Wednesday, June 17सत्यम खबर
Shadow

सूचना-प्रबिधि

अवधी संविधान हस्तान्तरण

अवधी संविधान हस्तान्तरण

अवधी, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
काठमाण्डौ, १४ पुस – स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानून, न्यायतथा सँसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ । डुडुवा गाउँपालिका बाँकेको आर्थिक सहयोगमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले संविधानलाई स्थानीय अवधी भाषामा अनुवाद गरि प्रकाशनमा ल्याएको छ । प्रकशित प्रतिलाई कानून, न्याय तथा सँसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटालाई संस्थाका सल्लाहकार एवम् कानूनकर्मी सन्तोष रेग्मीले प्रदान गर्नु भएको छ । मन्त्रालयमा एक समारोहका विच आइएचआरसीका सल्लाहकार रेग्मीले संविधान प्रकाशन बारे जानकारी गराउँदै मन्त्रालयका सचिव सापकोटालाई अवधी संविधान हस्तान्तरण गर्नुभयो । त्यस अवसरमा मन्त्रालयका सचिव सापकोटाले नेपालमा बसोबास गर्ने अवधी भाषी समुदायका लागि स्थानीय भाषामा संविधान पढ्न र बुझ्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दै सबै अ...
छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

छानबिनको लागि सशस्त्रका एसपी डाँगी हेडक्वार्टर तानिए

अपराध, आर्थिक, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, ९ पुस – सशस्त्र प्रहरी बल ३० नम्बर गण हेडक्वार्टर बागेश्वरीका गणपति एसपी बिमल डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले बोलाएको छ । बाँकेमा भैरहेको तस्करी र कुटपिट बिषयमा एसएसपी गंगाराम श्रेष्ठ नेतृत्व समितिले प्रतिबेदन बुझाएपछि एसपी डाँगीलाई सशस्त्र प्रहरी प्रधान कार्यालयले सोधपुछका लागि बोलाएको हो । यस बिषयमा निरन्तर समाचार प्रकाशन भएपछि एसएसपी श्रेष्ठको नेतृत्वमा छानबिन समिति गठन भएको हो । एसपी डाँगीलाई आज १०ः३० बजे प्रधान कार्यालयमा उपस्थित हुन पत्र पठाएपछि उनी सोमवार बेलुकीको फ्लाइटबाट काठमाण्डौ गएका छन् । बाँकेमा एसपी डाँगीलाई तस्करसंग मिलेर पैसा असुलेको आरोप लागेको छ ।...
क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा साबित्री गिरी

क्रियाशिल पत्रकार महिला बाँकेको अध्यक्षमा साबित्री गिरी

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, ७ पुस – क्रियाशिल पत्रकार महिला डब्लु डब्लु जे बाँकेले नयाँ कार्य समिति पाएको छ । जसको अध्यक्षमा साबित्री गिरी चयन हुनु भएको छ । क्रियाशिल पत्रकार महिला बाँकेका अध्यक्ष अमृता केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका अध्यक्ष लिला शाहको प्रमुख आथित्यमा शनिबार नेपालगन्जमा सम्पन्न १२ औ साधारण सभा र छैठौ अधिवेशनले सर्वसम्मत रुपमा अध्यक्षमा साबित्री गिरीलाई चयन गरेको हो । यसैगरी उपाध्यक्षमा बिमला चौधरी, सचिवमा अमृता जैशी (निशु), सहसचिवमा सुमित्रा चौधरी र कोषाध्यक्षमा सुमित्रा पण्डित रहनु भएको छ । यसैगरी सदस्यहरुमा सजल गैरे, सुनिताबर्मा, मन्जु रिजाल, साहिदा बानो, सरला बराल र सविताचन्द ठकुरी लगायत ११ सदस्सीय कार्य समित चयन भएको डब्लु डब्लु जे बाँकेले जनाएको छ । क्रियाशिल पत्रकार महिलाको अधिवेशनमा निर्वतनमा कोषाध्यक्ष निशु जोशिले प्रगति तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएक...
के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

के तपाईँ बन्न सक्नुहुन्छ पत्रकारको नेता ?

