Wednesday, March 19सत्यम खबर
Shadow

सूचना र मानव अधिकार अनुसन्धान केन्द्रद्वारा सूचना मांग

नेपालगन्ज २४ जेठ – मोही जग्गाका विषयमा भुमि सुधार कार्यालय बाँकेसँग सूचना माग गरिएको छ । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सूचना अभियन्ता नेपालगन्ज–७ निवासी दुर्गा तिवारी र जिज्ञासा तिवारीले बुधबार सूचना माग गर्नुभएको छ ।


भुमि सुधार कार्यालय बाँकेमा मोही बाँडफाँट, नामसारी सम्वन्धी कति वटा मुद्दा विचाराधिन रहेको छ ? सोको विवरण र त्यस कार्यालयमा जग्गा सम्वन्धी फच्र्यौट तथा कानूनी प्रक्रियाका लागि इजलास छ कि छैन सोको बारेमा प्रमाणित प्रतिलिपी माग गरिएको हो ।
नेपालको संविधान २०७२ र सूचनाको हक सम्वन्धी ऐन २०६४ को धारा २७ अनुसार सबैले थाहा पाउने अधिकार अन्तर्गत सूचना माग गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *