Sunday, February 9सत्यम खबर
Shadow

४२औँ कोर सशस्त्र सीमा बल समन्वय गोष्ठी आयोजना

नेपालगन्ज, २० चैत – ४२ औं कोर एससीबी आगामी लोकसभा निर्वाचन–२०२४ को सन्दर्भमा छिमेकी राष्ट्र नेपालसँग सञ्चार योजना र अन्य आवश्यक सुरक्षा व्यवस्थाका लागि अन्तर्राष्ट्रिय समन्वय गोष्ठीको आयोजनामा एकीकृत जाँच चौकी रुपिधामा अन्तर्राष्ट्रिय समन्वय गोष्ठी आयोजना गरिएको छ ।
भारत र नेपालबीच हुने आगामी लोकसभा निर्वाचनलाई ध्यानमा राख्दै नेपाल भारत सीमामा रहेको एकीकृत जाँच चौकी रुपैडिहा अन्तर्राष्ट्रिय समन्वय गोष्ठी आयोजना गरिएको हो ।


जसमा श्री के.एस. प्रतापकुमार (आईपीएस) अतिरिक्त महानिदेशक प्रहरी गोरखपुर जोन, गोरखपुर, श्री योगेश्वर राम मिश्र (आईपीएस), आयुक्त देवीपाटन, श्री अमरेन्द्रप्रसाद सिंह (आईपीएस), प्रहरी उपायुक्त– महानिरीक्षक, गोंडा, श्री जितेन्द्रदेव वशिष्ठ, उप महानिरीक्षक, सशस्त्र सीमा बल, लखीमपुर खेरी, जिल्ला मजिस्ट्रेट र पुलिस अधीक्षक जिल्ला बहराइच, श्रावस्ती, पिलिभीत, बलरामपुर, लखीमपुर खेरी, कमाण्डेन्ट ४९, ३९, ४२, ७०, ५९, ३, ६२, ५०, ९ औं बाहिनी सशस्त्र सीमा बल, डिएफओ कटारनिया घाट, डिएफओ बहराइच, डिसी, आईओ, आईबी, आरटीओ बहराइच, छिमेकी मित्र राष्ट्र नेपाल र जिल्ला बर्दिया, बाँके, कैलाली, कञ्चनपुर, दोङ र ३०, ३१, २७, २८ र २९ का जिल्ला प्रहरी कार्यालयका डिईओ बहराइच, एसडीएम नानपारा, भन्सार अधीक्षक रुपैडिहा, एलआईयू बहराइच, निर्वाचन अधिकृत बहराइच र प्रमुख जिल्ला अधिकार बाँके, बाहिनी सशस्त्र प्रहरी बल एपीएफ नेपाल सहभागी थिए ।


लोकतन्त्रको सबैभन्दा ठूलो पर्व लोकसभा निर्वाचन २०२४ लाई सफलतापूर्वक सम्पन्न गर्ने दायित्व सबै निकायको हो, त्यसैले निष्पक्ष निर्वाचन सुनिश्चित गर्न सबै निकायले आ–आफ्नो कार्य क्षेत्रमा कडा निगरानी राखेका छन् । आपसमा सहकार्य गरेका छन्, सञ्चार प्रणालीलाई कायम राखेका छन् । सुरक्षा सम्बन्धी कार्ययोजना बारे छलफल गर्नुका साथै छिमेकी राष्ट्रहरुलाई सुरक्षा र सहयोगका लागि अपिल समेत गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *