडी लगायतसँग छलफल गरेको थियो । छलफलपछि समितिले हाल जमिनहरूलाई सार्वजनिक, सरकारी, गुठी, सामुदायिक, विर्ता एवं निजी गरी जग्गाको आधारभूत वर्गीकरण गरिएको देखिएतापनि यस्ता जग्गाहरूको अद्यावधिक अभिलेखीकरण, प्रयोगको वास्तविक अवस्थाको विवरण तथा आवश्यक संरक्षणमा तीनै तहबिच नीतिगत स्पष्टता एवं आवश्यक समन्वय हुन नसकेको ठहर गरेको छ । तीन तहको सरकार मात्रै नभएर मालपोत कार्यालय, नापी कार्यालय तथा स्थानीय प्रशासनबिच समे...
भारतीय सुरक्षा अधिकारीहरुबाटै सूचना लुकाईन्छ !

भारतीय सुरक्षा अधिकारीहरुबाटै सूचना लुकाईन्छ !

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २४ जेठ – नेपाल र भारतको सीमावर्ती रुपईडिहामा सुन तस्करी दिनप्रतिदिन बढ्दै गएको भन्दै क्षेत्रीय जिम्मेवार अधिकारीले पत्रकारलाई सोध्दा पनि मनमानी ढंगले प्रेस विज्ञप्ति जारी गरी जानकारी दिने गरेका छन् । गत बुधबार दिउँसो भारतीय रुपैयाँ बरामद भएको जानकारी प्राप्त भएको थियो । त्यसको सत्यता पुष्टि गर्न पत्रकारले सम्बन्धित निकायमा पटकपटक सम्पर्क नम्बरमा सम्पर्क गर्ने प्रयास गरे पनि न त प्रहरीले न त एसएसबीले पत्रकारको फोन उठायो न कुनै जानकारी दिएको थियो ।सुरक्षाकर्मीले कतिपय ठाउँमा पैसा बरामद गर्छन् र अन्य ठाउँमा देखाउँछन् । हालको प्रशासन अघि, क्षेत्रीय पत्रकारहरू निको हुने बित्तिकै बोलाइयो । पक्राउ परेका अपराधीलाई सञ्चारकर्मी आएर सोधपुछ गर्ने गर्दथे । पूर्ण पारदर्शिता हुन्थ्यो । यो पारदर्शिता विगत ५, १० वर्षमा रोकिएको छ । सुरक्षा बलले आफूले चाहेको जफत गर्छ र प्रेस विज्ञप्ति जारी गर्छ । ...
सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा सूचना मांग

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा सूचना मांग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाज, सूचना-प्रबिधि
नेपालगन्ज २४ जेठ – मोही जग्गाका विषयमा भुमि सुधार कार्यालय बाँकेसँग सूचना माग गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सूचना अभियन्ता नेपालगन्ज–७ निवासी दुर्गा तिवारी र जिज्ञासा तिवारीले बुधबार सूचना माग गर्नुभएको छ । भुमि सुधार कार्यालय बाँकेमा मोही बाँडफाँट, नामसारी सम्वन्धी कति वटा मुद्दा विचाराधिन रहेको छ ? सोको विवरण र त्यस कार्यालयमा जग्गा सम्वन्धी फच्र्यौट तथा कानूनी प्रक्रियाका लागि इजलास छ कि छैन सोको बारेमा प्रमाणित प्रतिलिपी माग गरिएको हो ।नेपालको संविधान २०७२ र सूचनाको हक सम्वन्धी ऐन २०६४ को धारा २७ अनुसार सबैले थाहा पाउने अधिकार अन्तर्गत सूचना माग गरिएको हो ।...
२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

२५० भन्दा बढी लायन्स लिडरले पाए विशेष प्रशिक्षण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २१ जेठ – लायन्स इन्टरनेसनल डिष्ट्रिक्ट ३२५ जे को बागमती एरियामा रहेका क्लब अफिसर्सहरुको स्कुलिङ कार्यक्रम सम्पन्न भएको छ ।काठमाण्डौमा आयोजित एक दिने स्कुलिङ कार्यक्रममा क्लबका प्रेसिडेन्ट, भाईस प्रेसिडेन्ट, सेक्रेटरी र ट्रेजररहरुले निर्वाह गर्नुपर्ने भूमिका, पदीय जिम्मेवारी र क्लबलाई उत्कृष्ट बनाउन के गर्ने भन्ने बारेमा प्रशिक्षण दिइएको थियो । स्कुलिङ कार्यक्रममा ६० भन्दा बढी क्लबका २३० भन्दा क्लब अफिसर्सहरुको सहभागिता थियो । कार्यक्रमका प्रमुख अतिथि जिएटी एरिया लिडर लायन खगेन्द्र सिटौलाले विश्वमा नेपालका लायन्स सदस्यहरुले गरेको सेवा कार्यहरुको सधैं चर्चा हुने गरेकाले यसलाई निरन्तरता सक्रियता कायमै राख्नुपर्नेमा जोड दिए ।लायन वर्ष २०२४÷२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर लायन मिलन थापाले आफ्नो थिम सेयरिङ ह्याप्पिनेसको बारेमा र आफूले ल्याएको विभिन्न कार्यक्रमहरुको बारेमा ...
चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

चन्द्रमाको टाढाको भागबाट नमूना सङ्कलन गर्न चीनद्वारा पहिलो अनुसन्धान सुरु

आस्था, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ बैशाख – चीनले शुक्रबार चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो । सन २०३० सम्ममा चालक दल चन्द्र मिसनमा पठाउने लक्ष्य राखेको महत्त्वाकांक्षी कार्यक्रमका साथ अगाडि बढाइरहेको छ । घटनास्थलमा रहेका एएफपीका पत्रकारहरूका अनुसार चाङ’ई–६ चन्द्र जाँच बोकेको रकेट दक्षिणी चीनको हेनान प्रान्तमा वेनचाङ अन्तरिक्ष प्रक्षेपण केन्द्रबाट साँझ ५ः३० बजे प्रक्षेपण भएको थियो । यो चीनको महत्त्वाकांक्षी अन्तरिक्ष कार्यक्रमका लागि पछिल्लो छलाङ हो । यसका बारेमा यसको प्रयोग सैन्य उद्देश्य र बाह्य प्रभुत्व स्थापित गर्ने प्रयासमा भइरहेको वासिङ्टनले चेतावनी दिएको छ । चाङ’ई–६ को लक्ष्य चन्द्रमाको टाढाको हिस्साबाट करिब दुई किलोग्राम चन्द्र नमूना सङ्कलन गर्नु र तिनीहरूको विश्लेषणका लागि पृथ्वीमा ल्याउनु रहेको छ । सरकारी समाचार एजेन्सी सिन्...
नेपालले तीन अर्ब भुक्तानी नगर्दा भारतबाट काटियो इन्टरनेट लाइन, नेपालीको दु:ख बुझेर फेरि खोलिदियो

नेपालले तीन अर्ब भुक्तानी नगर्दा भारतबाट काटियो इन्टरनेट लाइन, नेपालीको दु:ख बुझेर फेरि खोलिदियो

आर्थिक, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २३ बैशाख – नेपालले तीन अर्ब रूपैयाँ भुक्तानी नगर्दा भारतीय कम्पनीले इन्टरनेट सेवा आपूर्ति कटौती गरेको खुलेको छ । यद्यपि नेपाली उपभोक्ता मारमा परेको, नेपाली सेवाप्रदायकहरूले बाँकी बक्यौता चाँडो भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि भारतबाट इन्टरनेट सेवा सुचारू भएको छ । ९ महिनादेखिको ब्याण्डविथको पैसा पठाउन नेपाल सरकारले रोकेपछि भारतीय कम्पनीहरुले हिजो अपरान्ह ४ बजेदेखि ब्याण्डविथ सप्लाई बन्द गरेका थिए । पैसा नतिर्दा भारतबाट इन्टरनेट लाइन काटिएको विषयमा नेपालका मिडिया र सम्पादकहरूले भने नाकाबन्दी भनेर दुष्प्रचार गरेका छन् । अनलाइन खबरका सम्पादक वसन्त बस्नेतले इन्टरनेटमा भारतीय कम्पनीको आंशिक नाकाबन्दी !´ भनेका छन् । यसमा एक एक्स प्रयोगकर्ताले काउन्टर गरेका छन्,सम्पादकको भाषा हेर्नुस नाकाबन्दी रे! बेलामा पैसा नतिर्ने र लाइन काटे पछि त्यसलाई नाकाबन्दी भनेर भारत विरूद्ध विष...
निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

निजामती सेवा सम्बन्धी विधेयक एकात्मक कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र