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
अश्विन दानी मितिः २०८१ मंसिर २७ गते यदी तपाईँ पत्रकारिता गर्नुहुन्छ वा यस क्षेत्रप्रति चासो देखाउनु हुन्छ भने समयसमयमा ‘पत्रकार महासंघको कार्यालयमा पत्रकारले नै गरे तालाबन्दी’ शिर्षकको समाचार लेखेको÷पढेको या सुनेको स्मरण छ ? पत्रकार महासंघ अर्थात्, ‘सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता संगठन !’ जसको स्थापना सम्पूर्ण नेपाली पत्रकारहरुलाई संगठित गर्दै व्यावसायीक नेतृत्व प्रदान गर्ने र श्रमजिवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्ने उदेश्यका साथ भएको हो । तर, आखिर पत्रकारहरुले नै आफ्नो साझा संगठनमा किन तालाबन्दी गर्छन् ? यो प्रश्नको जवाफ पत्रकार महासंघका हालसम्मका नेतृत्व र भावी नेतृत्वको आशा बोकेर चुनावी मैदानमा होमिएकाहरुले दिन सक्छन् या सक्दैनन् ? त्यो मलाई थाहा छैन । तर, मलाई यो पक्कै थाहा छ । यस्तो किन हुन्छ ? किनकी, स्वतन्त्...
नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ

नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलिदेखि शुभारम्भ

आर्थिक, आस्था, कला/साहित्य, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १९ मंसिर – नेपालगन्जलाई चेनाउने उद्देश्यका साथ २०७३ सालदेखि शुभारम्भ गरिएको नेपालगन्ज कनक्लेभको चौथो संस्कार भोलि विहिबारदेखि शुरु हुने भएको छ । यस पटक नेपालगन्ज कनक्लेभमा मुख्यतः आठ वटा विषयमा प्यानल छलफल हुनेछ जसमा ख्याती प्राप्त हाँस्य कलाकार एवं वरिष्ठ अभिनेता मदनकृष्ण श्रेष्टसँगको अन्तरंग सम्वादबाट शुभारम्भ हुने आयोजकद्वारा प्रेस मिटमा जानकारी गराईएको छ । यसैगरी पहिलो सत्रमा नेपालगन्जले वर्षौदेखि भौग्दै आएको उर्जा संकटमा केन्द्रीत हुनेछ । यो सत्रमा विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँग खुला छलफल तथा उर्जाको संकट टार्ने उपाय बारे विमर्श हुने जनाईएको छ । जसको शिर्षक देशले विद्युत निर्यात, नेपालगन्जले भोग्छ उर्जा संकट राखिएको छ । दोस्रो सत्रमा व्यापार घाटाको दिगो व्यवस्थापन, निर्यात वस्तुमा मूल्यवृद्धिमा हुनेछ । यसले व्यापार घाटाको स्थितिर्ला...
“खेलमा शक्ति : अध्ययनमा ज्ञान” नाराका साथ मन्टेश्वरी एशोसिएशनद्वारा जिल्ला स्तरीय खेलकुद सम्पन्न

“खेलमा शक्ति : अध्ययनमा ज्ञान” नाराका साथ मन्टेश्वरी एशोसिएशनद्वारा जिल्ला स्तरीय खेलकुद सम्पन्न

आस्था, खेल, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १६ मंसिर – मन्टेश्वरी एशोसिएशन बाँकेको आयोजनामा बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि तीन दिवसीय जिल्ला स्तरीय खेलकुद प्रतियोगिता स्पोर्टस मिट–२०८१ सम्पन्न भएको छ । “खेलमा शक्तिः अध्ययनमा ज्ञान” भन्ने नाराका साथ नेपालगन्ज उपमहानगरपालिका वडा नं. १ स्थित खेल मैदानमा मंसिर १३ गतेदेखि शुरु भएको उक्त खेलकुद प्रतियोगिता शनिवार समापन तथा प्रमाण पत्र वितरण समारोहको आयोजना गरिएको हो । बाँके जिल्लाका ७ वटा मन्टेश्वरी स्कुलका विद्यार्थीहरु सहभागी भएको सो प्रतियोगितामा फुटवल, रिले, जम्पिङ, व्यालेन्सिङ, दौड, म्युजिकल चियर, कुर्ची दौडm ईन आउट लगायतका खेलहरु खेलाइएको थियो । सात वटा मन्टेश्वरी स्कुलका १६५ जना विद्यार्थीहरुको सहभागिता रहेको सो प्रतियोगितामा लिटिल होराईजन मन्टेश्वरी, क्रियटिभ चिल्डूेन होम, मोडर्न क्रियटिभ चिल्डेून जोन नेपालगन्ज, नोबेल प्रि–मन्टेश्वरी, स्माल ह्याभेन मन्ट...
कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेड वित्तीय परिसूचक सुधारात्मक

कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेड वित्तीय परिसूचक सुधारात्मक

