Friday, February 7सत्यम खबर
Shadow

नेपालले तीन अर्ब भुक्तानी नगर्दा भारतबाट काटियो इन्टरनेट लाइन, नेपालीको दु:ख बुझेर फेरि खोलिदियो

काठमाण्डौ, २३ बैशाख – नेपालले तीन अर्ब रूपैयाँ भुक्तानी नगर्दा भारतीय कम्पनीले इन्टरनेट सेवा आपूर्ति कटौती गरेको खुलेको छ ।

यद्यपि नेपाली उपभोक्ता मारमा परेको, नेपाली सेवाप्रदायकहरूले बाँकी बक्यौता चाँडो भुक्तानी गर्ने प्रतिबद्धता जनाएपछि भारतबाट इन्टरनेट सेवा सुचारू भएको छ ।

९ महिनादेखिको ब्याण्डविथको पैसा पठाउन नेपाल सरकारले रोकेपछि भारतीय कम्पनीहरुले हिजो अपरान्ह ४ बजेदेखि ब्याण्डविथ सप्लाई बन्द गरेका थिए ।

पैसा नतिर्दा भारतबाट इन्टरनेट लाइन काटिएको विषयमा नेपालका मिडिया र सम्पादकहरूले भने नाकाबन्दी भनेर दुष्प्रचार गरेका छन् । अनलाइन खबरका सम्पादक वसन्त बस्नेतले इन्टरनेटमा भारतीय कम्पनीको आंशिक नाकाबन्दी !´ भनेका छन् । यसमा एक एक्स प्रयोगकर्ताले काउन्टर गरेका छन्,सम्पादकको भाषा हेर्नुस नाकाबन्दी रे! बेलामा पैसा नतिर्ने र लाइन काटे पछि त्यसलाई नाकाबन्दी भनेर भारत विरूद्ध विषवमन गर्ने । आफ्नो सरकारले ब्याण्डविथको भुक्तानी किन रोक्यो त्यो कुरा भन्न आंट नगर्ने तर बिना काम नाकाबन्दी भनेर दुष्प्रचार गर्ने @Online_khabar को सम्पादकीय नीति हो?´

सञ्चार मन्त्रालयका एक अधिकारी भन्छन्, `भारतले रोकेको होइन । सरकारकै बेवास्ताले भारतीय कम्पनीले ब्यान्डविथ आपूर्ति रोक्यो । नेपाललाई अन्तर्राष्ट्रिय ब्यान्डविथ बेचिरहेका कम्पनीलाई एक वर्षको तीन अर्ब रुपैयाँ भुक्तानी नगर्दा अन्तर्राष्ट्रिय ब्यान्डविथ आपूर्ति बन्द गरिएको हो ।´

के हो विवाद ?

सञ्चार मन्त्रालयकाअनुसार नेपालमा प्रमुख ब्याण्डविथ प्रदायकले एयरटेल, टाटा, रिलायन्स लगायत कम्पनीबाट ब्याण्डविथ आयात गर्दछन् र नेपालमा इन्टरनेट सेवा उपलब्ध गराउँछन् । नेपालमा इन्टरनेट सेवा प्रदायक कतिपय कम्पनीहरुले सरकारलाई सेवा शुल्क र रोयल्टी वापतको रकम बुझाएका छैनन् ।

सञ्चार मन्त्रालयले मर्मत सम्भार शीर्षक अन्तर्गतको बेरुजु बक्यौता नतिरेको भन्दै तिर्न ताकेता गरिरहेको छ । तर, इन्टरनेट सेवा प्रदायकहरूले मर्मत सम्भार दूरसञ्चार सेवा अन्तर्गत नपर्ने अडान राख्दै आएका छन् । उनीहरूले दूरसञ्‍चार प्राधिकरणले मर्मत सम्भारबाट लिएको शुल्क बाहेकको आम्दानीबाट रोयल्टी र आरटीडीएफ (ग्रामीण दूरसञ्चार विकास कोष) दस्तुर मात्र बुझाउँदै आएका छन् ।

सरकार र इन्टरनेट सेवा प्रदायकबीचको यही विवादका कारण अन्तर्राष्ट्रिय ब्याण्डविथ प्रदायकले भुक्तानी पाएका छैनन् । नेपालका इन्टरनेट सेवा प्रदायकहरुले भारतको एयरटेलबाट लिएको ब्याण्डविथको एक वर्षदेखि पैसा तिर्न नपाएकाले उसले ताकेता गरिरहेको छ । नेपाल पाना

Leave a Reply

Your email address will not be published. Required fields are marked *