आस्था, प्रदेश २, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
जनकपुरधाम, ३ बैशाख – जनकपुरका प्रमुख राजनीतिक व्यक्तित्वहरुले हाल संघीय संसदमा विचाराधीन रहेको निजामती सेवा सम्बन्धी विधेयक एकात्मक राज्य चरित्रको कर्मचारीतन्त्रलाई निरन्तरता दिने षडयन्त्र भन्दै कडा बिरोध गरेका छन् ।आज नेपाल पत्रकार महासंघ, धनुषामा पत्रकार सम्मेलन गरी वहाँहरुले नेपालको संविधानमा रहेको शक्तिको बाँडफाँड र अनुसूची ६ मा निजामती कर्मचारीको सम्बन्धमा प्रदेशलाई दिइएको अधिकार सम्बन्धी धाराहरु १०९, २३१ को (३), ३०४ को व्यवस्था र अन्तर्भाव को ठाडो उल्लंघन हो बताएका छन् । बिरोध गर्नेहरुमा तराई–मधेश लोकतान्त्रिक पार्टीको अध्यक्ष वृषेश चन्द्र लाल, नेपाली काँग्रेसका नेता र मधेश प्रदेश सभा सदस्य रामसरोज यादव तमलोपाका वरिष्ठ नेता संविधान सभा सदस्य डा. विजय कुमार सिंह, नेकपा(ए.समाजवादी)का नेता संविधान सभा सदस्य शीतल झा, वामपन्थी बुद्धिजीवी रोशन जनकपुरी तथा नेपाली काँग्रेसका नेता जीवनाथ चौधर...
सार्वजनिक पोखरी संरक्षण गर्न अदालतको अल्पकालिन अन्तरिम आदेश

सार्वजनिक पोखरी संरक्षण गर्न अदालतको अल्पकालिन अन्तरिम आदेश

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज २२ चैत – बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण गर्नका लागि उच्च अदालतले आदेश जारी गरेको छ । अदालतले सार्वजनिक पोखरी रहेको जग्गामा निर्माण गर्न लागेको संरचनाका सम्वन्धमा के कस्तो निर्णय भएको बारेमा वडा कार्यालय र उक्त कित्ता जग्गाको सक्कल फिल्ड बुक नापी कार्यालय बाँकेसँग यही चैत २२ गतेभित्र झिकाउने आदेश गरिसकेको थियो ।उच्च अदालत तुलसीपुरका न्यायाधीश टंकप्रसाद गुरु· र गोबिन्द जोशीको सयुंक्त इजलासले आज विपक्षीको नाममा परमादेश, प्रतिषेध आदेश जारी गरेको छ ।आदेशमा भनिएको छ – ‘यसमा अन्तरिम आदेश जारी हुने नहुने सम्बन्धमा छलफलका लागि निवेदनमा निवेदकका तर्फबाट उपस्थिति विद्वान वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, अधिवक्ताहरु विश्वजित तिवारी, रामकुमार दीक्षित, केवल सिंह थारु, राकेश सोनी, पुनम श्रेष्ठ, विजयकुमार शर्मा विपक्षी नं. १ र २ को तर्फबाट उपस्थिति विद्वान सहन्याधिवक्ता उमाकान...
४२औँ कोर सशस्त्र सीमा बल समन्वय गोष्ठी आयोजना

४२औँ कोर सशस्त्र सीमा बल समन्वय गोष्ठी आयोजना

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २० चैत – ४२ औं कोर एससीबी आगामी लोकसभा निर्वाचन–२०२४ को सन्दर्भमा छिमेकी राष्ट्र नेपालसँग सञ्चार योजना र अन्य आवश्यक सुरक्षा व्यवस्थाका लागि अन्तर्राष्ट्रिय समन्वय गोष्ठीको आयोजनामा एकीकृत जाँच चौकी रुपिधामा अन्तर्राष्ट्रिय समन्वय गोष्ठी आयोजना गरिएको छ ।भारत र नेपालबीच हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाल भारत सीमामा रहेको एकीकृत जाँच चौकी रुपैडिहा अन्तर्राष्ट्रिय समन्वय गोष्ठी आयोजना गरिएको हो । जसमा श्री के.एस. प्रतापकुमार (आईपीएस) अतिरिक्त महानिदेशक प्रहरी गोरखपुर जोन, गोरखपुर, श्री योगेश्वर राम मिश्र (आईपीएस), आयुक्त देवीपाटन, श्री अमरेन्द्रप्रसाद सिंह (आईपीएस), प्रहरी उपायुक्त– महानिरीक्षक, गोंडा, श्री जितेन्द्रदेव वशिष्ठ, उप महानिरीक्षक, सशस्त्र सीमा बल, लखीमपुर खेरी, जिल्ला मजिस्ट्रेट र पुलिस अधीक्षक जिल्ला बहराइच, श्रावस्ती, पिलिभीत, बलरामपुर, लखीमप...