आर्थिक, आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १३ मंसिर – प्रधान कार्यालय नेपालगन्जमा रहेको कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडको अवस्था विगतभन्दा धेरै सुधारात्मक तर्फ उन्मुख रहेको पाईन्छ । वर्तमान अवस्थामा कर्णाली डेभेलपमेण्ट बैंक लिमिटेडले आफ्नो वित्तीय सूचकांकहरुमा उल्लेखनीय प्रगति गर्दै नयाँ सफलताहरु हासिल गर्दै आईरहेको छ भने त्यसो सुधार हुनुमा बैंकका कर्मचारीहरुको अथक मेहनतका साथै निक्षेपकर्ताहरु, शेयरधनी, ग्राहकवर्ग, लगानीकर्ताहरु एवम् शुभचिन्तकहरुको निरन्तर विश्वास र सहयोगको परिणाम हो भनी बैंकका सेवाग्राहीहरु कै भनाई रहेको पाईन्छ । नेपाल राष्ट्र बैंकको स्थलगत निरिक्षण प्रतिवेदनमा उल्लेख गरिएको न्यूनतम प्राथमिक पुँजीकोष अनुपात क्रमशः ५२.५९ प्रतिशत ऋणात्मक देखि २५.८७ प्रतिशत ऋणात्मकमा झारेको छ । जस अनुसार प्राथमिक पुँजीकोष अनुपातमा ५०.७१ प्रतिशत हासिल समेत गरिसकेको सार्वजनिक प्रेस नोटबाटै सहज रुपमा बुझ्न सकिन्छ । ...
नरैनापुर गापाका विवादित प्रमुख प्रशासकीय अधिकृत चाैधरीकाे सरूवा हुँदा समेत जान अटेरी गर्दै

नरैनापुर गापाका विवादित प्रमुख प्रशासकीय अधिकृत चाैधरीकाे सरूवा हुँदा समेत जान अटेरी गर्दै

आस्था, प्रदेश ५, राजनीति, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, सूचना-प्रबिधि
नेपालगन्ज, १२ मंसिर - नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मङ्सिर ९ गते सरुवा गरिएको हुँदा जान अटेरी गर्दै आएका छन । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले बाँकेकाे नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चाैधरीकाे सरुवा गरेकाे छ । नरैनापुरमा बिगत केही समय देखि बिवादमा आइरहेका प्रमुख प्रशासकीय अधिकृत चौधरीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् । मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश...
आइएचआरसीद्वारा निःशुल्क कानूनी परामर्श सेवा शुरु

आइएचआरसीद्वारा निःशुल्क कानूनी परामर्श सेवा शुरु

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, श्रम/रोजगार, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, १० मसिंर – सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको छ । आज सोमबार २५ डिसेम्बरका दिन महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा शुरु गरेको हो । आज निशुल्क सेवा लिनेमा पहिलो सेवाग्राही बाँके जानकी गाउँपालिका वार्ड नं. ३ इन्द्रगाउँका ५० बर्षिया रसिदावानो बेहना हुनुहुन्छ । विपन्न महिला समेत रहनु भएका उहाँलाई जिल्ला अदालतमा मुद्दा दर्ताका लागि मिसिल तयार गरि सहयोग गरिएको छ । आज दिन भरी तीन जनालाई निशुल्क कानूनी सेवा प्रदान गरिएको संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनु भयो । उहाँका अनुसार समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गरिने छ । १६ दिने अभियानमा वि...
आइएचआरसीले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्दै

आइएचआरसीले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्दै

आस्था, प्रदेश ५, शिक्षा/स्वास्थ्य, समाचार, समाज, सूचना-प्रबिधि
नेपालगन्ज, २७ कार्तिक – सुशासन र कानूनको क्षेत्रमा क्रियाशिल संस्था सूचना र मानव अधिकार अनुसन्धान केन्द्र नेपालगन्जले निःशुल्क कानूनी परामर्श सेवा दिने भएको छ । महिला हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत यस वर्ष पनि संस्थाले निःशुल्क कानूनी परामर्श सेवा प्रदान गर्न लागेको हो । समुदायमा रहेका महिला, गरिब, विपन्न, असहाय, मुस्लिम महिलाहरुलाई कानुनसंग सम्वन्धित विभिन्न सेवाहरु प्रदान गर्ने आइएचआरसी संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले बताउनु भयो । उहाँका अनुसार १६ दिने अभियानमा विशेष गरि महिलाको कानूनी अधिकारसंग जोडिएकाले उनीहरुको सवालमा पैरवी र सामाजिक सेवाको भावनाले उक्त सेवा प्रदान गरिने छ । संस्थाले विगत लामो समयदेखि समुदायका गरिब विपन्न, तथा अल्पसंख्यक समुदायका नागरिकहरुको कानूनी प्रक्रिया अन्तर्गत, निवेदन, जाहेरी, प्रतिउत्तर मुद्दा लगायतको सेवा प्रदान गर्दै आएको कार्यकारी...