Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

हामी सच्चिएर आउनुपर्छ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

हामी सच्चिएर आउनुपर्छ : प्रेस काउन्सिल अध्यक्ष बस्नेत

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, २६ असार – नेपाल पत्रकार महासंघ बाँके शाखाको संयोजन तथा प्रेस काउन्सिल नेपालको आयोजनामा एक दिने ‘पत्रकारितामा युट्युबसहित सामाजिक सञ्जालको प्रभाव’ कार्यक्रम आज बुधबार नेपालगन्जमा सम्पन्न भएको छ ।प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले आज हाम्रो काम गराईले अन्य निकायले हाम्रो कमि कमजोरी निकाल्ने काम गरिरहेको अवस्था विद्यमान रहेको पाईन्छ । हामीले गर्दै आईरहेको पत्रकारिता तथा सामाजिक सञ्जालमा देखिएको अवस्थालाई हेर्ने हो भने हामी सच्चिएर आउनु पर्ने अवस्था रहेको बताउनुभयो । oplus_0 हामी सधै नकारात्मक रुपमा सोच राख्नु भन्दा सकारात्मक सोचका साथ सुझावसहित प्रस्तुत हुने अवस्था आईसकेको छ । हामीले अरुमाथि प्रश्न उठाउनुका साथै सुझावसमेत दिन सकेको अवस्थामा सुधार गर्न सकिन्छ, हामीले पत्रकारिताको ट्रेक चेन्ज गर्नुपर्ने बेला आएको छ, के हो, किन हुन सकेन जस्तो विचार गरी कन्टेन्ट तया...
स्थानिय तहको न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गरिनुपर्छ : अधिवत्ता बिष्णु गिरी

स्थानिय तहको न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गरिनुपर्छ : अधिवत्ता बिष्णु गिरी

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, २१ असार – सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेर चर्चामा आएका अधिवत्ता बिष्णु गिरीले देशैभरीका स्थानीय निकायमा कानूनी साक्षरता अभियान सञ्चालन गरिनुपर्ने बताएका छन् ।ललितपुर बार एसोसियसनका सदस्य समेत रहेका अधिवत्ता गिरीका अनुसार कानुनका जान्नैपर्ने आधारभूत कुरा बुझाएर जनतालाई सूचित बनाउन यो अभियान आवश्कता रहेको छ । कुन विषय र मुद्दामा कस्तो कानुन आर्कषण हुन्छ भनेर ग्रामीण क्षेत्रका बासिन्दालाई जानकारी भयो भने अपराध न्यूणीकरणमा सहयोग अधिवत्ता गिरीको भनाई छ । ज्यानसम्बन्धी, करणी, विवाह, अपहरण, शरीरबन्धक, बोक्सीको आरोप, छुवाछुत र भेद्भावसम्बन्धी कानूनी साक्षरता ज्ञान स्थानीय निकायमा आवश्यक रहेको छ । अंश, सम्बन्धविच्छेद, अपुताली, दानबकस, लिखत पारित लगायतको मुद्धाको बारेमा पनि स्थानीय निकायले क...
रिपोर्ट भन्छ- चीन समर्थित ह्याकरले ताइवानमा आक्रमण बढाइरहेका छन्

रिपोर्ट भन्छ- चीन समर्थित ह्याकरले ताइवानमा आक्रमण बढाइरहेका छन्

अपराध, राजनीति, विदेश, शिक्षा/स्वास्थ्य, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २१ असार – चीन समर्थित ह्याकिङ संगठनले ताइवानी संगठनमाथि आक्रमण बढाइरहेको पाइएको छ। साइबर सुरक्षा फर्मलाई उद्धृत गर्दै अलजजीराले उल्लेख गरेअनुसार स्वशासित टापुमा बेइजिङको खुफिया जानकारी संकलनका लागि आक्रमण बढाइएको हो। रेकर्डेड फ्यूचरले जारी गरेको प्रतिवेदन अनुसार सन् २०२३ नोभेम्बरदेखि यस वर्षको अप्रिलसम्म ह्याकिङ समूह रेडजुलिटले करिब दुई दर्जन संस्थालाई ताइवानको कूटनीतिक सम्बन्ध र प्राविधिक विकासमा खुफिया जानकारी संकलनका लागि सम्झौता गरेका थिए। रेडजुलिटले टेक फर्म, सरकारी एजेन्सी र विश्वविद्यालय समावेश गर्ने आफ्नो लक्ष्य सम्झौता गर्न फायरवाल र भर्चुअल निजी नेटवर्क (भिपिएन) जस्ता इन्टरनेट फेसिङ उपकरणहरूमा कमजोरीको लाभ उठाएको छ। अमेरिकी साइबर सुरक्षा फर्मका अनुसार रेडजुलिटले ७० भन्दा बढी ताइवानी संगठनविरुद्ध ‘सञ्जाल टोपन वा शोषणको प्रयास’ पनि सञ्चालन गरेको थियो। 'ता...
सन् २०३० सम्ममा विश्व अन्तरिक्ष अर्थतन्त्रमा भारतको हिस्सा पॅाचगुणा

