नेपालगन्ज, १२ मंसिर – नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको मङ्सिर ९ गते सरुवा गरिएको हुँदा जान अटेरी गर्दै आएका छन । संघिय मामिला तथा सामन्य प्रशासन मन्त्रालयले बाँकेकाे नरैनापुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत जनकलाल चाैधरीकाे सरुवा गरेकाे छ । नरैनापुरमा बिगत केही समय देखि बिवादमा आइरहेका प्रमुख प्रशासकीय अधिकृत चौधरीको सरुवा भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सरुवा गरिएपछि तोकिएको कार्यालयमा हाजिर नगर्ने कर्मचारीहरूको सूची मन्त्रालयमा तयार भइरहेको बताएका छन् ।
मन्त्रालयले गरेको सरुवालाई अवज्ञा गर्दै कर्मचारीहरूले तोकिएको कार्यालयमा हाजिर नगरेको गुनासो बढेपछि उनीहरूको नामावलीसहितको विवरण सङ्कलन थालिएको मन्त्री गुप्ताले बताए । विवरण सङ्कलनपछि के कति कारणले उनीहरू सम्बन्धित कार्यालयमा हाजिर हुन नसकेका हुन् त्यसबारे स्पष्टीकरण सोधेर आवश्यक कारबाही गर्ने तयारी भइरहेको उनकाे भनाइ छ ।
‘हामीले सरुवा गरेर पठाएका धेरैजसो कर्मचारीहरू सम्बन्धित कार्यालयहरूमा हाजिर भइसक्नुभएको छ । तर, केही कर्मचारीले मात्रै विभिन्न बाहानाबाजी गरेर हाजिर गर्नुभएको छैन । उहाँहरूलाई तोकिएको कार्यालयमा हाजिर गर्न हामीले पटक–पटक ताकेता पनि गरिरहेका छौँ,’ मन्त्री गुप्ताले भने, ‘अब हामी ताकेता गर्न छोडेर उहाँहरूको विवरण सङ्कलन गरिरहेका छौँ । जो जानुभएको छैन उहाँमाथि र जसलाई हाजिर गर्न दिइएको छैन उहाँहरूको पालिकामाथि पनि कारबाही गर्छौँ ।’
मन्त्रालयले नियमित प्रक्रीया अन्तर्गत चाैधरीकाे अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगमा सरुवा गरेकाे छ । नरैनापुरमा करिब एक बर्षअघि आएका चाैधरीले गाउँपालिका केहि करारका कर्मचारीहरुलाई मन्त्रालयको निर्णय विरुद्ध गएका छन् , जसले गर्दा सरुवा गरिसके पछि पनि जान अटेरी गरिएको कर्मचारीहरुले गुनासो गर्दै आएका छन ।
सो सम्बन्धमा बुझ्न खोज्दा प्रमुख प्रशासकीय अधिकृत चौधरी फोन उठाएका छैनन् । स्थानीयवासिका अनुसार आफ्नो निजि स्वार्थका लागि पनि मन्त्रालयको निर्णय बिपरित केही आफ्ना मातहतका करार कर्मचारीहरुलाई उचालेर पालिकामा अतिरन्जित गर्दै आइरहेको बताएका छन । यहि सेटिङ्गले पालिकामा हालिमुहाली गर्दै आएका जनप्रतिनिधि र केही करार कर्मचारी भने अहिले प्रमुख प्रशासकीय अधिकृत चाैधरीकाे सरुवा पछि छट्पटीमा देखिएका छन । केही करार कर्मचारी मन्त्रालयका बिरुद्धमा लागेका छन।
मन्त्रालयले गरेकाे नियमित सरुवाबिरुद्ध जाने भन्ने हुँदैन । तर, सेटिङ्ग गरेरै भएपनि सरुवा राेक्ने काममा चौधरी लागेपनि कार्यपालिकाकाे बहुमत सदस्य भने मन्त्रालयले गरेकाे सरुवाकै पक्षमा देखिएका छन । विधि, अभ्यास र प्रचलन मिचेर काम गरिरहेका चौधरी चारैतिर बिवादास्पद बनिरहेका छन । मनोमानी रूपमा प्रमुख प्रशासकीय अधिकृत चौधरीले काम गरेको भन्दै जनप्रतिनिधि र कर्मचारी लगायत स्थानीयवासीहरु दु:ख खेप्नुपरेको थियोे ।
स्थानीयवासीहरु, कर्मचारीहरु, जनप्रतिनिधि लगायत सरोकारवाला पक्षहरु चाैधरीकाे सरुवा गरिएको मन्त्रालयकाे निर्णय ठिक भएको हुँदा सकारात्मक देखिएका छन् । कर्मचारीकाे सरुवा भनेकाे नियमित प्रक्रीया हाे एक कर्मचारीले भने “मन्त्रालयले गरेकाे निर्णय बिरुद्ध गर्नु अर्थहीन हुन्छ ।”