शनिबारदेखि नेपालगन्जमा यु–१४ छात्र–छात्रा फुटबल हुँदैं
नेपालगन्ज, २१ भदौं – शनिबारदेखि नेपालगन्ज रंगशालामा नेपालगन्ज यु–१४ छात्र–छात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेलमा वेस्टजोन मावि नेपालगन्ज र इन्टीग्रेटेड एकेडेमी खजुरा सैनिक विच हुनेछ ।
दोस्रो खेल नेपालगन्ज मोडेल एकेडेमी र सिद्धार्थ विद्या सदन नेपालगन्जबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता भदौं २१ देखि २७ गते सम्म चल्नेछ ।
प्रतियोगितालाई बाँके जिल्ला स्तरीय यु–१४ छनोट फुटबलको रुपमा लिइएको छ । प्रतियोगिताको विजेता टिमले प्रदेश स्तरीय प्रतियोगितामा बाँके जिल्लाको प्रतिनिधित्व गर्ने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् अखिल नेपाल फुटबल संघका केन्द्रीय सदस्य भोजराज शाहीले बताउनु भयो ।
बाँके जिल्ला फुटबल संघको आयोजना र अखिल नेपाल फुटबल संघको सहयोगमा हुन लागेको प्रतियोगिता स्वः खेलाडी अनुपम घलान, आदित्य बलम्पाखी, बिकल रेग्मी, दिवस बानिया, प्र...