सन् २०३० सम्ममा विश्व अन्तरिक्ष अर्थतन्त्रमा भारतको हिस्सा पॅाचगुणा

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, २१ असार – भारत सरकारले अन्तरिक्ष प्रक्षेपणहरूलाई निजीकरण गर्दै सन् २०३० सम्ममा देशको अन्तरिक्ष क्षेत्रको हिस्सा पाँच गुणा (विश्वव्यापी रूपमा हालको २ प्रतिशतबाट १० प्रतिशतमा) बढाउने लक्ष्य राखेको छ । गत हप्ता नयाँ दिल्लीमा भएको बैठकमा विज्ञान र प्रविधिका लागि केन्द्रीय राज्यमन्त्री (स्वतन्त्र प्रभार) जितेन्द्र सिंहले दुई वर्षको अवधिमा देशमा अन्तरिक्ष स्टार्टअपमा करिब २०० गुणा वृद्धि भएको बताए। भारत सरकारले अन्तरिक्ष क्षेत्रलाई निजी क्षेत्रका लागि खुला गर्ने र सार्वजनिक–निजी सहभागिता (पीपीपी) लाई ठूलो मात्रामा अनुमति दिने प्रमुख नीतिगत निर्णयका कारण उफ्रन सम्भव भएको हो । जितेन्द्र सिंहले भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष एस सोमनाथ र उनको टोलीसँग अन्तरिक्ष विभागको १०० दिने कार्य योजनाको समीक्षा गर्नको लागि उच्चस्तरीय बैठकको अध्यक्षता गर्दै वर्तमान स्थिति, अवस...
भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

भारतमा सूचना प्रविधि सेवाको क्षेत्र ६.६ प्रतिशतले वृद्धि

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, १६ असार – भारतमा सूचना प्रविधि सेवाको क्षेत्र सन् २०२३ मा ६ दशमलब ६ प्रतिशतले बढेको पाइएको छ । आर्थिक अनिश्चितताबीच सन् २०२३ मा भारतको सूचना प्रविधि सेवामा सुधार देखिएको इन्टरनेशनल डेटा कर्पोरेसनले जनाएको छ । हाल भारतमा सूचना प्रविधि सेवाको बजार १४ अर्ब ५० करोड डलर बराबर रहेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । सन् २०२२ मा सूचना प्रविधि सेवाको बजार ७ दशमलब ४ प्रतिशतले बढेको थियो । कर्पोरेसनले सन् २०२३ देखि २०२८ सम्म यो बजार ७ दशमलब ३ प्रतिशतले बढेर २० अर्ब ७० करोड पुग्ने अनुमान गरेको छ । पछिल्लो समय एआईको प्रयोग बढ्दै गएसँगै भारतीय सूचना प्रविधि सेवाको बजार थप चुनौति थपिएको जनाइएको छ । खबरहब...
सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

सूचना प्रविधि क्षेत्रमा नेपालले भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्छः अर्थमन्त्री पुन

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, सूचना-प्रबिधि
काठमाण्डौ, १६ असार – अर्थमन्त्री वर्षमान पुनले सूचना प्रविधि (आईटी) क्षेत्रमा नेपालले क्षेत्रीय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताएका छन्। माओवादी केन्द्र सम्वद्ध मजदुर संगठन अखिल नेपाल टे«ड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा मन्त्री पुनले दुई उदयीमान छिमेकी भारत र चीनसँग प्रतिस्पर्धा गर्न सक्ने क्षेत्र आईटी भएको बताए। आईटीमा प्रचुर सम्भावना देखेरै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले आईटी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको जनाए। भूपरिवेष्ठित अवस्थितिमा रहेको नेपालले सामुद्रिक पहुँच प्रयोग गरेर विश्व बजारमा आफ्ना उत्पादन लैजान चुनौतीपूर्ण रहेको चर्चा गर्दै उनले आईटी उपयुक्त विकल्प भएको उल्लेख गरे। गत आर्थिक वर्षमा ६७ अर्बको आईटी सेवा निर्यात भएको र चालु आर्थिक वर्षमा उक्त रकम १ खर्ब नाघ्ने उनको भनाइ थियो । ‘हामीले आफ्नो मौलिकता, अवस्थिति, उत्पादन शक्ति र उत्पाद...
मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति, पुनर्लेखन गर्नुपर्ने माग

मिडिया काउन्सिल विधेयकका प्रावधानप्रति सरोकारवालाको गम्भीर असहमति, पुनर्लेखन गर्नुपर्ने माग

