सार्वजनिक पोखरी संरक्षण गर्न पुनः अदालतको आदेश
नेपालगन्ज १८ चैत – बाँकेको नरैनापुरस्थित सार्वजनिक पोखरीलाई संरक्षण गर्नका लागि उच्च अदालतले आदेश जारी गरेको छ । अदालतले सार्वजनिक पोखरी रहेको जग्गामा निमार्ण गर्न लागेको संरचनाका सम्वन्धमा के कस्तो निर्णय भएको बारेमा वडा कार्यालय र उक्त कित्ता जग्गाको सक्कल फिल्ड बुक नापी कार्यालय बाँकेसंग यही चैत २२ गतेभित्र झिकाउने आदेश गरेको छ ।उच्च अदालतका न्यायधिस किरणकुमारी गुप्ता र पुनमसिंह चन्दको सयुुंक्त इजलासले विपक्षीको नाममा सक्कल प्रमाणसहित उपस्थित हुन अन्तरिम आदेश जारी गरेको छ ।अदातलले उक्त सार्वजनिक पोखरीमा माटो लगायत अन्य सामाग्री पटान नगर्नु, नगराउनु, र कुनै पनि संरचना निमार्ण नगर्नु नगराउनु भनि विपक्षीको नाउँमा आदेश जारी गरेको छ । सो मुद्दामा आज वरिष्ठ अधिबक्ता विजयकुमार गुप्ता, सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका अध्यक्ष अधिबक्ता विश्वजित तिवारी अधिबक्ताहरु राकेशकुमार सोनी, पुनम श्र...