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
काठमाण्डौ, ६ असार – मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाहरुले ‘मिडिया काउन्सिल’ सम्बन्धी विधेयकका प्रावधानप्रति गम्भीर असहमति जनाएका छन् । नेपाल एफएम नेटवर्कले काठमाडौँमा गरेको मिडिया काउन्सिल विधेयक अन्तरसम्वाद कार्यक्रममा मिडिया क्षेत्रका विज्ञ तथा सरोकारवालाले विधेयक पुनर्लेखन गर्नुपर्ने माग गरेका हुन् । कार्यक्रममा सांसदहरुले विधेयक जस्ताको तस्तै पारित हुन नदिने र विधेयकमा दर्जनौँ प्रावधान सच्याउने प्रतिबद्धता जनाएका छन् ।अर्धन्यायिक निकायका रूपमा रहेको मिडिया काउन्सिल वा प्रेस काउन्सिललाई सरकारले निर्देशन परिपालक बनाउन खोजेको, संविधानमा उल्लेखित पूर्ण प्रेस स्वतन्त्रताको आधारभूत अवधारणामाथि नै अतिक्रमण गर्न खोजेको विज्ञहरुको टिप्पणी छ । पत्रकार महासंघका पूर्व अध्यक्ष डा. शुरेस आचार्यले अहिलेको राष्ट्रियसभाको विधायन समितिमा रहेको विधेयक जस्ताको तस्तै पारित भए मिडिया जगतले पूर्ण...
गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग

गर्मीमा वातावरणको संरक्षण तथा व्यवस्थापन बारे सूचना माग

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २ असार – गर्मी बढदै गएपछि दैनिक जिवन निकै कष्टकर बनेको छ । गर्मी उच्च भएपछि नेपालगन्ज बजारमा रुख विरुवाको छहरीको अभावले मानिसहरुलाई विश्राम गर्न समस्या भएको छ ।शुद्ध खानेपानी, छहरी, र विश्राम स्थाल अभावका करण सर्बसाधारणलाई समस्या भएको छ । यसै क्रममा नगरमा स्वच्छ तथा हराभरा बातावरणको व्यवस्थाका बारेमा नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गरिएको छ । नेपालगन्ज–७ निवासी जिज्ञासा तिवारी, कोहीनूर मल्ल, कृष्ण बढही, अरुणकुमार तिवारी, रामकुमार कलवारले आज नेपालगन्ज उपमहानगरपालिकासंग सूचना माग गर्नु भएको हो । नेपालगन्जमा बातावरण संरक्षणका लागि के कस्तो योजना रहेको छ, उक्त योजना कहिले कार्यान्वयन हुने, सडक बनाउँदा रुखहरु रोप्ने, र रुख काट्नेलाई कास्तो किसिमको कारवाही भएको हो ? गर्मीको मौसममा विशेष गरि छाडा चौपायाका लागि के कस्तो व्यवस्था भएको हो ? उक्त सूचना माग गरिएको हो ।नेपालको स...
वडा नं. १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

वडा नं. १ को सार्वजनिक सुनुवाईमा ५ बुदें प्रतिबद्धता

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २ असार – नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ ले आर्थिक बर्ष २०८०÷०८१ को सार्वजनिक सुनुवाई गरेको छ ।वडा कार्यालयको आयोजनातथाबास नेपालको सहजिकरणमा वडा कार्यालयलेप्रदानगर्ने सेवातथा सुविधाको प्रभावकारीताबिषयक सार्वजनिक सुनुवाईमा ५ बुदें साझाँ सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ । यसरी गरिएका प्रतिबद्धताहरुमा वडा नम्बर १ र १८ मा पर्ने पर्यटकिय स्थान वाटरपार्कलाई थप ब्यवस्थित र आकर्षक बनाउने, वडाबाट लक्षित बर्ग उत्थानका लागि सञ्चालीत शिपमुलक तालिमहरुको प्रभावकारितामा गर्ने, तालिम प्रदान गर्दा सिपलाई ब्यवहारमा उतार्न खोज्ने ब्यक्तिहरुको खोजी गर्ने, वडा नम्बर १ लाई थप हरियाली बनाउने र बृक्षारोपण गरिएका बिरुवाहरुको संरक्षण गर्ने, वडामा रहेका टोल विकास समितिहरुको संस्थागतविकास गर्ने, मस्जित टोलमा बाटो, नाला, ताल निर्माण नभएकोले आगामी आर्थिक बर्षमा सडक तथा नाला निर्माण गर्ने, वड...
जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासन सम्वन्धी अभिमुखीकरण

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ३२ जेठ – वडास्तरका जनप्रतिनिधी र कर्मचारीलाई सूचनाको हक र सुशासनका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका १० नं. वडा कार्यालयको सहयोगमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले आज शुक्रबार आयोजना गरेको अभिमुखीकरणमा वडाका जनप्रतिनिधी र कर्मचारीहरुलाई सूचनाको हक र सुशासनका बारेमा जानकारी गराइएको हो । अभिमुखीकरणमा सूचनाको हकको प्रयोग, उपयोगिता, फाईदा, सूचना प्रवाह, सूचनाको हक सम्वन्धी ऐन, स्थानीय तहमा सुशासनको पारदर्शिता, सार्वजनिक सुनुवाई, सामाजिक परिक्षण लगायतका विषयमा अधिवक्ता विश्वजित तिवारी, पत्रकार शुक्रऋषि चौलागाई र राकेशकुमार मिश्रले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष श्रवणकुमार श्रेष्ठले स्थानीय तहमा सुशासनको कार्यलाई प्रभावकारी ढङ्गले अघि बढाउने प्रतिबद्धता गर्दै वडाबासीलाई चाहिने सबै सूचना सहज रुपमा प्रवाह भईरहेको जानकारी ...